अदालत र आयोगलाई प्रचण्डको चेतावनी– केपीले भनेको गर्नुभयो भने तपाईंको खुट्टी पनि देख्छ नेपालले
काठमाडौं,२८ माघ– नेपाल कम्युनिष्ट पार्टी (प्रचण्ड–माधव पक्ष)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चेतावनीपूर्ण भाषामा सर्वोच्च अदालत र निर्वाचन आयोगलाई जनताको भावनामाथि खेलाची नगर्न चेतावनी दिनुभएको छ ।
बुधबार राजधानीमा आयोजित विरोध सभालाई सम्बोधन गर्ने क्रममा उहाँले प्रधानमन्त्री केपी ओलीले निर्वाचन आयोगलाई धम्की दिएको भन्दै त्यसलाई नमान्न पनि चेतावनी दिनुभयो ।
‘केपीले निर्वाचन आयोगमा गएर तीस दिन कट्यो भनेर काइते कुरा गरेछन’ प्रचण्डको भनाइ छ, ‘हाम्रा संवैधानिक निकायहरुले राम्रोसँग बुझुन् केपीको डर, धाक, धम्की । मैले आज मात्रै सुनें, निर्वाचन आयोगमा गएर खबरदार यो तीस दिन कट्यो। काइते कुरा ।’
प्रचण्डले आफूहरूसँग भएको ७० प्रतिशतको हिसाब नगरी ओलीले भनेको गरे देशले त्यसलाई देख्ने समेत चेतावनी दिनुभयो । ‘७० प्रतिशत केन्द्रीय सदस्य एकातिर हुँदाहुँदै हामीले शुरुमै गएर भनेको हो नि केन्द्रीय समिति’ प्रचण्डको भनाइ छ, ‘हामी हो पार्टी । तीस दिन के दश दिन पनि पुगेको थिएन हामी जाँदा । अनि त्यसलाई हिसाब नगर्ने ?’
केपी ओलीले गएर धम्क्याउने बित्तिकै त्यसैलाई हिसाब गर्नुभयो भने तपाईंको खुट्टी पनि देख्छ नेपालले । सजिलो नठान्नुहोला । कसैले सजिलो नठाने हुन्छ । नेपाली जनतालाई हेप्ने गल्ती कसैले नगरे हुन्छ ।’
संवैधानिक नियकायमा पुगेकाहरूले खेलाची गरे देश र जनताले दुःख पाउने प्रचण्डको चेतावनी थियो । ‘खेलाची कसैले नठाने हुन्छ’ प्रचण्डले भन्नुभयो, ‘संवैधानिक नियकायमा पुगेका मान्छेले खेलाची गरे भने देश र जनताले दुःख पाउँछन् । देश र जनतालाई दुःख पाउने काम कसैले गर्नुहुँदैन ।’
प्रचण्डले सर्वोच्च अदालतप्रति पनि टिप्पणी गर्दै । ‘कतिपयले अदालतको अपमान भयो भन्छन्’ उहाँको भनाइ छ, ‘मैले अदालको कहिल्यै पनि अपमान गरेको छैन । मैले भरोसा पनि गरेको छु । मैले भनेको छु, छिटो गर्देउ भनेको छु बरु । गर्ने त्यही हो, छिटो गर । निर्वाचन आयोग पनि खुट्टा नकमाउ । काइते कुराको पछि नलाग मात्रै भन्या न हो हामीले ।’
आजको सभामा जनताको उपस्थिति पनि सर्वोच्च अदातका न्यायाधीशले देखेको आफूले ठानेको भन्दै प्रचण्डले संविधानको अक्षर र भावना विपरीत गरियो भने त्यो दुर्भाग्यपूर्ण हुने टिप्पणी गर्नुभयो ।
‘मलाई लाग्छ, यो लाखौंको उपस्थिति सर्वोच्च अदालतका न्यायाधीशले पनि देख्नुभएको छ, आज राम्रोसँग’ उहाँको भनाइ छ, ‘जनताले के चाहेका छन्, जनभावना के छ ? मलाई लाग्छ, सर्वोच्च अदालतका सबै न्यायाधीशहरूले यो जनभावनालाई हेर्नुभएको छ र अब छिटै ढिलो नगरी संविधान र लोकतन्त्रको पक्षमा फैसला दिनुहुनेछ भनेर म विश्वास व्यक्त गर्न चाहन्छु ।’
मैले शुरुदेखि भन्दै आएको छु, यदि संविधानको अक्षर र भावना विपरीत, नेपाली जनताको चाहना र आकांक्षा विपरीत केही काम गरियो भने त्यो दुर्भाग्यपूर्ण हुनेछ । त्यो नेपाली जनतालाई सह्य हुने छैन । जनताको यो शान्तिपूर्ण आन्दोलन विद्रोहमा गयो भने के हुन्छ ? प्रत्येकले विचार गर्न जरुरी छ ।’
जीवित मान्छे हाम्रा भगवान हुन्
प्रचण्डले आफ्नो सम्बोधनका क्रममा धर्मको प्रसंग पनि उप्काउदै उहाँले जीवित मान्छे नै भगवान भएको र अहिले आफूहरु जनताको शरणमा परेको बताउनुभो । ‘जीवित मान्छे हाम्रा भगवान हुन्’ प्रचण्डले भने, ‘तपाईंको शरणमा हामी छौं । सबै धर्मका आस्थावान जनताप्रति हाम्रो सम्मान छ।’
प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो निर्वाचन क्षेत्रमा गएर राममन्दिरका पक्षमा बोल्न चुनौती दिएको भन्दै उहाँले त्यो प्रमाणित गरेर देखाए आफू खुसी हुने समेत बताउनुभयो ।
‘तपाईं साँच्चै अनुसन्धान गरेर प्रमाणित गर्नुहोस् मभन्दा खुसी कोही पनि हुँदैन’ प्रचण्डले भन्नुभयो, ‘तर, तपाईं जस्तो ठग, तपाईंको नाटक । तपाईंको नाटक मैले यो तीन वर्षमा चिनें । पुरातात्विक अनुसन्धान गर्नेतिर एक सिन्को पनि भाँचिएको छैन, तर प्रचण्डलाई चुनौती दिने ?’
अन्तर्राष्ट्रिय समुदायलाई अपील
सम्बोधनकाक्रममा प्रचण्डले आफूहरुका पक्षमा समर्थन जनाउन अन्तर्राष्ट्रिय समुदायलाई अपील पनि गर्नुभएको छ । प्रचण्डको विशेष जोड दक्षिणी छिमेकी भारतप्रति थियो।
‘म अन्तर्राष्ट्रिय हाम्रा मित्र देशहरु, खासगरी हाम्रा छिमेकी, संसारकै ठूलो लोकतन्त्र भन्ने छिमेकीहरूलाई भन्न चाहन्छु’ प्रचण्डले भन्नुभयो, ‘लोकतन्त्रको नेपालमा हत्या भइराखेको छ । यो लोकतन्त्रको हत्या भएका बेलामा हामी सबै संसारभरिका लोकतान्त्रिक मूल्यमान्यतालाई समर्थन गर्नेहरुबाट सहयोग र सद्भाव चाहेका छौं । दायाँ–बायाँ हुने छैन भन्ने भरोसामा छौं हामी ।’
स्रोत नेपाल प्रेस
ताजा
सुन्तलाको राजधानी स्याङ्जामा, सुन्तलाको बोक्राबाट सौन्दर्य सामग्री उत्पादन
२०८३ असार २० गते, शनिबार
सुन्तलाको राजधानी स्याङ्जामा, सुन्तलाको बोक्राबाट सौन्दर्य सामग्री उत्पादन
२०८३ असार २० गते, शनिबार
फेदिखाेला गाउँपालिकालाई राष्ट्रिय सम्मान
२०८३ असार १९ गते, शुक्रबार
भिमादमा जीवन उपयोगी सीप तालिम सम्पन्न
२०८३ असार १९ गते, शुक्रबार
बिरुवा गाउँपालिकालाई राष्ट्रिय सम्मान
२०८३ असार १८ गते, बिहीबार
कास्की जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपन घोषणा
२०८३ असार १८ गते, बिहीबार
व्यापार ब्यावसाय प्रवर्द्धनका लागि मेराे उम्मेदवारी: पराजुली
२०८३ असार १८ गते, बिहीबार
वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न
२०८३ असार १७ गते, बुधबार
वालिङ उद्याेग वाणिज्य संघकाे अध्यक्षमा अनुपमा ढुङ्गाना निर्विराेध निर्वाचित
२०८३ असार १६ गते, मंगलवार
२३ओैँ धान दिवस असार १५ मा कृषक सम्मानित(फाेटाे फिचर)
२०८३ असार १५ गते, सोमबार





















