आलु भित्र्याएर मनाए महिलाहरुले अन्तराष्ट्रिय श्रमिक महिला दिवस


वालिङ,२४ फागुन–वालिङका महिलाहरुले आफ्नै उत्पादन भित्र्याएर १ सय ११ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवस मनाएकाछन् । वालिङ नगरपालिका ८ मा रहेको समाजसुधार बहुउदेश्यीय आमा समूहमा आवद्ध महिलाहरुले सामुहिक रुपमा उत्पादन गरेको आलु भित्र्याएर दिवस मनाएका हुन् ।
बजार क्षेत्रका ७० जना महिलाहरुको समूहले सामुहिक खेती अन्तरगत आलु खेती गरेको समूहकी अध्यक्ष प्रेमकुमारी रेग्मीले बताउनु भयो ।

समुहिक आलु खेतीको लागि दियालो संस्थाले बिउ उपलव्ध गराएको र उत्पादन पनि राम्रो भएकोले आफुहरुलाई उत्साहित बनाएको संस्थाका सचिव इन्दिरा गैह्रेले बताउनु भयो ।
वालिङ उद्योग बाणिज्य संघ महिला उद्यमी समूहकी अध्यक्ष समेत रहनु भएकी कविता भुषालले सामुहिक रुपमा खेती गर्दा निक्कै आनन्द आएको र यो कार्यलाई निरन्तरता दिने बताउनुभयो ।
उत्पादन भएको आलु सदस्यहरुलाई नै बिक्री गरीने र समूहको कोष बृद्धि गरीने अध्यक्ष रेग्मीको भनाइरहेको छ । रेग्मीले भन्नुभयो, “आगामी दिनमा सामुहिक खेतीको लागि अरुको भर पर्नु पर्ने अवस्थाको अन्त्य गर्ने गरी लागि परेका छौंं ।”

वालिङ नगरपालिका र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) को आर्थिक सहयोग तथा दियालो संस्थाको व्यवस्थापनमा वालिङमा सञ्चालित “कोभिड १९ उद्धार र सामाजिक आर्थिक प्रतिकार्य परियोजना” अन्तर्गत सो समूहले ५ रोपनी जग्गा भाडामा लिएर आलु खेती गरेको हो ।

ताजा

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

विजया दशमीकाे शुभकामना

२०८३ कार्तिक ५ गते, बुधबार

आज दशैँकाे टीका

२०८३ कार्तिक ५ गते, बुधबार

मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती

२०८३ कार्तिक ३ गते, सोमबार

न आफन्त रहे, न घरः छैन दसैँको रौनक

२०८३ कार्तिक १ गते, शनिबार

प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना

२०८३ कार्तिक १ गते, शनिबार

वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती

२०८३ आश्विन ३० गते, शुक्रबार

युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन

२०८३ आश्विन २५ गते, आईतवार

बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया

२०८३ आश्विन २५ गते, आईतवार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal