बादलको चेतावनी–मांसाहारी आन्दोलन गर्नेलाई जावलाखेलको ‘जू’ मा बन्द गरिनेछ

काठमाडौं,२३ माघ– विभाजित नेपाल कम्युनिष्ट पार्टीको ओली पक्षका नेता तथा गृहमन्त्री रामबहादुर थापा बादलले मांसाहारी आन्दोलन गर्नेलाई जावलाखेलको चिडियाखानामा बन्द गरिने चेतावनी दिनुभएको छ ।
मांसाहारी आन्दोलन नेपालको कानून र संविधानले अपराध घोषित गरेको उहाँले बताउनुभयो ।
प्रचण्डले केही दिन अघि भाषणमा शाकाहारी आन्दोलनबाट पार नलागेको भन्दै मांसाहारी आन्दोलनमा जानुपर्ने बताउनुभएको थियो । त्यसैलाई बादलले जवाफ दिनुभएको हो ।
ओली पक्षको आज आयोजित आमसभामा बादलले भन्नुभयो, ‘मांसाहारी आन्दोलनबाट नेतृत्वलाई अपदस्थ गर्ने घोषणा गरेका छन् । म उनीहरुलाई भन्न चाहन्छु मांसाहारी आन्दोलन गर्नेलाई जावलाखेलको ‘जू’ मा लगेर बन्द गरिनेछ ।’
आफ्नो सम्बोधनका क्रममा उहाँले राष्ट्रपति, प्रधानमन्त्री तथा पार्टी अध्यक्षलाई विस्थापित गर्न षडयन्त्र भएपछि चुनावमा जानुपरेको बताउनुभयो । चुनाव पनि आन्दोलनको एउटा रूप भएको गृहमन्त्री थापाको भनाइ छ । स्रोत नेपाल प्रेस

ताजा

चापाकाेट नगरपालिका एकका वडा अध्यक्ष वाेस्तीलाई माेविल छ्यापेकाे आराेपमा वडा सदस्य सन्ताेष थापा पक्राउ

२०८३ भाद्र १७ गते, बुधबार

चापाकाेट नगरपालिका एकका वडा अध्यक्ष वाेस्तीलाई माेविल छ्यापेकाे आराेपमा वडा सदस्य सन्ताेष थापा पक्राउ

२०८३ भाद्र १७ गते, बुधबार

आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात

२०८३ भाद्र १५ गते, सोमबार

सुरुङभित्र खोजी तीव्र, वैकल्पिक मार्ग खोलिँदै

२०८३ भाद्र १५ गते, सोमबार

‘हिमाली सुनामी’ नामकरण गर्न विज्ञको सुझाव

२०८३ भाद्र १५ गते, सोमबार

एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम

२०८३ भाद्र १३ गते, शनिबार

भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो

२०८३ भाद्र १३ गते, शनिबार

आज जनैपूर्णिमा पर्व मनाइँदै

२०८३ भाद्र १२ गते, शुक्रबार

सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”

२०८३ भाद्र ११ गते, बिहीबार

भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय

२०८३ भाद्र ११ गते, बिहीबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal