देवचुलीका संक्रमितले पाएनन् एम्बुलेन्सः ट्रयाक्टरमा लैजादै गर्दा मृत्यु

खगेन्द्र पराजुली

 नवलपुर,२० वैशाख–देवचुलीका एक जना कोरोना संक्रमितको अस्पताल लैजादा लैजादै बाटोमै मृत्यु भएको छ । आज सोमवार देवचुली १३ दलदलेका ६८ बर्षीय संक्रमितको मृत्यु भएको हो ।
४ दिन पहिला सिएमसीबाट प्राप्त रिपोर्टमा कोरोना पोजेटिभ देखिएका ती ६८ बर्षीय बृद्ध पुरुषलाई आज दिउँसो अचानक स्वास्थ्यमा समस्या आएपछि दुम्कौली स्थित नगर अस्पताल पुर्याई पनि चिकित्सकले मृत्यु भएको पुष्टि गरेका परिवारका नजिकका आफन्तले बताए ।
बिहानसम्म पनि ठीकठाक रहेका उनलाई एक्कासी असहज भएपछि अस्पताल लैजान एम्बुलेन्स खोज्दा कोभिड संक्रमित बिरामी भएकैले कुनै पनि एम्बुलेन्स आउन नमानेको एक आफन्तले गुनासो गरेका हुन् ।

अहिले शव अस्पतालमै छ । आफ्नै धार्मिक सांस्कृतिक मान्यता अनुसार नारायाणी नदी किनारमा दाह संस्कार गर्ने पारिवारिक स्रोतले जनाएको छ । करीव १ घण्टासम्म एम्बुलेन्स खोजी गर्दा एम्बुलेन्स नपाईपछि ट्रयाक्टरमै राखेर आफन्तले दुम्कौली अस्पताल पुर्याएका थिए ।
वडा नं. १३ का वडाध्यक्ष एवं नगर प्रवक्ता डिलबहादुर खत्री र स्वास्थ्य शाखा देवचुलीका प्रमुख रामकुमार श्रेष्ठले एम्बुलेन्सको खोजीमा आफुहरुले कोशिस गरेको तर सबै एम्बुलेन्स चालकले आफुहरु बिरामी लिएर अन्तै गएकोले आउन नसक्ने भनेर पन्छिएको बताएका छन् ।
दुम्कौलीमा रहेको सरकारी एम्बुलेन्स औषधि सामाग्री लिन पोखरा गएकाले आफ्नै एम्बुलेन्स पठाउन नसकिएको स्वास्थ्य शाखा प्रमुख श्रेष्ठले बताए । देवचुलीमा मात्रै १० वटा एम्बुलेन्स रहेको स्वास्थ्य शाखाले जनाएको छ ।

ताजा

शिक्षकलाई विद्यालय फर्काउ

२०८२ बैशाख २ गते, मंगलवार

शिक्षकलाई विद्यालय फर्काउ

२०८२ बैशाख २ गते, मंगलवार

स्थानीय तहको सेवा प्रवाहमा प्रश्न

२०८१ चैत्र ३१ गते, आईतवार

महिलालाई उत्पादनमा जोड्न बाख्रा वितरण

२०८१ चैत्र ३१ गते, आईतवार

सिद्धार्थ राजमार्गकाे स्तरउन्नती हुन्छः अर्थमन्त्री पाैडेल

२०८१ चैत्र ३० गते, शनिबार

वरिष्ठ पत्रकार भैरव रिसालको निधन

२०८१ चैत्र २५ गते, सोमबार

बाह्रविशे मेला सम्पन्न, दर्शककाे उत्साहाजनक सहभागिता

२०८१ चैत्र २४ गते, आईतवार

आज बाह्रविशे मेला, तयारी पुरा

२०८१ चैत्र २४ गते, आईतवार

गह्राैसुर मन्दिरमा दर्शनकाे लागि लाम्वद्ध भक्तजन

२०८१ चैत्र २३ गते, शनिबार

ग्रामीण स्वावलम्बन साना किसान कृषि सहकारी, गण्डकी प्रदेश मै उत्कृष्ठ घोषणा

२०८१ चैत्र २३ गते, शनिबार

परम्परा जाेगाउन बाह्रविशे मेला

२०८१ चैत्र २२ गते, शुक्रबार

2022 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal