कांग्रेस साँसद वैद्यको अभिव्यक्ति आपराधिकः एमाले
फौजदारी कानुन आकर्षित हुन सक्छः ज्ञवाली
काठमाडौं,२९ जेठ– नेपाल कम्युनिष्ट पार्टी नेकपा (एमाले) ले वाग्मती प्रदेश सभा सदस्य नरोत्तम वैद्यको अभिव्यक्तिको भत्र्सना गरेको छ । शनिबार पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको हत्या गर्ने बारे दिएको अभिव्यक्तिलाई अत्यन्त गम्भीर रुपमा लिएको जनाएको छ ।
‘प्रधानमन्त्रीको हत्याका लागि आवश्यक परे आफै पनि हत्याका लागि तयार रहेको निजको अभिव्यक्ति आपराधिक, अत्यन्त आपत्तिजनक र निन्दनीय छ ।’ विज्ञप्तिमा भनिएको छ ‘उक्त अभिव्यक्तिको घोर भत्र्सना गर्दै हाम्रो पार्टी यो विषय मुलुकको फौजदारी कानुन समेत आकर्षित हुने विषय हो भन्ने ठान्दछ र यस विषयमा सम्बद्ध राजनीतिक दलको समेत गम्भीर ध्यानाकर्षण गर्दछ ।’ एमाले द्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ ।
वैद्यले प्रधानमन्त्री केपी शर्मा ओलीको मनोमानी बढेको भन्दै ओलीको लागि एक जना नाथुराम गोट्सेको आवश्यकता परेको भन्दै शुक्रबार बाग्मती प्रदेश सभामा विवादास्पद अभिव्यक्ति दिनुभएको थियो । वैद्य नेपाली कांग्रेसको तर्फबाट प्रदेशसभा सदस्य बन्नुभएको हो । नाथुराम गोट्से तिनै व्यक्ति हुन् जसले भारतमा महात्मा गान्धीको हत्या गरेका थिए । वैद्यले आवश्यक परे देशको लागि आफैँ नाथुराम गोट्से बन्न पनि तयार रहेको भन्दै अभिव्यक्ति दिएपछि उहाँको चौतर्फी विरोध भएको छ ।
ताजा
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
विजया दशमीकाे शुभकामना
२०८३ कार्तिक ५ गते, बुधबार
आज दशैँकाे टीका
२०८३ कार्तिक ५ गते, बुधबार
मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती
२०८३ कार्तिक ३ गते, सोमबार
न आफन्त रहे, न घरः छैन दसैँको रौनक
२०८३ कार्तिक १ गते, शनिबार
प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना
२०८३ कार्तिक १ गते, शनिबार
वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती
२०८३ आश्विन ३० गते, शुक्रबार
युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन
२०८३ आश्विन २५ गते, आईतवार





















