सूर्योदय लघुवित्तको साधारणसभा सम्पन्न

स्याङजा,१ बैशाख– सूर्योदय लघुवित्तको आठौं साधारणसभा सम्पन्न भएको छ ।जिल्ला सदरमुकाम स्याङ्जा स्थित पुतलीबजारमा प्रधान कार्यालय रहेको सूर्योदय लघुवित्त वित्तीयसंस्थाको मंगलबार सम्पन्न साधारणसभाले ६ सदस्यीय सञ्चालक समिति समेत चयन गरेको छ ।
सभाले लेखनाथ खनिया, अनन्तकुमार श्रेष्ठ, गुणाखर सापकोटा, एकबहादुर गोदार, नारायण प्रसाद पौडेल र तारा शर्मालाई निर्बिरोध सञ्चालक समितिको सदस्यमा चयन गरेको हो । संस्थापक समूहका शेयरधनीको तर्फबाट ४ ना र सर्वसाधारण शेयरधनीकतर्फबाट २ जना संञ्चालक निर्वाचित भएको निर्वाचन अधिकृत बिष्णुप्रसाद उपाध्यायले जानकारी दिनुभयो ।
२०७० सालमा स्थापना भएको सूर्योदय लघुवित्तले आफना शाखा सुरुमा १० जिल्लामा कार्यक्षेत्र बनाई २३ जिल्लासम्म विस्तार गरेको थियो । अहिले ३५ वटा शाखा बिस्तारगरी १ सय २ वटा शाखाहरु संञ्चालनमा ल्याएको संस्थाका अध्यक्ष लेखनाथ खनियाले जानकारी दिनुभयो । गत वर्षदेखि भने नवलपरासी स्थित त्रिलोक लघुवित्त संस्था लिमिटेड संग मर्ज गरेर एकिकृत कारोवार गर्दै आएको छ । दुई कम्पनी मर्ज पछिको पहिलो साधारणसभा भएको संस्थाले जनाएको छ ।
असार मसान्तसम्म संस्थाको अधिकृत पँुजी ३० करोड छ । ती मध्ये जारी पुँजी २४ करोड ३ लाख ८१ हजार ७५० र चुक्ता पँुजी २१ करोड ५० लाख ४२ हजार ९२५ रुपैंया रहेको प्रमुख कार्यकार्य अधिकृत मोक्षप्रसाद पंगेनीले बताउनुभयो । पंगेनीले भन्नुभयो, ‘गण्डकी प्रदेशमै सबैभन्दा बढी कर तिर्ने वित्तिय संस्था हाम्रै हो, कर दिवसका अवसरमा हामीले निरन्तर गत वर्षगरी चार पटकसम्म पुरस्कृत भएकाछौ ।’
सभाले चुक्ता पुँजीको सून्य दशमलब ८०७ प्रतिशतले हुन आउने १७ लाख ३६ हजार ८ सय ४२ रुपैया बोनस शेयरमा लाग्ने कर प्रयोजन समेत बितरण गर्नेगरी पारित गरेको छ ।
यसै गरी असार मसार मसान्तसम्मको चुक्ता पुँजी २१ करोड ५० लाख ४२ हजार ९ सय २५ को १३ प्रतिशतले हुन आउने रकम ३ करोड ३० लाख रुपैंया बराबरको बोनस शेयर जारी गर्ने प्रस्ताव पारित गरेको छ ।
पँुजी शेयरको हिस्सा ७८ दशमलब २४८ रहेको र सर्वसाधारणतर्फ २१ दशमलब ७५१ प्रतिशत रहेकोमा सर्वसाधारणतर्फ ३० पुरयाउनका लागि सर्वसाधारण शेयर जारी गर्ने, लेखापरिक्षक नियुक्त, अन्य इजाजतप्राप्त लघुवित्त वित्तीय संस्थाहरुसंग एक आपसमा गाभ्ने गाभिने सम्बन्धी कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने लगायतका प्रस्ताव पारित गरेको छ ।
साधारणसभामा गण्डकी प्रदेश सदस्य मिनप्रसाद गुरुङ, सञ्चालक अनन्तकुमार श्रेष्ठ, स्वतन्त्र सदस्य दुर्गाबहादुर शाह, पत्रकार महासंघका अध्यक्ष ओमप्रकाश शर्मा, नायब प्रमुख कार्यकारी अधिकृत राजेन्द्र न्यौपाने लगायतले शेयरदाता, ऋणि, कर्मचारी र संचालकको सकारात्मक सहयोगले संस्थाले सफलता प्राप्त गरेको बताउनुभएको थियो ।
ताजा
सुन्तलाको राजधानी स्याङ्जामा, सुन्तलाको बोक्राबाट सौन्दर्य सामग्री उत्पादन
२०८३ असार २० गते, शनिबार
सुन्तलाको राजधानी स्याङ्जामा, सुन्तलाको बोक्राबाट सौन्दर्य सामग्री उत्पादन
२०८३ असार २० गते, शनिबार
फेदिखाेला गाउँपालिकालाई राष्ट्रिय सम्मान
२०८३ असार १९ गते, शुक्रबार
भिमादमा जीवन उपयोगी सीप तालिम सम्पन्न
२०८३ असार १९ गते, शुक्रबार
बिरुवा गाउँपालिकालाई राष्ट्रिय सम्मान
२०८३ असार १८ गते, बिहीबार
कास्की जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपन घोषणा
२०८३ असार १८ गते, बिहीबार
व्यापार ब्यावसाय प्रवर्द्धनका लागि मेराे उम्मेदवारी: पराजुली
२०८३ असार १८ गते, बिहीबार
वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न
२०८३ असार १७ गते, बुधबार
वालिङ उद्याेग वाणिज्य संघकाे अध्यक्षमा अनुपमा ढुङ्गाना निर्विराेध निर्वाचित
२०८३ असार १६ गते, मंगलवार
२३ओैँ धान दिवस असार १५ मा कृषक सम्मानित(फाेटाे फिचर)
२०८३ असार १५ गते, सोमबार





















