गल्याङ नगरपालिकाले किसानलाई दियो ६ लाख अनुदान

गल्याङ,१६ फागुन–गल्याङ नगरपालिका २ बटुवामा रहेको जनकल्याण दुग्ध संकलन केन्द्रका किसानलाई ६ लाख रुपैयाँ बढि अनुदान वितरण गरिएको छ ।
प्रति लिटरमा १५ रुपैयाँ अनुदान दिने नगरपालिकाको नीति अनुसार बटुवामा रहेको जनकल्याण दुग्ध संकलन केन्द्रका किसानलाई शनिबार ६ लाख ६ हजार ३ सय ६९ रुपैयाँ वितरण गरिएको हो ।
गल्याङमा रहेका १८ वटा दुग्ध संकलन केन्द्र मध्ये पछिल्लो चौमासिकमा वितरण गरिएको यो रकम सबैभन्दा धेरै हो ।
यस केन्द्रबाट सबैभन्दा धेरै रनमाया गुरुङले ८५ हजार ३ सय २० रुपैयाँ अनुदान मार्फत पाउनुभएको छ ।
केन्द्रबाट ५१ जना कृषकले अनुदान पाउँदा निलम सारु थापाले ८४ हजार १ सय ८० रुपैयाँ पाएर दोश्रो धेरै अनुदान पाउने कृषक बन्नुभएको छ ।
नेपाल सरकारको दुग्ध विकास संस्थानले तोकेको मुल्यमा किसानले दुध विक्री गरेपछि नगरपालिकाले थप १५ रुपैयाँ अनुदान दिदै आएको छ ।
अनुदान वितरण कार्यक्रममा नगरपालिका प्रमुख भुपराज अधिकारीले उत्पादनको आधारमा किसानलाई अनुदान वितरण प्रक्रिया अत्यन्तै सफल बन्दै गरेको बताउनुभयो ।
उहाँले गल्याङ नगरपालिकालाई सेतो शहरको रुपमा विकास गर्नका लागि यो अभियानले सकारात्मक भूमिका खेलिरहेको बताउनुभयो ।
नगरप्रमुख अधिकारीले अझै बढि उत्पादन गरी अझै बढि अनुदान लिने अवस्थाको सिर्जना गर्न किसानहरुलाई आग्रह गर्नुभयो ।
नगरप्रमुख अधिकारीले भन्नुभयो, ‘लिटरमा १५ रुपैयाँ अनुदानबाट चौमासिकमा एक जना किसानल १ लाख रुपैँया लिन पाउनुभयो भने मलाई सन्तुष्टी मिल्नेछ ।’
किसानले जति धेरै अनुदान पायो, आफु त्यति धेरै सफल हुने भन्दै उहाँले पछिल्लो समय किसानले दिएको साथबाट आफु उत्साहित भएको बताउनुभयो ।
कार्यक्रममा गल्याङ नगरपालिका पशुसेवा शाखा प्रमुख सुशिल अर्यालले पछिल्लो समय गल्याङमा दुध उत्पादनमा कृषकहरु उत्साहजनक ढंगले लागिरहेको भन्दै शाखाको तर्फबाट सबै सहयोग गर्न तयार रहेको बताउनुभयो ।
संस्थाका अध्यक्ष भीम भण्डारीले जनकल्याण दुग्ध संकलन केन्द्रलाई सहकारीमा रुपान्तरण गरिएको जानकारी दिनुभयो ।

ताजा

चापाकाेट नगरपालिका एकका वडा अध्यक्ष वाेस्तीलाई माेविल छ्यापेकाे आराेपमा वडा सदस्य सन्ताेष थापा पक्राउ

२०८३ भाद्र १७ गते, बुधबार

चापाकाेट नगरपालिका एकका वडा अध्यक्ष वाेस्तीलाई माेविल छ्यापेकाे आराेपमा वडा सदस्य सन्ताेष थापा पक्राउ

२०८३ भाद्र १७ गते, बुधबार

आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात

२०८३ भाद्र १५ गते, सोमबार

सुरुङभित्र खोजी तीव्र, वैकल्पिक मार्ग खोलिँदै

२०८३ भाद्र १५ गते, सोमबार

‘हिमाली सुनामी’ नामकरण गर्न विज्ञको सुझाव

२०८३ भाद्र १५ गते, सोमबार

एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम

२०८३ भाद्र १३ गते, शनिबार

भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो

२०८३ भाद्र १३ गते, शनिबार

आज जनैपूर्णिमा पर्व मनाइँदै

२०८३ भाद्र १२ गते, शुक्रबार

सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”

२०८३ भाद्र ११ गते, बिहीबार

भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय

२०८३ भाद्र ११ गते, बिहीबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal