घुर्पालमा काजक्रिया भवनको उद्घाटन


वालिङ,२ फागुन–वालिङ नगरपालिका वडा नम्बर ९ मा निमार्ण गरिएको काजक्रिया भवनको उद्घाटन गरिएको छ । पेन्सन क्याम्परोड आमा समूहद्वारा वालिङ ९ घुर्पालमा निर्माण गरिएको काजक्रिया भवनको वालिङ नगरपालिकाका प्रमुख दिलिपप्रताप खाँणले एक कार्यक्रमका विच उद्घाटन गर्नुभएको हो । उद्घाटन कार्यक्रममा बोल्दै नगरप्रमुख खाँणले सहरिकरणको बढ्दो अवस्थामा यस प्रकारका भवनहरुको अति आवश्यक पर्ने भएकोले संस्कार जोगाउनको लागि पनि यो कार्य निकै महत्वपूर्ण हुने बताउनुभो । नगरपालिकाले यस प्रकारका सामाजिक कार्यहरुको लागि सक्दो सहयोग गर्ने बताउनुभयो । कार्यक्रममा वडा नम्बर १० का अध्यक्ष अनन्तराज गैह्रेले महिला दिदीबहिनीहरुले महत्वपूर्ण काम गरेको भन्दै समाजको विकासको लागि सबै एक भएर लाग्दा हरेक काम गर्न सकिने बताउनुभयो । कार्यक्रममा सुरेश गैह्रेले शुभकामना मन्तव्य राख्नुभएको थियो भने कार्यक्रम श्यामला काफ्लेको अध्यक्षता र सीता डुम्रेको सञ्चालनमा सम्पन्न भएको थियो । भवन निर्मामा रु ६ लाख रुपैँया खर्च भएको सीता डुम्रेले जानकारी दिनुभयो ।
मसाजमा मृत्यु भइसकेपछि मृतकका परिवार एवं आफन्तजनलाई काजक्रिया गर्ने क्रममा सहयोग पुगोस भन्ने उद्देश्यले काजक्रिया भवनको निर्माण गरिएको आमा समूहले जनाएको छ ।

ताजा

आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात

२०८३ भाद्र १५ गते, सोमबार

आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात

२०८३ भाद्र १५ गते, सोमबार

सुरुङभित्र खोजी तीव्र, वैकल्पिक मार्ग खोलिँदै

२०८३ भाद्र १५ गते, सोमबार

‘हिमाली सुनामी’ नामकरण गर्न विज्ञको सुझाव

२०८३ भाद्र १५ गते, सोमबार

एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम

२०८३ भाद्र १३ गते, शनिबार

भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो

२०८३ भाद्र १३ गते, शनिबार

आज जनैपूर्णिमा पर्व मनाइँदै

२०८३ भाद्र १२ गते, शुक्रबार

सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”

२०८३ भाद्र ११ गते, बिहीबार

भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय

२०८३ भाद्र ११ गते, बिहीबार

बाढीपीडित घाइतेको नेपाल मेडिकल कलेजले निःशुल्क उपचार गर्ने

२०८३ भाद्र ११ गते, बिहीबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal