चर्चा बटुल्दै चापाकोटका शिक्षकको ‘रातो कम्मल’
वालिङ,२४ चैत–शिक्षण पेशा संगसंगै सांगितिक क्षेत्रमा समेत लागेका शिक्षकहरुले रचना गरेको गीत ‘रातो कम्मल’ यतिबेला निकै चर्चामा रहेको छ । चापाकोट नगरपालिका स्थित गंगालाल मावि र जनजागृती माविमा कार्यरत शिक्षकहरुले निकालेको ‘रातो कम्मल’ बोलको दोहोरी गीत चर्चित बने संगै शिक्षकहरु थप उत्साहित बनेकाछन् ।
शिक्षकहरुले शब्द लेखन देखि भाका समेत चयन गरे संगै गीत सार्वजनीक गर्ने योजना अनुसार मायापिरतीमा आधारित यो दोहोरी गीत बजारमा आएको हो । गंगालाल माविमा कार्यरत शिक्षक रामचन्द्र न्यौपानेले शिक्षण पेशा संगसंगै आफुभित्र रहेको क्षमतालाई पनि बाहिर ल्याउनुपर्छ भन्ने लागेर साथिहरुको संयुक्त प्रयासबाट ‘रातो कम्मल’ बोलको गीत बजारमा ल्याउन सफल भएको बताउनुभयो ।
गंगालाल माविमा कार्यरत ५ जना र जनजागृती माविका प्रअ सहित ६ जना शिक्षक शिक्षक रामचन्द्र न्यौपाने, उत्तम अधिकारी, दुर्गा प्रसाद कोईराला, शिशिर आचार्य ,रघुनाथ भट्टराई र गौरब भट्टराई मिलेर सो गीत बजारमा ल्याएका हुन् ।
गीतमा सुनिता बुढा क्षेत्री र विश्व विनोदले स्वर दिएकाछन् भने सुनिता संगितिक बजारमा चलेकी गायिका हुन ।
काठमाण्डौँकोमा छायांकन गरिएको गीतको भिडियो भाबना म्युजिक सोलुसन मार्फत बजारमा ल्याइएको हो ।
ताजा
स्याङ्जामा दुई सवारी साधन एक आपसमा ठक्कर खादा युवककाे मृत्यु
२०८३ भाद्र १९ गते, शुक्रबार
स्याङ्जामा दुई सवारी साधन एक आपसमा ठक्कर खादा युवककाे मृत्यु
२०८३ भाद्र १९ गते, शुक्रबार
चापाकाेट नगरपालिका एकका वडा अध्यक्ष वाेस्तीलाई माेविल छ्यापेकाे आराेपमा वडा सदस्य सन्ताेष थापा पक्राउ
२०८३ भाद्र १७ गते, बुधबार
आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात
२०८३ भाद्र १५ गते, सोमबार
सुरुङभित्र खोजी तीव्र, वैकल्पिक मार्ग खोलिँदै
२०८३ भाद्र १५ गते, सोमबार
‘हिमाली सुनामी’ नामकरण गर्न विज्ञको सुझाव
२०८३ भाद्र १५ गते, सोमबार
एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम
२०८३ भाद्र १३ गते, शनिबार
भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो
२०८३ भाद्र १३ गते, शनिबार
आज जनैपूर्णिमा पर्व मनाइँदै
२०८३ भाद्र १२ गते, शुक्रबार
सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”
२०८३ भाद्र ११ गते, बिहीबार





















