मेलम्चीको पानी काठमाडौंमा, राष्ट्रपति भण्डारीद्वारा उद्घाटन


काठमाडौँ,२० चैत– राष्ट्रपति विद्यादेवी भण्डारीले मेलम्ची खानेपानी आयोजनाले काठमाडौँको खानेपानी समस्या समाधान गर्नुका साथै वातावरण संरक्षणमा समेत महत्त्वपूर्ण योगदान पुग्न विश्वास व्यक्त गर्नुभएको छ ।
मेलम्ची खानेपानी आयोजना खानेपानी वितरण कार्यको आज काठमाडौँमा एक कार्यक्रमका विच शुभारम्भ गर्दै राष्ट्रपति भण्डारीले सो कुरा बताउनुभएको हो । आयोजनाले खानेपानी समस्या समाधान गर्नुका साथै उपत्यकाका जलाधार क्षेत्रहरूको संरक्षणमा समेत योगदान पुग्ने उहाँको भनाइ थियो ।
राष्ट्रपति भण्डारीले मेलम्ची आयोजनाबाट दीर्घकालसम्म लाभ लिनका लागि यसको सफल कार्यान्वयन र उचित संरक्षणमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
राष्ट्रपति भण्डारीले मानव जीवनसँग प्रत्यक्ष जोडिएको जलश्रोतको संरक्षण तथा पानीको दिगो उपभोग सुनिश्चित गर्न विश्वविद्यालय एवं प्राज्ञिक संस्थाहरूलाई आवश्यक अध्ययन–अनुसन्धानमा जोड दिन समेत आग्रह गर्नुभयो ।


कार्यक्रममा प्रधानमन्त्री ओलीले कोरोना भाइरसका कारण फैलिएको विश्वव्यापी महामारीका समयमा समेत सरकारले विकास निर्माणका काम प्रभावित हुन नदिएको र त्यसैको परिणाम स्वरूप मेलम्ची लगायतका राष्ट्रिय गौरवका आयोजनाहरू पुरा हुने चरणमा पुगेको बताउनुभयो ।
प्रधानमन्त्री ओलीले आगामी तीन वर्षभित्र मेलम्ची आयोजनाका सहायक आयोजनाहरू याङ्ग्री र लार्के खोलाको पानी समेत काठमाडौँ ल्याएर वितरण गर्ने गरी काम अगाडि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिनुभयो ।

मेलम्ची खानेपानी आयोजना अन्तर्गत सिन्धुपाल्चोकको हेलम्बु–मेलम्ची क्षेत्रका मेलम्ची, याङ्ग्री र लार्के खोलाबाट १७–१७ करोड लिटरका दरले कूल ५१ करोड लिटर पानी काठमाडौँ उपत्यकामा ल्याउने लक्ष्य रहेको छ । जसमध्ये आयोजनाको पहिलो चरणमा मेलम्चीबाट १७ करोड लिटर पानी काठमाडौँ ल्याउने काम सम्पन्न भएको छ भने आजदेखि औपचारिक रूपमा ग्राहकको धारामा पानी पुगेको छ ।

ताजा

स्याङ्जामा दुई सवारी साधन एक आपसमा ठक्कर खादा युवककाे मृत्यु

२०८३ भाद्र १९ गते, शुक्रबार

स्याङ्जामा दुई सवारी साधन एक आपसमा ठक्कर खादा युवककाे मृत्यु

२०८३ भाद्र १९ गते, शुक्रबार

चापाकाेट नगरपालिका एकका वडा अध्यक्ष वाेस्तीलाई माेविल छ्यापेकाे आराेपमा वडा सदस्य सन्ताेष थापा पक्राउ

२०८३ भाद्र १७ गते, बुधबार

आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात

२०८३ भाद्र १५ गते, सोमबार

सुरुङभित्र खोजी तीव्र, वैकल्पिक मार्ग खोलिँदै

२०८३ भाद्र १५ गते, सोमबार

‘हिमाली सुनामी’ नामकरण गर्न विज्ञको सुझाव

२०८३ भाद्र १५ गते, सोमबार

एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम

२०८३ भाद्र १३ गते, शनिबार

भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो

२०८३ भाद्र १३ गते, शनिबार

आज जनैपूर्णिमा पर्व मनाइँदै

२०८३ भाद्र १२ गते, शुक्रबार

सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”

२०८३ भाद्र ११ गते, बिहीबार

भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal