नारी दिवसका अवसरमा स्वास्थ्यकर्मीलाई सम्मान
स्याङ्जा,२४ फागुन–लियो क्लब अफ वालिङ सिटिले १ सय ११ आंै अन्तराष्ट्रिय नारी दिवसको अवसरमा स्वास्थ्यकर्मीलाई सम्मान गरेको छ । क्लबले नारी दिवसका अवसरमा कोभिढ १९ नियन्त्रण तथा रोकथामका लागि अग्रपंक्तिमा रहेर सेवा गरेको भन्दै स्वास्थ्यकर्मीलाई सम्मान कार्यक्रम गरेको हो ।
सम्मान कार्यक्रममा वालिङ नगरपालिका उपप्रमुख कल्पना तिवारीले कोभिड रोकथामका लागि स्वास्थ्यकर्मीहरुको निकै ठुलो भुमिका रहेको भन्दै यसको कदर गर्दै क्लबले गरेको सम्मान प्रशंसनीय रहेको बताउनुभयो । साथै उहाँले महिला समानता र सम्मानका लागि संविधानमा प्रदत्त हक अधिकारको उचित कार्यान्वयन हुनुपर्ने बताउनुभयो ।
कार्यक्रममा वालिङ नगरपालिका १२ सिर्सेकोट स्वास्थ्य केन्द्रकी अनमी कस्मिता श्रेष्ठ र डुडखोला शहरी स्वास्थ्य केन्द्रकी लक्ष्मी थापालाई सम्मान गरेको क्लबका अध्यक्ष दिक्षान्तप्रताप खांणले जानकारी दिनुभयो ।
कोभिडको महामारीलाई रोक्न स्वास्थ्यकर्मीहरुको योगदान अतुलनिय रहेको भन्दै क्लबले सम्मान कार्यक्रम गरेको अध्यक्ष खांणले बताउनुभयो । सम्मानित द्वोय श्रेष्ठ र थापालाई सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको हो ।
ताजा
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
विजया दशमीकाे शुभकामना
२०८३ कार्तिक ५ गते, बुधबार
आज दशैँकाे टीका
२०८३ कार्तिक ५ गते, बुधबार
मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती
२०८३ कार्तिक ३ गते, सोमबार
न आफन्त रहे, न घरः छैन दसैँको रौनक
२०८३ कार्तिक १ गते, शनिबार
प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना
२०८३ कार्तिक १ गते, शनिबार
वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती
२०८३ आश्विन ३० गते, शुक्रबार
युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन
२०८३ आश्विन २५ गते, आईतवार





















