बाङसिङमा स्वास्थ्य चौकी भवनको शिलान्यास

स्याङ्जा,५ फागुन–आँधीखोला गाउँपालिका ४ बाङसिङमा सुबिधासम्पन्न स्वास्थ्य चौकी भवनको शिलान्यास गरिएको छ । आँधीखोला गाउँपालिका अध्यक्ष सुधिर कुमार पौडेलले बुधबार एक कार्यक्रमका विच स्वास्थ्य चौकी भवनको शिलान्यास गर्नुभएको हो । लामो समयको प्रतीक्षापछि वडामा स्वास्थ्य चौकी भवन निर्माणको शिलान्यास भएपछि स्थानीय बासिमा खुसी छाएको छ ।

भवन शिलान्यासका बोल्दै गाउँपालिकाका अध्यक्ष पौडेलले भन्नुभयो, ‘जनताका आधारभूत आवश्यकता अन्तरगतको स्वास्थ्य क्षेत्रमा हज तरिकाले सेवासुविधा दिनुपर्छ भनेर गाउँपालिका लागि परेको छ । हामी यो सेवा प्रदान गर्नको लागि कुनै कसर बाकी राख्दैनौ । ’
अहिले वडामा जनसक्ति भएपनि भौतिक पूर्वाधार र उपकरण नुहुँदा स्थानीय बासिन्दा स्वास्थ्यमा समस्या देखिना साथ जिल्ला सदरमुकामका साथै पोखरा जानुपर्ने बाध्यता छ, यो छिट्टै हटेर अब आफ्नै ठाउँमा सेवा लिन पाईने गाउँपालिका अध्यक्ष पौडेलले बताउनुभयो ।

भवन निर्माणका लागि रु १ करोड ५७ लाखमा सुन्दर निर्माण सेवा देउराली ४ कास्कीले निर्माण कार्यको जिम्मा लिएको गाउँपालिका कार्यालयले जनाएको छ । निर्माण कम्पनीसँग २०७७ माघमा सम्झौता भएको र यसै आर्थिक वर्षको अन्त्य सम्म पूर्ण रूपमा सम्पन्न हुने गाउँपालिकाका इन्जिनियर प्रकाश पौडेलले बताउनुभयो ।

ताजा

आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात

२०८३ भाद्र १५ गते, सोमबार

आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात

२०८३ भाद्र १५ गते, सोमबार

सुरुङभित्र खोजी तीव्र, वैकल्पिक मार्ग खोलिँदै

२०८३ भाद्र १५ गते, सोमबार

‘हिमाली सुनामी’ नामकरण गर्न विज्ञको सुझाव

२०८३ भाद्र १५ गते, सोमबार

एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम

२०८३ भाद्र १३ गते, शनिबार

भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो

२०८३ भाद्र १३ गते, शनिबार

आज जनैपूर्णिमा पर्व मनाइँदै

२०८३ भाद्र १२ गते, शुक्रबार

सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”

२०८३ भाद्र ११ गते, बिहीबार

भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय

२०८३ भाद्र ११ गते, बिहीबार

बाढीपीडित घाइतेको नेपाल मेडिकल कलेजले निःशुल्क उपचार गर्ने

२०८३ भाद्र ११ गते, बिहीबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal