आयुर्वेद प्रति बढ्दो आकर्षण


स्याङ्जा,७ चैत–केही समय पहिला त्यती चासोको रुपमा नहेरिएको आयुर्वेद उपचार पद्दधती प्रति चासो बढ्दै गएसंगै योग प्रति आकर्षण बढ्न थालेको छ ।
विश्वभर कोरोना भाइरस (कोभिड १९) को महामारी फैलीए संगै नेपालमा आयुर्वेदीक उपचारका साथै योग प्रति बसैेको चासो बढेको पाइन्छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र स्याङ्जाले पनि आयुर्वेदका बारेमा बिभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुअ डा सुभद्रा कार्कीले आयुर्वेदको महत्वका बारेमा प्रचारप्रसाको अभावमा ओझेलमा परेपनि कोरोना भाइरसको प्रकोप संगै यसको महत्व झन बढेर गएको बताउनुभयो ।
जिल्ला आयुर्वेद स्वास्थ्य केंद्र स्याङ्जाको आयोजनामा शुक्रबार देखि तीन दिने आयुर्वेद स्वास्थ्यकर्मीहरुका लागि योग तालिम सञ्चालन गरिएको छ । कार्यक्रममा बोल्ने बक्ताहरुले आयुर्वेद र योगको महत्व दिनप्रतिदिन बढ्दै गएको र यसको प्रचारप्रसारलाई ब्यापक बनाउनुपर्ने धारणा राखेका थिए । प्रमुख जिल्ला अधिकारी दीपक राज नेपालको प्रमुख आथित्यतामा भएको कार्यक्रम जिल्ला आयुर्वेद व्यवस्थापन समितिका अध्यक्ष यज्ञ प्रसाद पौडेलको अध्यक्षतामा भएको थियो । तालिममा डा आनन्द गैह्रेले (पीएचडी योग) प्रशिक्षण दिनुभएको छ ।
जिल्लाको आयुर्वेद सेवा प्रवाहलाई थप प्रभावकारी गराउने उद्देश्यले लागि तालिमको आयोजना गरिएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र स्याङ्जाले जनाएको छ ।

ताजा

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

विजया दशमीकाे शुभकामना

२०८३ कार्तिक ५ गते, बुधबार

आज दशैँकाे टीका

२०८३ कार्तिक ५ गते, बुधबार

मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती

२०८३ कार्तिक ३ गते, सोमबार

न आफन्त रहे, न घरः छैन दसैँको रौनक

२०८३ कार्तिक १ गते, शनिबार

प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना

२०८३ कार्तिक १ गते, शनिबार

वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती

२०८३ आश्विन ३० गते, शुक्रबार

युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन

२०८३ आश्विन २५ गते, आईतवार

बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया

२०८३ आश्विन २५ गते, आईतवार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal