वालिङ नगरपालिकाद्वारा अक्सिजन सहितको बेड तयार

स्याङ्जा,२१ वैशाख– कोरोना भाइरस (कोभिड १९) को दोस्रो चरणको संक्रमणको दर बढेसंगै वालिङ नगरपालिकाले अक्सिजन सहितको सुविधा सम्पन्न बेड तयार गरेको छ । तत्कालका लागि गह्रांै प्राथमिक अस्पतालको परिसरमा अक्सिजन र निवुलाईजर सहितको बेड तयार पारिएको नगर प्रमुख दिलिप प्रताप खाँणले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “पहिलो चरणमा ६ वटा बेड तयार गरेका छौं आवश्यक्ता अनुशार थप गर्ने छौं ।” ठाँउको व्यवस्थापन गरिसकिएको जानकारी दिदै नगरप्रमुख खाँणले नगरवासिलाई नआत्तिन आग्रह समेत गर्नु भयो । अस्पताल परिसरमा बन्दै गरेको नयाँ भवनलाई सुविधा सम्पन्न आईसोलोसनका रुपमा बिकास गरिने प्रमुख खाँणको भनाई छ ।
नगरपालिकाले अस्पतालमा नै कोरोनाको एन्टिजेन समेत परिक्षण गर्दै आएको अस्पतालका प्रमुख डाक्टर सरोज थापाले बताउनु भयो । उहाँले संक्रमित बढ्ने क्रममा रहेको र त्यही अनुशार तयारी पनि गरिरहेको जानकारी दिनुभयो ।
कोरोना संक्रमित बिरामीहरुका लागि भर्ना गरी सबै खाले सेवा प्रदान गर्ने गरी आफूहरु तयारी अवस्थामा रहेको अस्पतालका अधिकृत तथा सूचना अधिकारी देवेन्द्र प्रसाद भट्टराईले बताउनु भयो । उहाँले भन्नुभयो, “कोरोना संक्रमितको लागि उपचारमा आवश्यक पर्ने सबै सामाग्रीहरु नगरपालिकाले जुटाई सकेको छ ।”

वालिङमा १६ जना कोरोना संक्रमित थपिए
मंगलबार वालिङमा १६ जना कोरोना संक्रमित थपिएका छन् । गह्रौँ प्राथामिक अस्पताल वालिङमा गरिएको एन्टिजिन परिक्षणमा उक्त संख्यामा संक्रमित पुष्टी भएका हुन् । वालिङ नगरपालिकाले एक विज्ञप्ति जारी गर्दै मंगलबरा १६ जनामा पुष्टी भएको जनाएको छ । वडा नं. १ र २ का १÷१ जना, वडा नं. ६ का २ जना, वडा नं. ८ का २ जना, वडा नं. ९ का ४ जना, वडा नं. १० का २ जना, वडा नं. ११ का १ जना, वडा नं. १२ का २ जना र वडा नं. १३ का १ जना गरी १६ जनामा संक्रमण पुष्टी भएको हो ।
संक्रमण हुनेहरु वडा नं. १ का ३१ वर्षीय पुरुष, २ का ४० वर्षीय पुरुष, ६ का १९ वर्षीया महिला र ४८ वर्षीय पुरुष, ८ का ३३ वर्षीया महिला र २४ वर्षीय पुरुष, ९ का ३०, ३२, ४६ वर्षीया महिला र ३७ वर्षीय पुरुष, १० का ३५ वर्षीया महिला र ६३ वर्षीय पुरुष, ११ का ५० वर्षीया महिला, १२ का ५७ वर्षीया महिला र ४८ वर्षीय पुरुष, १३ का ८० वर्षीय पुरुष रहेका छन् । अहिले वालिङमा मात्रै सक्रिय संक्रमितको संख्या १६३ पुगेको छ ।
यसै बीच जिल्लाभर २४ जना संक्रमित थपिएका छन् । मंगलबार थपिएका २४ सहित जिल्लामा सक्रिय संक्रमितको संख्या २७५ पुगेको छ ।

ताजा

सुन्तलाको राजधानी स्याङ्जामा, सुन्तलाको बोक्राबाट सौन्दर्य सामग्री उत्पादन

२०८३ असार २० गते, शनिबार

सुन्तलाको राजधानी स्याङ्जामा, सुन्तलाको बोक्राबाट सौन्दर्य सामग्री उत्पादन

२०८३ असार २० गते, शनिबार

फेदिखाेला गाउँपालिकालाई राष्ट्रिय सम्मान

२०८३ असार १९ गते, शुक्रबार

भिमादमा जीवन उपयोगी सीप तालिम सम्पन्न

२०८३ असार १९ गते, शुक्रबार

बिरुवा गाउँपालिकालाई राष्ट्रिय सम्मान

२०८३ असार १८ गते, बिहीबार

कास्की जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपन घोषणा

२०८३ असार १८ गते, बिहीबार

व्यापार ब्यावसाय प्रवर्द्धनका लागि मेराे उम्मेदवारी: पराजुली

२०८३ असार १८ गते, बिहीबार

वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न

२०८३ असार १७ गते, बुधबार

वालिङ उद्याेग वाणिज्य संघकाे अध्यक्षमा अनुपमा ढुङ्गाना निर्विराेध निर्वाचित

२०८३ असार १६ गते, मंगलवार

२३ओैँ धान दिवस असार १५ मा कृषक सम्मानित(फाेटाे फिचर)

२०८३ असार १५ गते, सोमबार

मनसुन सक्रिय : भारी वर्षा, बाढी–पहिरोको जोखिम बढेकाले सतर्क रहन प्राधिकरणको आग्रह

२०८३ असार १५ गते, सोमबार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal