विप्लवको प्रशंसा गर्दै ओलीले भन्नुभयो– साहसिक काम गर्नुभयो, बधाई छ
काठमाडौं,२१ फागुन–प्रधानमन्त्री केपी शर्मा ओलीले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी शान्तिपूर्ण राजनीतिमा आउनु ऐतिहासिक काम भएको बताउनुभएको छ । उहाँले नेपाल ‘अन्तिम किस्तामा’ शान्तिपूर्ण युगमा प्रवेश गरेको घोषणा गर्नुभयो ।
विप्लव समूहसँग सरकारले गरेको तीन बुँदे सम्झौतामा हस्ताक्षरपछि बोल्दै प्रधानमन्त्री ओलीले यस्तो घोषणा गर्नुभएको हो । उहाँले भन्नुभयो, ‘ऐतिहासिक काम भएको छ । अब नेपालमा हिंसात्मक द्वन्द्व छैन । नेपालमा हिंसात्मक आन्दोलनको कार्यदिशा कसैले पनि अवलम्बन गरिरहेको छैन । अर्थात् नेपाल शान्तिपूर्ण देश हो र यहाँ शान्ति छ ।’ केही दिनअघि संयुक्त राष्ट्रसंघको मूल्यांकनमा नेपाल शान्तिको प्यारामिटरमा अगाडि देखिएको सन्दर्भ उहाँले प्रस्तुत गर्नुभयो ।
‘राष्ट्रसंघको शान्ति प्यारामिटरमा नेपाल शान्तिको मापदण्डमा अमेरिका, भारत, पाकिस्तानजस्ता देशहरुभन्दा धेरै अगाडि थियो । झन् भरे बेलुका राष्ट्रसंघले मूल्यांकन गर्यो भने के भन्ला ?’ कार्यक्रममा ओलीले विप्लवको प्रशंसा गर्दै साहसिक कदम चालेको बताउनुभयो । ‘म विप्लवजीलाई बधाई दिन चाहन्छु, उहाँले साहसिक कदम चाल्नुभएको छ । एउटा बाटोमा हिँडिरहँदा कार्यकर्तालाई मोड्न गाह्रै हुन्छ । उहाँले सफलतापूर्वक गर्नुभयो । यो फोर्सल्यान्डिङ होइन, क्रयासल्यान्डिङ होइन, सेफल्यान्डिङ हो ।’
प्रधानमन्त्री ओलीले १०÷१२ वर्ष अगाडि नै विप्लवसँग भेटेर आफूले लामो छलफल गरेको खुलासा समेत गर्नुभयो ।
‘हामीबीच त्यो बेला एक÷डेढ घण्टा गहन छलफल भएको थियो । हामीबीच विश्वासको बीउ रोपिएको त्यही छलफलबाट हो,’ ओलीले भन्नुभयो ।
सम्वोधनको शुरूआतमा नै ओलीले भर्खरै जेलबाट छुटेर आएका विप्लव समूहका नेता धमेन्द्रलाई बधाई दिनुभएको थियो । ठट्टा गर्दै ओलीले भन्नुभयो, ‘धमेन्द्र जीलाई बधाई छ, यति छिट्टै जेलबाट निस्कन पाए पो । आफू त १४ वर्ष‘….’ स्रोत नेपाल प्रेस
ताजा
सुन्तलाको राजधानी स्याङ्जामा, सुन्तलाको बोक्राबाट सौन्दर्य सामग्री उत्पादन
२०८३ असार २० गते, शनिबार
सुन्तलाको राजधानी स्याङ्जामा, सुन्तलाको बोक्राबाट सौन्दर्य सामग्री उत्पादन
२०८३ असार २० गते, शनिबार
फेदिखाेला गाउँपालिकालाई राष्ट्रिय सम्मान
२०८३ असार १९ गते, शुक्रबार
भिमादमा जीवन उपयोगी सीप तालिम सम्पन्न
२०८३ असार १९ गते, शुक्रबार
बिरुवा गाउँपालिकालाई राष्ट्रिय सम्मान
२०८३ असार १८ गते, बिहीबार
कास्की जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपन घोषणा
२०८३ असार १८ गते, बिहीबार
व्यापार ब्यावसाय प्रवर्द्धनका लागि मेराे उम्मेदवारी: पराजुली
२०८३ असार १८ गते, बिहीबार
वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न
२०८३ असार १७ गते, बुधबार
वालिङ उद्याेग वाणिज्य संघकाे अध्यक्षमा अनुपमा ढुङ्गाना निर्विराेध निर्वाचित
२०८३ असार १६ गते, मंगलवार
२३ओैँ धान दिवस असार १५ मा कृषक सम्मानित(फाेटाे फिचर)
२०८३ असार १५ गते, सोमबार





















