पोखराबाट भ्रमण आएको बस आँधीखोलामा दुर्घटना ६ घाईते


स्याङ्जा,२५ माघ–भ्रमण आएको बस आँधीखोला गाउँपालिका ६ निबुवाबोट स्थित सेतीदोभान पंचमुल भित्री सडक खण्डमा दुर्घटना हुदा ६ जना घाईते भएकाछन् ।
पोखराबाट ग्रामीण पर्यटकीय गाउँ स्याङ्जाको सिरुवारी गएर फर्किने क्रममा शनिबार ना ख ७०३४ नम्बरको बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । बस सडकमै पल्टिदा बसमा सवार ६ जना घाईते भएको र घाईतेहरुको पोखरामा उपचार भईरहेको प्रहरीले जनाएको छ । घाईते हुनेहरुमा पोखरा महानगरपालिका १७ विरौटा बस्ने ४५वर्षीया सीता देवि आचार्य, सोही ठाउँकी ३९ वर्षीया समिता अधिकारी, ४८ वर्षीया शान्त कुमारी सुवेदी, ४५ वर्षीया सीता आचार्य, ५० वर्षीया चीनमाया लामिछाने र २५ वर्षीया गोमा पौडेल रहेको र घाईतेहरु मध्ये अधिकाशंलाई टाउको हात र ढाडमा चोट लागेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायव उपरीक्षक राजेन्द्र प्रसाद अधिकारीले जानकारी दिनुभयो । दुर्घटनामा परेको बस पोखराबाट आमासमुहको टोलीलाई भ्रमणमा लिएर आएको भन्ने बुजिएको छ । बसमा ३७ जना सवार भएपनि ६ जना घाईते भएको र बसका चालकलाई नियन्त्रणमा लिएर अनुषन्धान प्रकृया अगाडी बढाएको प्रहरीले जनाएको छ ।

ताजा

चापाकाेट नगरपालिका एकका वडा अध्यक्ष वाेस्तीलाई माेविल छ्यापेकाे आराेपमा वडा सदस्य सन्ताेष थापा पक्राउ

२०८३ भाद्र १७ गते, बुधबार

चापाकाेट नगरपालिका एकका वडा अध्यक्ष वाेस्तीलाई माेविल छ्यापेकाे आराेपमा वडा सदस्य सन्ताेष थापा पक्राउ

२०८३ भाद्र १७ गते, बुधबार

आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात

२०८३ भाद्र १५ गते, सोमबार

सुरुङभित्र खोजी तीव्र, वैकल्पिक मार्ग खोलिँदै

२०८३ भाद्र १५ गते, सोमबार

‘हिमाली सुनामी’ नामकरण गर्न विज्ञको सुझाव

२०८३ भाद्र १५ गते, सोमबार

एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम

२०८३ भाद्र १३ गते, शनिबार

भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो

२०८३ भाद्र १३ गते, शनिबार

आज जनैपूर्णिमा पर्व मनाइँदै

२०८३ भाद्र १२ गते, शुक्रबार

सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”

२०८३ भाद्र ११ गते, बिहीबार

भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय

२०८३ भाद्र ११ गते, बिहीबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal