जिल्ला प्रशासन कार्यालय स्याङ्जाद्वारा तीन स्थानीय तहमा निषेधाज्ञा जारी
स्याङ्जा,१९ वैशाख– जिल्ला प्रशासन कार्यालय स्याङ्जाले जिल्लाको तीन ओटा स्थानीय तहमा वैशाख मसान्तसम्मको लागि निषेधाज्ञा जारी गरेको छ । जिल्ला प्रशासन कार्यालय स्याङ्जाले एक आदेश जारी गर्दै जिल्लाको वालिङ, गल्याङ र चापाकोट नगरपालिकालाई वैशाख मसान्तसम्म निषेधाज्ञा गरेको हो ।
पछिल्लो समय कोरोनाको दोस्रो भेरियन्टको संक्रमण उच्च रुपमा फैलिएको भन्दै सोमबार विहान ६ बजेदेखि वैशाख ३१ गते राति १२ बजेसम्म निषेधाज्ञा गरेको हो । कोरोना नियन्त्रणका लागि नेपाल सरकारको मन्त्रीपरिषदको निर्णय तथा जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र तथा जिल्ला सुरक्षा समितिको आईतबारको निर्णय समेतको आधारमा संक्रमक ऐन, २०२० को दफा २ र स्थानीय प्रशासन ऐन२०२८ को दफा ६ (३) ले दिएको अधिकारी प्रयोग गरी तीन पालिकामा निषेधाज्ञा जारी गरिएको प्रशासनले जनाएको छ । आदेशको पालना गर्न गराउन सबै व्यक्ति संघसंस्था, पेशाकर्मी व्यवसायी तथा आमा नागरिकको कर्तव्य भएको भन्दै आदेशको उंल्घन गरेमा संक्रमक रोक ऐन अनुसार कारबाही हुने जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालद्धारा हस्ताक्षरित जारी आदेशमा औषधी उपचार र अत्यवश्यक बाहेक घरबाहिर ननिस्कन, सबै प्रकारका तालिम, गोष्ठी, सभा समारोह नगर्न आग्रह गरिएको छ भने एम्बुलेन्स, शवबाहन, दमकल, अत्यवश्यक खाद्य सामाग्री, पशुपंक्षीका दाना, दुध, फलफुल, माछामासु पानी, ग्यास, पेट्रोलियम पदार्थ, निर्माण सामाग्री, औषधीका सवारी साधन, अत्यवश्यक सरकारी कामकाजका लागि प्रेस तथा सञ्चारकर्मीले प्रयोग गरेका सवारी बाहेक अन्य सवारी चल्ने छैनन् भने सिद्धार्थ राजमार्ग हुँदै अन्यत्र जाने सावरी साधनको हकमा निषेधित क्षेत्रमा यात्रु चढाउन र ओराल्न पाईनेछैन् । मठ मन्दिर विभिन्न धार्मिक स्थलहरुमा नित्य पूजा बाहेक अन्य सामाजिक तथा सांस्कृतिक धार्मिक गतिविधिहरु सञ्चालन नगर्ने, स्वास्थ्य, सुरक्षा, सञ्चार विद्युत, खानेपानी, दमकल बाहेक अन्य कार्यालयको सेवा बन्द रहनेछ ।
ताजा
सुन्तलाको राजधानी स्याङ्जामा, सुन्तलाको बोक्राबाट सौन्दर्य सामग्री उत्पादन
२०८३ असार २० गते, शनिबार
सुन्तलाको राजधानी स्याङ्जामा, सुन्तलाको बोक्राबाट सौन्दर्य सामग्री उत्पादन
२०८३ असार २० गते, शनिबार
फेदिखाेला गाउँपालिकालाई राष्ट्रिय सम्मान
२०८३ असार १९ गते, शुक्रबार
भिमादमा जीवन उपयोगी सीप तालिम सम्पन्न
२०८३ असार १९ गते, शुक्रबार
बिरुवा गाउँपालिकालाई राष्ट्रिय सम्मान
२०८३ असार १८ गते, बिहीबार
कास्की जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपन घोषणा
२०८३ असार १८ गते, बिहीबार
व्यापार ब्यावसाय प्रवर्द्धनका लागि मेराे उम्मेदवारी: पराजुली
२०८३ असार १८ गते, बिहीबार
वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न
२०८३ असार १७ गते, बुधबार
वालिङ उद्याेग वाणिज्य संघकाे अध्यक्षमा अनुपमा ढुङ्गाना निर्विराेध निर्वाचित
२०८३ असार १६ गते, मंगलवार
२३ओैँ धान दिवस असार १५ मा कृषक सम्मानित(फाेटाे फिचर)
२०८३ असार १५ गते, सोमबार
























