नागरिक आरोग्य केन्द्रको स्थपाना
स्याङ्जा,२३ चैत– जिल्लाको दुर्गम भेगमा सहजरुपमा आयुर्वेदको सेवा प्रदान गर्ने उद्देश्यले जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले जिल्लाको बिभिन्न भेगमा नागरिक आरोग्य केन्द्रको स्थापना गरेको छ ।
दिनप्रतिदिन आयुर्वेद उपचार पद्धति तर्फ नागरिकहरुको चासो बढ्दै जानथलेपछि जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको समन्वयमा नागरिक आरोग्य केन्द्रको स्थापना गरिएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र स्याङ्जाले जनाएको छ ।

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र स्याङ्जाका प्रमुख डा सुभद्रा कार्कीले भेग मिलाएर जिल्लाको आँधीखोला गाउँपालिका, बिरुवा गाउँपालिका र कालीगण्डकी गाउँपालिका गरि तीन ठाउँमा नागरिक आरोग्य केन्द्रको स्थापना गरिएको जानकारी दिनुभयो । कार्यालय प्रमुख डा कार्कीले भन्नुभयो, ‘आयुर्वेद विभाग अन्तरर्गत ३१८ ओटा आरोग्य केन्द्र स्थापना गर्ने कार्यक्रम अनुसार जिल्लामा आयुर्वेदको पहुच नभएको ठाउँमा बाट सेवा दिने उद्देश्य अनुसार आरोग्य केन्द्रको स्थापना गरेका हौ’।

आरोग्य केन्द्र मार्फत जीवन शैली व्यवस्थापन,आयुर्वेद आहार विहारमा नियमन, योग परामर्शका साथै आधारभूत औषधी वितरण गरिने प्रमुख कार्कीले बताउनुभयो । एक जना कविराज सहयोगी मार्फत सेवा प्रदान गरिनेछ भने स्थानीय तहको सहयोग र जिल्ला आयुर्वेदिक केन्द्र स्याङ्जाको समन्वयमा संचालन हुने कार्यालयले जनाएको छ ।
ताजा
स्याङ्जामा दुई सवारी साधन एक आपसमा ठक्कर खादा युवककाे मृत्यु
२०८३ भाद्र १९ गते, शुक्रबार
स्याङ्जामा दुई सवारी साधन एक आपसमा ठक्कर खादा युवककाे मृत्यु
२०८३ भाद्र १९ गते, शुक्रबार
चापाकाेट नगरपालिका एकका वडा अध्यक्ष वाेस्तीलाई माेविल छ्यापेकाे आराेपमा वडा सदस्य सन्ताेष थापा पक्राउ
२०८३ भाद्र १७ गते, बुधबार
आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात
२०८३ भाद्र १५ गते, सोमबार
सुरुङभित्र खोजी तीव्र, वैकल्पिक मार्ग खोलिँदै
२०८३ भाद्र १५ गते, सोमबार
‘हिमाली सुनामी’ नामकरण गर्न विज्ञको सुझाव
२०८३ भाद्र १५ गते, सोमबार
एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम
२०८३ भाद्र १३ गते, शनिबार
भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो
२०८३ भाद्र १३ गते, शनिबार
आज जनैपूर्णिमा पर्व मनाइँदै
२०८३ भाद्र १२ गते, शुक्रबार
सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”
२०८३ भाद्र ११ गते, बिहीबार





















