देवचुलीका संक्रमितले पाएनन् एम्बुलेन्सः ट्रयाक्टरमा लैजादै गर्दा मृत्यु

खगेन्द्र पराजुली

 नवलपुर,२० वैशाख–देवचुलीका एक जना कोरोना संक्रमितको अस्पताल लैजादा लैजादै बाटोमै मृत्यु भएको छ । आज सोमवार देवचुली १३ दलदलेका ६८ बर्षीय संक्रमितको मृत्यु भएको हो ।
४ दिन पहिला सिएमसीबाट प्राप्त रिपोर्टमा कोरोना पोजेटिभ देखिएका ती ६८ बर्षीय बृद्ध पुरुषलाई आज दिउँसो अचानक स्वास्थ्यमा समस्या आएपछि दुम्कौली स्थित नगर अस्पताल पुर्याई पनि चिकित्सकले मृत्यु भएको पुष्टि गरेका परिवारका नजिकका आफन्तले बताए ।
बिहानसम्म पनि ठीकठाक रहेका उनलाई एक्कासी असहज भएपछि अस्पताल लैजान एम्बुलेन्स खोज्दा कोभिड संक्रमित बिरामी भएकैले कुनै पनि एम्बुलेन्स आउन नमानेको एक आफन्तले गुनासो गरेका हुन् ।

अहिले शव अस्पतालमै छ । आफ्नै धार्मिक सांस्कृतिक मान्यता अनुसार नारायाणी नदी किनारमा दाह संस्कार गर्ने पारिवारिक स्रोतले जनाएको छ । करीव १ घण्टासम्म एम्बुलेन्स खोजी गर्दा एम्बुलेन्स नपाईपछि ट्रयाक्टरमै राखेर आफन्तले दुम्कौली अस्पताल पुर्याएका थिए ।
वडा नं. १३ का वडाध्यक्ष एवं नगर प्रवक्ता डिलबहादुर खत्री र स्वास्थ्य शाखा देवचुलीका प्रमुख रामकुमार श्रेष्ठले एम्बुलेन्सको खोजीमा आफुहरुले कोशिस गरेको तर सबै एम्बुलेन्स चालकले आफुहरु बिरामी लिएर अन्तै गएकोले आउन नसक्ने भनेर पन्छिएको बताएका छन् ।
दुम्कौलीमा रहेको सरकारी एम्बुलेन्स औषधि सामाग्री लिन पोखरा गएकाले आफ्नै एम्बुलेन्स पठाउन नसकिएको स्वास्थ्य शाखा प्रमुख श्रेष्ठले बताए । देवचुलीमा मात्रै १० वटा एम्बुलेन्स रहेको स्वास्थ्य शाखाले जनाएको छ ।

ताजा

वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती

२०८३ आश्विन ३० गते, शुक्रबार

वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती

२०८३ आश्विन ३० गते, शुक्रबार

युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन

२०८३ आश्विन २५ गते, आईतवार

बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकी बाढीले घर सहित बेलिब्रज बगायाे

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकी नदीमा बाढी तटिय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

२०८३ आश्विन २५ गते, आईतवार

स्याङ्जाका मीनप्रसाद गुरुङ सहित दस जना एमाले केन्द्रीय कमिटी सदस्यमा मनाेनीत

२०८३ आश्विन २४ गते, शनिबार

नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित

२०८३ आश्विन २४ गते, शनिबार

सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक दाहाल सेवाबाट बर्खास्त

२०८३ आश्विन २३ गते, शुक्रबार

प्रहरी दिवसको अवसरमा स्याङ्जामा२२ जनाले गरे रक्तदान

२०८३ आश्विन २३ गते, शुक्रबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal