नारी दिवसका अवसरमा स्वास्थ्यकर्मीलाई सम्मान


स्याङ्जा,२४ फागुन–लियो क्लब अफ वालिङ सिटिले १ सय ११ आंै अन्तराष्ट्रिय नारी दिवसको अवसरमा स्वास्थ्यकर्मीलाई सम्मान गरेको छ । क्लबले नारी दिवसका अवसरमा कोभिढ १९ नियन्त्रण तथा रोकथामका लागि अग्रपंक्तिमा रहेर सेवा गरेको भन्दै स्वास्थ्यकर्मीलाई सम्मान कार्यक्रम गरेको हो ।
सम्मान कार्यक्रममा वालिङ नगरपालिका उपप्रमुख कल्पना तिवारीले कोभिड रोकथामका लागि स्वास्थ्यकर्मीहरुको निकै ठुलो भुमिका रहेको भन्दै यसको कदर गर्दै क्लबले गरेको सम्मान प्रशंसनीय रहेको बताउनुभयो । साथै उहाँले महिला समानता र सम्मानका लागि संविधानमा प्रदत्त हक अधिकारको उचित कार्यान्वयन हुनुपर्ने बताउनुभयो ।
कार्यक्रममा वालिङ नगरपालिका १२ सिर्सेकोट स्वास्थ्य केन्द्रकी अनमी कस्मिता श्रेष्ठ र डुडखोला शहरी स्वास्थ्य केन्द्रकी लक्ष्मी थापालाई सम्मान गरेको क्लबका अध्यक्ष दिक्षान्तप्रताप खांणले जानकारी दिनुभयो ।
कोभिडको महामारीलाई रोक्न स्वास्थ्यकर्मीहरुको योगदान अतुलनिय रहेको भन्दै क्लबले सम्मान कार्यक्रम गरेको अध्यक्ष खांणले बताउनुभयो । सम्मानित द्वोय श्रेष्ठ र थापालाई सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको हो ।

ताजा

३ दिने क्षमता विकास कार्यक्रम सम्पन्न

२०८३ बैशाख १३ गते, आईतवार

३ दिने क्षमता विकास कार्यक्रम सम्पन्न

२०८३ बैशाख १३ गते, आईतवार

गृहमन्त्री सुधन गुरुङद्वारा राजीनामा

२०८३ बैशाख ९ गते, बुधबार

आज मातातीर्थ औँसी

२०८३ बैशाख ४ गते, शुक्रबार

वालिङ एक्स्पाेले यश क्षेत्रकाे पहिचानमा सहयाेग पुर्याउने छ : नगरप्रमुख खाँण

२०८२ चैत्र २६ गते, बिहीबार

पूर्वगृहमन्त्री रमेश लेखक रिहा

२०८२ चैत्र २६ गते, बिहीबार

पूर्वप्रधानमन्त्री ओलीलाई हाजिरी जमानीमा परिवारको जिम्मा लगाइयो

२०८२ चैत्र २६ गते, बिहीबार

लेबनान आक्रमणले युद्धविराम सङ्कटमा

२०८२ चैत्र २६ गते, बिहीबार

सरकारद्वारा अमेरिका–इरान युद्धविराम सम्झौताको स्वागत

२०८२ चैत्र २६ गते, बिहीबार

पोखरा सभागृहचोकमा महिलाको हत्या

२०८२ चैत्र २६ गते, बिहीबार

आज देखि वालिङमा प्रथम ओमकार इभेन्ट एक्स्पाे सुरु

२०८२ चैत्र २६ गते, बिहीबार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal