कम्युनिष्ट सरकारले जनताको अभिमत सदुपयोग गर्न सकेन ः थापा
फाइल तस्विरः
वालिङ,५ चैत–नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं युवा नेता गगनकुमार थापाले कम्युनिष्ट सरकारले जनताको अभिमत सदुपयोग गर्न नसकेको बतानुभएको छ । पुर्व मन्त्री समेत रहनुभएका थापाले बिहीबार तरुण दल भीरकोटद्वारा आयोजित आमसभालाई सम्बोधन गर्दै सो कुरा बताउनुभएको हो । थापाले कम्युनिष्ट सरकारले जनताको बहुमत थेक्न नसकेको बताउदै सरकारको समृद्धि खोक्रो रहेको आरोप लगाउनुभयो ।
कांगे्रसले सम्मुनत नेपाल चाहेको बताउदै नेता थापाले भन्नुभयो, ‘कम्युनिष्टको रेल आयो मान्छे देखिएन्, सडक देखियो मान्छे देखिएन् । तर कांग्रेसको सम्मुनत नेपालमा हरेक बालबालिकाको सहज पहुँचमा शिक्षा हुनेछ, युवाहरु विदेशिने अवस्था हुँदैन् ।’
ओली सरकारले अहिले सम्म कुनै पनि सम्झीन लायक काम नगरेको भन्दै अवको एक वर्षपछि कांगे्रसको बहुमतीय सरकार बन्ने दावी गर्नुभयो । देशमा ब्याप्त बेरोजगारी, हिंसा, बलात्कार, भ्रष्टाचार जस्ता समस्या समाधानको साटो सरकार संविधान विपरित काम गर्ने र संसदलाई हत्या गर्ने क्रियाकलापमा उद्दत रहेको बताउनुभयो ।
ताजा
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
विजया दशमीकाे शुभकामना
२०८३ कार्तिक ५ गते, बुधबार
आज दशैँकाे टीका
२०८३ कार्तिक ५ गते, बुधबार
मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती
२०८३ कार्तिक ३ गते, सोमबार
न आफन्त रहे, न घरः छैन दसैँको रौनक
२०८३ कार्तिक १ गते, शनिबार
प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना
२०८३ कार्तिक १ गते, शनिबार
वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती
२०८३ आश्विन ३० गते, शुक्रबार
युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन
२०८३ आश्विन २५ गते, आईतवार





















