किसान सूचीकरण राष्ट्रिय अभियानको शुभारम्भ, हाम्रा भान्सालाई विषादीरहित बनाउ ः प्रधानमन्त्री ओली


काठमाडौं,२२ फागुन–किसान सूचीकरण राष्ट्रिय अभियानको शुभारम्भ गरिएको छ । शनिबार काठमाडौंमा एक समारोहका बीच प्रधानमन्त्री केपी शर्मा ओलीले किसान सूचीकरण राष्ट्रिय अभियानको शुभारम्भ गर्नुभएको हो ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले तयार पारेको किसान सूचीकरण व्यवस्थापन प्रणालीको शूभारम्भ गर्दै प्रधानमन्त्री ओलीले कृषि क्षेत्र अब आधुनिक क्षेत्रमा प्रवेश गरेको बताउनुभयो । यस प्रणाली मार्फत कुन किसानलाई कस्तो सहयोग गर्नुपर्ने सबै थाहा हुने भन्दै प्रधानमन्त्री ओलीले अब सरकारले व्यवसायिक सीप विकासका लागि जिल्ला जिल्लामा तालिम संचालन गर्नुका साथै कृषिमा आधारित उद्योग खोल्न सहयोग गर्ने बताउनुभयो ।
किसानलाई कृषि पेशाबाट बिस्थापन नभएर ठूलो स्केलमा उत्पादन गर्नका निम्ती प्रोत्साहन गर्नुपर्ने भन्दै प्रधानमन्त्री ओलीले किसानलाई सामुहिक खेती प्रणालीमा संलग्न गराएर उत्पादनमा लगाउनुपर्ने बताउनुभयो । कृषि क्षेत्रमा दिइने अनुदान नगदमा नभएर अनुदान दिँदा भरसक जिम्सी सामग्री खरिद गरेर दिनुपर्ने उहाँको भनाई थियो । ‘अनुदानका विषयमा केही गुनासाहरु रहेका छन् । कृषि क्षेत्रका निम्ती दिइने अनुदानलाई व्यवस्थित गर्न भरसक जिन्सी सामानहरु खरिद गरेर दिने’, प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘व्यक्तिगत भन्दा सामुहिक प्रयासलाई प्रोत्साहन गर्ने । व्यक्तिगत रुपमा दिनुपर्ने भएमा नगद रुपैयाँ नभएर किसानलाई आवश्यक पर्ने सामग्री खरिदमा जोड दिनुपर्छ ।’
हरेकको भान्सालाई अस्पतालको रुपमा विकास गर्न सकेमा स्वस्थ्य नेपाल निर्माण गर्न सकिने भन्दै उहाँले भान्सालाई अस्पताल बनाउनका निम्ती कृषिको ठूलो भूमिका हुने बताउनुभयो । उहाँले भन्नुभयो, ‘हाम्रो भान्सालाई रोग उत्पादन गर्ने थलो होइन अस्पतालको रुपमा विकास गर्न कृषिको ठूलो भूमिका रहन्छ । हामीले कृषिलाई जति बढी अर्गानिक बनाउन सक्यो त्यती बढी हाम्रो भान्सा अस्पताल बनाउन सकिन्छ ।’ हरेकले आफ्नो भान्सालाई विषादीरहित बनाउन सके स्वस्थ्य नेपाल बनाउने अभियानमा थप टेवा पुग्ने उहाँको भनाई थियो ।
कार्यक्रममा बोल्दै कृषि मन्त्री पद्माकुमारी अर्यालले अब सरकारबाट उपलब्ध हुने सेवा सुविधा वास्तविक किसानले पाउने बताउनुभयो । किसानको नाममा राज्यको थुप्रै सम्पत्ति सकिएपनि अब सूचीकरण भएपछि यस्तो समस्या नआउने मन्त्री अर्यालले बताउनुभयो । उहाँले भन्नुभयो, ‘किसानहरूको हक हितका लागि यो प्रणाली तयार पारेका हौँ । अब सबै किसानका गुनासो आजैबाट अन्त्य भयो ।’ यो प्रणाली लागु भएसँगै वितरणमा भएको झमेला, संघ र प्रदेशले गरेका कार्यक्रममा हुने दोहोरोपनाको अन्त्य हुने विश्वास समेत ब्यक्त गर्नुभयो ।
किसानहरुको सबैखाले सूचना प्राप्त गर्नका निम्ती एकीकृत सूचना प्रणाली निर्माण गरिने भन्दै मन्त्री अर्यालले सबै किसानहरुलाई प्रविधिमा पहुँच पु¥याइने बताउनुभयो । कृषिको औद्योगिकीकरणका निम्ती सरकार लागिरहेको भन्दै उहाँले हिजोको कृषि र आजको कृषिमा फरक अनुभूती गर्नेगरी अगाडी बढेको बताउनुभयो । ‘कृषिको औद्योगिकीकरण गर्ने ढंगले हामी अगाडी बढेका छौ । हिजोको कृषि र आजको कृषिमा फरक अनुभूती गर्नेगरी हामी अगाडी बढ्छौ’, मन्त्री अर्यालले भन्नुभयो, ‘कृषिमा यान्त्रिकिकरण गर्नका निम्ती हामीले इजरायल सरकारसँगको सहकार्यमा भर्खरै सम्झौता गरेका छौ ।’
समाजवादसम्म पुग्न सबै किसानलाई उत्पादनसँग जोड्नुपर्ने बताउँदै उहाँले ठूल्ठूला क्षेत्रमा उत्पादन गरेर कृषिमा आत्मनिर्भर हुनेतर्फ अगाडि बढेको बतानुभयो । पाँच वर्षभित्र निर्यातमा कदम चाल्ने बताउदै उहाँले आगामी दुई वर्षमा देशलाई आत्मनिर्भर बनाउने उद्देश्यले काम गरिरहेको बताउनुभयो । किसान सूचीकरणले कृषकको मनोवल बढाउनुको साथै जिम्मेवार बनाउने भन्दै मन्त्री अर्यालले यो कार्यक्रमले कृषिमैत्री वातावरण तयार हुने बताउनुभयो ।
किसान सूचीकरण व्यवस्थापन प्रणाली कार्यक्रम सञ्चालन गर्नका निम्ती युरोपियन युनियनले सहयोग गरेको छ । यस प्रणाली मार्फत किसानका सूचना तथा विवरणहरू एकिकृतरुपमा व्यवस्थापन गरी किसानलाई पहिचान दिलाउन विद्युतीय प्रविधिमा आधारित तथ्याङ्क भण्डारण गर्ने प्रविधिको विकास गरिएको मन्त्रालयले जनाएको छ ।
सातै प्रदेशमा सञ्चालन हुने किसान सूचीकरण प्रणाली सातै प्रदेशका सबै पालिकामार्फत सञ्चालन हुनेछ । कृषि पेसा र व्यवसायमा संलग्न रहेका किसानले सरकारबाट उपलब्ध हुने अनुदान र सहायता प्राप्त गर्नका लागि किसान सूचीकरण संकेत नम्बर अनिवार्य रहेको छ । त्यसका लागि किसान सूचीकरण सफ्टवेयर प्रणालीमा आबद्ध हुनुपर्ने हुन्छ । किसान सूचीकरण प्राप्त गर्न तोकिएका संक्षिप्त विवरणहरू भर्नुपर्ने हुन्छ । किसानहरुले रेजिष्ट्रेशनका लागिfarmer.moald.gov.np/register मा गएर आफ्नो विवरण भर्न सक्नुहुनेछ ।

ताजा

सुन्तलाको राजधानी स्याङ्जामा, सुन्तलाको बोक्राबाट सौन्दर्य सामग्री उत्पादन

२०८३ असार २० गते, शनिबार

सुन्तलाको राजधानी स्याङ्जामा, सुन्तलाको बोक्राबाट सौन्दर्य सामग्री उत्पादन

२०८३ असार २० गते, शनिबार

फेदिखाेला गाउँपालिकालाई राष्ट्रिय सम्मान

२०८३ असार १९ गते, शुक्रबार

भिमादमा जीवन उपयोगी सीप तालिम सम्पन्न

२०८३ असार १९ गते, शुक्रबार

बिरुवा गाउँपालिकालाई राष्ट्रिय सम्मान

२०८३ असार १८ गते, बिहीबार

कास्की जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपन घोषणा

२०८३ असार १८ गते, बिहीबार

व्यापार ब्यावसाय प्रवर्द्धनका लागि मेराे उम्मेदवारी: पराजुली

२०८३ असार १८ गते, बिहीबार

वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न

२०८३ असार १७ गते, बुधबार

वालिङ उद्याेग वाणिज्य संघकाे अध्यक्षमा अनुपमा ढुङ्गाना निर्विराेध निर्वाचित

२०८३ असार १६ गते, मंगलवार

२३ओैँ धान दिवस असार १५ मा कृषक सम्मानित(फाेटाे फिचर)

२०८३ असार १५ गते, सोमबार

मनसुन सक्रिय : भारी वर्षा, बाढी–पहिरोको जोखिम बढेकाले सतर्क रहन प्राधिकरणको आग्रह

२०८३ असार १५ गते, सोमबार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal