गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री नेपाली सहित पाँच मन्त्रीद्वारा सपथ
कास्की,२९ जेठ– गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली काँग्रेसका कृष्णचन्द्र नेपाली पोखरेललाई प्रदेश प्रमुख सीताकुमारी पौडेलले नियुक्त गरे लगतै आज मुख्यमन्त्री नेपाली सहित पाँच जना मन्त्रीले सपथ ग्रहण गर्नु भएको छ । प्रदेश प्रमुख पौडेलले मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल सहित काँग्रेसबाट कुमार खड्का, माओवादीबाट मधुमाया अधिकारी गुरुङ, जनता समाजवादीका हरिशरण आचार्य र स्वतन्त्र सांसद राजीव गुरुङलाई सपथ गराउनु भएको हो ।
मुख्यमन्त्री नेपालीले सबै मन्त्रालय आफैले राखेर चार मन्त्रीलाई बीना विभागीय मन्त्रीको रुपमा नियुक्त गर्नु भएको हो । बिहीबार मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गण्डकी प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न नसकेपछि प्रदेश प्रमुख पौडेलले शनिबार दिउँसो तीन बजेसम्मका लागि बहुमत प्राप्त गर्ने आधार सहित मुख्यमन्त्रीमा दावी गर्न आव्हान गर्नुभएकोमा विपक्षी गठबन्धनका तर्फबाट पोखरेलको मात्र दावी प्राप्त भएको थियो ।
नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, जनता समाजवादी पार्टी र एक स्वतन्त्र गरी ३१ प्रदेशसभा सदस्यको हस्ताक्षर सहित पोखरेलले मुख्यमन्त्रीमा दावी प्रस्तुत गर्नुभएको थियो । प्रदेश प्रमुखबाट आव्हान भए लगत्तै शुक्रबारनै प्रदेश प्रमुखको कार्यालयमा पुगी दावी पेश गरिएकोमा शनिबार प्रदेश प्रमुख कार्यालयले विज्ञप्ति जारी गरी मुख्यमन्त्रीमा नेपालीलाई नियुक्त गरेको जनाएको थियो ।
ताजा
आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात
२०८३ भाद्र १५ गते, सोमबार
आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात
२०८३ भाद्र १५ गते, सोमबार
सुरुङभित्र खोजी तीव्र, वैकल्पिक मार्ग खोलिँदै
२०८३ भाद्र १५ गते, सोमबार
‘हिमाली सुनामी’ नामकरण गर्न विज्ञको सुझाव
२०८३ भाद्र १५ गते, सोमबार
एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम
२०८३ भाद्र १३ गते, शनिबार
भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो
२०८३ भाद्र १३ गते, शनिबार
आज जनैपूर्णिमा पर्व मनाइँदै
२०८३ भाद्र १२ गते, शुक्रबार
सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”
२०८३ भाद्र ११ गते, बिहीबार
भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन
२०८३ भाद्र ११ गते, बिहीबार
नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय
२०८३ भाद्र ११ गते, बिहीबार





















