प्रविधिको प्रयोग गरी सहज सेवा दिन्छौं ः नगर प्रमुख खाँण

वालिङ,२० फागुन–वालिङ नगरपालिकाका प्रमुख दिलीपप्रताप खाँणले सूचना प्रविधिको उच्चतम प्रयोग गरी नागरिकलाई छिटो छरितो र सहज सेवा दिने बताउनुभएको छ । नगरपालिकाका कर्मचारीहरुकालागि आईसिटी सम्बन्धी दुई दिने अभिमुखीकरण कार्यक्रमको उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख खाँणले सूचना प्रविधिका क्षेत्रमा आएका नयाँ–नयाँ प्रविधिहरुको प्रयोग गर्दै नगरवासीलाई सेवा दिने गरी काम अगाडि बढाईएको बताउनुभएको हो ।
“स्मार्ट सिटीको अवधारणामा वालिङ अगाडि बढीसकेको छ, उक्त लक्ष्य प्राप्तिका लागि जनप्रतिनिधि, कर्मचारी र नागरिकहरु एकजुट हुनुको विकल्प छैन” नगर प्रमुख खाँणले भन्नुभयो, “लक्ष्य प्राप्तिका लागि हामीले प्रदान गर्ने सेवाहरु पनि प्रविधिमैत्री हुनु आवश्यक छ ।”
नगरपालिकाले निर्माण गरेका एप्लिकेशनहरुको प्रयोग गर्ने तरिकाकाबारेमा अब नगरभित्रका माध्यमिक तहका विद्यालयहरुका विद्यार्थीहरुलाई सिकाउनुकासाथै वडा÷वडामा स्मार्ट क्लबहरु खोल्ने र आवश्यक तालीम दिएर घर÷घरमा प्रयोग गर्ने तरिकाकाबारेमा सिकाईने तयारी भईरहेको नगर प्रमुख खाँणले बताउनुभयो ।

गाउँ गाउँमा एप्लिकेशन चलाउन जानेकाहरुले नजानेकाहरुलाई सिकाउँदै जाने र ७० प्रतिशतभन्दा धेरै नागरिकहरुले घरमै बसेर सेवा लिन सक्ने अवस्थामा पुगेपछि विस्तारै कागजी प्रक्रियाहरु बन्द गरी अनलाइन सर्भिसलाई जोड दिंदै जाने नगरप्रमुख खाँणको भनाइरहेको छ ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत राजन भट्टराईले नगरको विकाससँगसँगै सेवाग्राहीलाई छिटो छरितो र सहज ढंगले सेवा उपलब्ध गराउन कर्मचारीहरुलाई निर्देशन दिनुभयो ।
जनप्रतिनिधिले विभिन्न योजनाहरु बनाउने र त्यसको कार्यान्वयनको पक्ष कर्मचारीको भएको हुँदा कर्मचारीहरु जिम्मेवारीपूर्वक कार्य सम्पादन लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
दुईदिनसम्म चल्ने अभिमुखीकरण कार्यक्रममा विशेष गरी ई–हाजिरी र अनलाईनबाट कर भुक्तानी गर्ने लगायतका विषयमा प्रयोगात्मक कक्षा सञ्चालन हुने सूचना तथा प्रविधि शाखाका प्रमुख प्रकाश अर्यालले बताउनुभयो ।

ताजा

चापाकाेट नगरपालिका एकका वडा अध्यक्ष वाेस्तीलाई माेविल छ्यापेकाे आराेपमा वडा सदस्य सन्ताेष थापा पक्राउ

२०८३ भाद्र १७ गते, बुधबार

चापाकाेट नगरपालिका एकका वडा अध्यक्ष वाेस्तीलाई माेविल छ्यापेकाे आराेपमा वडा सदस्य सन्ताेष थापा पक्राउ

२०८३ भाद्र १७ गते, बुधबार

आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात

२०८३ भाद्र १५ गते, सोमबार

सुरुङभित्र खोजी तीव्र, वैकल्पिक मार्ग खोलिँदै

२०८३ भाद्र १५ गते, सोमबार

‘हिमाली सुनामी’ नामकरण गर्न विज्ञको सुझाव

२०८३ भाद्र १५ गते, सोमबार

एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम

२०८३ भाद्र १३ गते, शनिबार

भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो

२०८३ भाद्र १३ गते, शनिबार

आज जनैपूर्णिमा पर्व मनाइँदै

२०८३ भाद्र १२ गते, शुक्रबार

सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”

२०८३ भाद्र ११ गते, बिहीबार

भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय

२०८३ भाद्र ११ गते, बिहीबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal