चर्चा बटुल्दै चापाकोटका शिक्षकको ‘रातो कम्मल’


वालिङ,२४ चैत–शिक्षण पेशा संगसंगै सांगितिक क्षेत्रमा समेत लागेका शिक्षकहरुले रचना गरेको गीत ‘रातो कम्मल’ यतिबेला निकै चर्चामा रहेको छ । चापाकोट नगरपालिका स्थित गंगालाल मावि र जनजागृती माविमा कार्यरत शिक्षकहरुले निकालेको ‘रातो कम्मल’ बोलको दोहोरी गीत चर्चित बने संगै शिक्षकहरु थप उत्साहित बनेकाछन् ।
शिक्षकहरुले शब्द लेखन देखि भाका समेत चयन गरे संगै गीत सार्वजनीक गर्ने योजना अनुसार मायापिरतीमा आधारित यो दोहोरी गीत बजारमा आएको हो । गंगालाल माविमा कार्यरत शिक्षक रामचन्द्र न्यौपानेले शिक्षण पेशा संगसंगै आफुभित्र रहेको क्षमतालाई पनि बाहिर ल्याउनुपर्छ भन्ने लागेर साथिहरुको संयुक्त प्रयासबाट ‘रातो कम्मल’ बोलको गीत बजारमा ल्याउन सफल भएको बताउनुभयो ।

गंगालाल माविमा कार्यरत ५ जना र जनजागृती माविका प्रअ सहित ६ जना शिक्षक शिक्षक रामचन्द्र न्यौपाने, उत्तम अधिकारी, दुर्गा प्रसाद कोईराला, शिशिर आचार्य ,रघुनाथ भट्टराई र गौरब भट्टराई मिलेर सो गीत बजारमा ल्याएका हुन् ।
गीतमा सुनिता बुढा क्षेत्री र विश्व विनोदले स्वर दिएकाछन् भने सुनिता संगितिक बजारमा चलेकी गायिका हुन ।
काठमाण्डौँकोमा छायांकन गरिएको गीतको भिडियो भाबना म्युजिक सोलुसन मार्फत बजारमा ल्याइएको हो ।

ताजा

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

विजया दशमीकाे शुभकामना

२०८३ कार्तिक ५ गते, बुधबार

आज दशैँकाे टीका

२०८३ कार्तिक ५ गते, बुधबार

मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती

२०८३ कार्तिक ३ गते, सोमबार

न आफन्त रहे, न घरः छैन दसैँको रौनक

२०८३ कार्तिक १ गते, शनिबार

प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना

२०८३ कार्तिक १ गते, शनिबार

वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती

२०८३ आश्विन ३० गते, शुक्रबार

युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन

२०८३ आश्विन २५ गते, आईतवार

बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया

२०८३ आश्विन २५ गते, आईतवार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal