भीरकोट नगरपालिका बालमैत्री नगरपालिका घोषणा


कला राना
स्याङ्जा,२२ फागुन– भीरकोट नगरपालिकालाई बालमैत्री नगर घोषणा गरिएको छ । गण्डकी प्रदेशका प्रमुख अमिक शेरचनले शनिबार विशेष समारोहका बीच भीरकोट १ शिशौघारीमा आयोजित कार्यक्रममा नगरलाई बालमैत्रि नगर घोषणा गर्नुभएको हो ।
बालमैत्री नगर घोषणा गर्नुहुँदै प्रमुख शेरचनले बालमैत्री कार्यक्रमले बालबालिकामाथि हुने सबै खाले अन्याय र अत्यचारको अन्त्य हुने बताउनुभयो । प्रमुख शेरचनले भन्नुभयो, ‘बालमैत्री स्थानीय शासन सबै तहमा हुन आवश्यक छ । यसले बालश्रम, बालविवाह जस्ता घटनालाई न्युनिकरण गर्छ ।’ हरेक तह व्यवहारिक रुपमै बालमैत्री हुन आवश्यक रहेको भन्दै प्रमुख शेरचनले बालबालिकाको क्षेत्रमा गरिने लगानीले भविष्यमा उचित प्रतिफल मिल्ने बताउनुभयो ।
प्रमुख शेरचनले भन्नुभयो, ‘बालबालिकाको शिक्षा र स्वास्थ्यको जिम्मा राज्यले लिनुपर्छ । असल र निष्ठावान नागरिक निर्माणका लागि बालबालिकाको क्षेत्रमा लगानी गर्न आवश्यक छ ।’ भीरकोटले बालबालिकाको क्षेत्रमा लगानी गरेको प्रति प्रशंसा गर्दै उहाँले संविधानले निदृष्ठ गरेका बालमैत्री सम्बन्धी विषयवस्तुलाई बालमैत्री घोषणाले कार्यान्वयनमा ल्याएको बताउनुभयो ।
कार्यक्रममा नेपाली कांगे्रस गण्डकी प्रदेशका संसदीय दलका नेता कृष्णचन्द्र नेपाली, प्रदेश सांसद दिपक चर्तीमगर, प्रदेश सांसद मेखलाल श्रेष्ठ, जिल्ला समन्वय उपप्रमुख दिलिपकुमार बगाले, गलकोट नगरपालिकाका मेयर भरत गैह्रे, प्रमुख जिल्ला अधिकारी दिपकराज नेपाल, भीरकोट १ का अध्यक्ष एवं प्रवक्ता दिपेन्द्र केसी, २ का वडा अध्यक्ष कमल त्रिपाठी, बालसंजालका नगर अध्यक्ष सुदिप पौडेल लगायतले बोल्नुभएको थियो । साथै कार्यक्रममा भीरकोटले डिजिटल प्रोफाईल समेत सार्वजानिक गरेको छ ।


कार्यक्रममा नगरप्रमुख छाँयाराम खनालले नगरलाई बालमैत्री नगर घोषणाका लागि गर्भाअवस्थादेखि नै स्वस्थ बालबालिका लक्षित कार्यक्रमहरु गरिएको भन्दै गर्भवतीलाई अण्डा वितरण, नियमित गर्भ जाँच, पुर्ण खोपको सुनिश्चिता गरिएको बताउनुभयो । खनालले भन्नुभयो, ‘हामीले बाल विवाह न्युनिकरण, बालश्रमको अन्त्यका विभिन्न कार्यक्रम कार्यक्रमहरु गरेका थियौँ र हामी आज सफल पनि भएका छौँ । बालमैत्री नगर घोषणा भएको छ ।’
नेपालभरीका नगरपालिकामध्ये भीरकोट ७औँ, गण्डकी प्रदेशमा दोस्रो र स्याङ्जामा पहिलो बालमैत्री नगर घोषित भएको हो । ंबालमैत्री नगर घोषणाका लागि भीरकोटले २०७५ साल पौष ९ गतेदेखि नै बालमैत्री स्थानीय शासन अवलम्बन गरी वडा तथा नगरमा बालमैत्री स्थानीय शासन अवधारणालाई सुनिश्चित गर्दै बालमैत्री स्थानीय शासन राष्ट्रिय रणनितिमा आधारित भई आवधिक वार्शिक योजना शुरु गरेको थियो ।
गतवर्षको चैत्रमै बालमैत्री घोषणाको तयारीमा रहेपछि कोभिडका कारण घोषणा हुन सकेको थिएन् । घोषणाका ३९ सूचकहरु पुरा गरी बालमैत्रि नगर घोषणा गरिएको हो । ३९ सूचक मध्ये २० ओटा १०० प्रतिशत र १९ ओटा ९९.६७ प्रतिशत नतिजा हाँसिल गरेको छ । त्यस्तै बालबालिकाको स्थितिपत्र समेत प्रकाशन गरिएको छ ।

बालबचाउ, बालसंरक्षण, बालविकास र बालसहभागिता जस्ता बाल अधिकारका सवाललाई स्थानीय तहको नीति, संरचना, प्रणाली, कार्यप्रक्रिया र व्यवहारमा संस्थागत गर्ने शासकीय पद्धति नै बालमैत्रि स्थानीय शासन हो । बालबालिका भन्नाले १८ वर्ष भन्दा कम उमेतर समुहकालाई बुझिन्छ ।
कार्यक्रमा यसअघि गरिएका अतिरिक्त क्रियाकलापहरुमा प्रथम, द्धितिय, तृतिय र शान्त्वना हुने विद्यालय तथा विद्यार्थीहरुलाई पुरस्कार समेत वितरण गरिएको थियो भने विभिन्न विद्यालयका बालबालिकाहरुले नृत्य, गितलगायत आफ्ना प्रतिभाहरु समेत प्रस्तुत गरेका थिए । कार्यक्रममा अभिभाभावक, विद्यार्थी, शिक्षक शिक्षीकाहरुको विशेष उपस्थिति थियो । नगरप्रमुख खनालको स्वागत र प्रमुख प्रशासकिय अधिकउत खुमलाल भुषालको सञ्चालनमा सम्पन्न भएको थियो ।

ताजा

३ दिने क्षमता विकास कार्यक्रम सम्पन्न

२०८३ बैशाख १३ गते, आईतवार

३ दिने क्षमता विकास कार्यक्रम सम्पन्न

२०८३ बैशाख १३ गते, आईतवार

गृहमन्त्री सुधन गुरुङद्वारा राजीनामा

२०८३ बैशाख ९ गते, बुधबार

आज मातातीर्थ औँसी

२०८३ बैशाख ४ गते, शुक्रबार

वालिङ एक्स्पाेले यश क्षेत्रकाे पहिचानमा सहयाेग पुर्याउने छ : नगरप्रमुख खाँण

२०८२ चैत्र २६ गते, बिहीबार

पूर्वगृहमन्त्री रमेश लेखक रिहा

२०८२ चैत्र २६ गते, बिहीबार

पूर्वप्रधानमन्त्री ओलीलाई हाजिरी जमानीमा परिवारको जिम्मा लगाइयो

२०८२ चैत्र २६ गते, बिहीबार

लेबनान आक्रमणले युद्धविराम सङ्कटमा

२०८२ चैत्र २६ गते, बिहीबार

सरकारद्वारा अमेरिका–इरान युद्धविराम सम्झौताको स्वागत

२०८२ चैत्र २६ गते, बिहीबार

पोखरा सभागृहचोकमा महिलाको हत्या

२०८२ चैत्र २६ गते, बिहीबार

आज देखि वालिङमा प्रथम ओमकार इभेन्ट एक्स्पाे सुरु

२०८२ चैत्र २६ गते, बिहीबार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal