जन्मदिनको अवसरमा अर्यालद्वारा जेष्ठ नागरिकलाई सहयोग
गल्याङ, २८ माघ– जन्मदिनको अवसरमा गरिने खर्च कटाएर गल्याङ नगरपालिका पशु सेवा शाखा प्रमुख सुशिल अर्यालले जेष्ठ नागरिकलाई सहयोग गर्नुभएको छ । गल्याङ नगरपालिका १ राम्दीमा रहेको शिपार्वती बृद्धा आश्रममा बस्दै आएका जेष्ठ नागरिकहरुलाई अर्यालले एक दिनको भोजनको लागि रु ६ हजार ५ सय रुपैँया हस्तान्तरण गर्नुभएको हो ।
आफ्नो ४५ औं जन्मदिनको अवसरमा जेष्ठ नागरिकहरुलाई सहयोग गर्न पाउँदा निकै खुशी लागेको अर्यालले बताउनुभयो । उहाँले जन्मदिनको अवसरमा पार्टी गर्ने लगायतका फजुल खर्च गर्ने कार्यलाई निरुत्साहित गर्नका लागि आफुले सानो सहयोग गरेको बताउनुभयो ।
अर्यालले भन्नुभयो, ‘जेष्ठ नागरिक सबैको प्रेरणाको श्रोत हुनुहुन्छ, त्यसैले सानो सहयोग गरेको मात्रै हो । सहयोग गर्न पाउँदा मनमा सन्तुष्टि मिलेको छ ।’ जेष्ठ नागरिकलाई सबैले आफ्नो क्षमता अनुसार सहयोग गर्नु पर्ने अर्यालले बताउनुभयो ।
आश्रमका व्यवस्थापक सुनिल श्रेष्ठले सरदरमा दैनिक एक जनाका दरले भोजन गराउनेहरु आउने गरेको बताउनुभयो । आश्रममा अहिले १६ जना जेष्ठ नागरिक बस्दै आएकाछन् ।
वालिङ हस्पिटलको सूचना

ताजा
मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती
२०८३ कार्तिक ३ गते, सोमबार
मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती
२०८३ कार्तिक ३ गते, सोमबार
न आफन्त रहे, न घरः छैन दसैँको रौनक
२०८३ कार्तिक १ गते, शनिबार
प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना
२०८३ कार्तिक १ गते, शनिबार
वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती
२०८३ आश्विन ३० गते, शुक्रबार
युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन
२०८३ आश्विन २५ गते, आईतवार
बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकी बाढीले घर सहित बेलिब्रज बगायाे
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकी नदीमा बाढी तटिय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
२०८३ आश्विन २५ गते, आईतवार





















