जिल्ला खेलकुद विकास समिति स्याङ्जाको पदस्थापन


स्याङ्जा,२० वैशाख–जिल्ला खेलकुद विकास समिति स्याङ्जाको एक कार्यक्रमका विच पदस्थापना कार्यक्रम सम्पन्न भएको छ । सामाजिक दुरी एवं स्वास्थ्य मापदण्ड सहित गरिएको पदस्थापना कार्यक्रमलाई सम्बोधन गर्दै प्रतिनिधि सभा सदस्य नारायण प्रसाद मरासिनीले खेलकुद क्षेत्र उपेक्षीत रहेको बताउदै प्रत्येक निर्वाचन क्षेत्रमा कभडहल निर्माणको प्रस्ताव आफुले उठाएको बताउनुभयो । उहाँले खेलकुद मन्त्रालय मार्फत केही निर्वाचन क्षेत्रमा रङ्गशाल निर्माण कार्यको शुरु भएको बताउनुभयो । प्रतिनिधि सभा सदस्य मरासिनीले जिल्लाको खेलकुदको विकासका लागि जिल्ला खेलकुद विकास समितिले पनि आवाज उठाउनुपर्ने बताउदै आफुले पनि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य तथा विद्यायन समितिका सभापति मोहन रेग्मी, नेकपा एमाले स्याङ्जाका अध्यक्ष सुर्यप्रसाद गैरे (पारस), जिल्ला खेलकुद विकास समितिका पूर्व अध्यक्ष मनिराम पौडेल र जिल्ला समन्वय समितिका उपप्रमुख दिलिप कुमार बगाले लगायतले स्याङ्जा खेलकुदको उर्भर क्षेत्र रहेकाले खेलकुदका माध्यमबाट स्याङ्जाको विकास गर्नुपर्ने बताउनुभयो ।

जिल्ला समन्वय समितिका प्रमुख सिता सुन्दासको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचानल जिल्ला खेलकुद समितिका कार्यालय सचिव विशाल राजबाहाकले गर्नुभएको थियो । अध्यक्षको पदभार ग्रहणको अवसरमा बोल्दै जिल्ला खेलकुद विकास समितिका नवनियुक्त अध्यक्ष गिरी प्रसाद गुरुङले (मोहन) स्याङजाको खेलकुदलाई उच्च स्थानमा पु¥याउने प्रतिवद्धता जनाउनुभएको थियो ।
कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका नवनियुक्त उपाध्यक्ष किरण खाणँ, सचिव शितल जंग केसी र कोषाध्यक्ष विन्दु काफ्ले र सदस्यहरु अभिलास गुरुङ, ईश्वर पराजुली, पवन राना, अनिल श्रेष्ठ, अंकबहादुर घर्तीमगर, विमल परियार, ओममाया राना, शरु न्यौपाने, सृजना देवकोटाले पदभार ग्रहण गर्नुभएको हो ।

ताजा

सार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री

२०८३ भाद्र ४ गते, बिहीबार

सार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री

२०८३ भाद्र ४ गते, बिहीबार

अढाइ वर्षीय बालक जंगलमा बिताए तीन दिन

२०८३ भाद्र ४ गते, बिहीबार

वेवारिसे अवस्थामा रहेकाे भरुवा बन्दुक जस्ताे देखिने वस्तु प्रहरी द्वारा बरामद

२०८३ भाद्र ३ गते, बुधबार

स्याङ्जा प्रहरीले सार्वजनिक गर्याे साउन महिनाको गतिविधि

२०८३ श्रावण ३० गते, शनिबार

खोलाले बगाएर बेपत्ता भएका स्याङ्जाका युवकको शव आँधिखाेलामा भेटियाे

२०८३ श्रावण २९ गते, शुक्रबार

पूर्व प्रधानमन्त्री देउवा स्वदेश फिर्ता, विमान स्थलमा भब्य स्वागत

२०८३ श्रावण २८ गते, बिहीबार

विश्व प्रेस काउन्सिलको आग्रह किशाेर श्रेष्ठलाई तत्काल रिहा गरियाेस

२०८३ श्रावण २८ गते, बिहीबार

पत्रकार किशोर श्रेष्ठ पक्राउप्रति प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण

२०८३ श्रावण २८ गते, बिहीबार

पाैडी खेल्ने क्रममा आँधिखाेलामा बेपत्ता भएका बस्नेतकाे शव भेटियाे

२०८३ श्रावण २५ गते, सोमबार

जन्मदिनकाे अवशरमा अमोर सेवा बालगृहलाई फ्रिज सहयोग

२०८३ श्रावण २४ गते, आईतवार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal