पोखराबाट भ्रमण आएको बस आँधीखोलामा दुर्घटना ६ घाईते
स्याङ्जा,२५ माघ–भ्रमण आएको बस आँधीखोला गाउँपालिका ६ निबुवाबोट स्थित सेतीदोभान पंचमुल भित्री सडक खण्डमा दुर्घटना हुदा ६ जना घाईते भएकाछन् ।
पोखराबाट ग्रामीण पर्यटकीय गाउँ स्याङ्जाको सिरुवारी गएर फर्किने क्रममा शनिबार ना ख ७०३४ नम्बरको बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । बस सडकमै पल्टिदा बसमा सवार ६ जना घाईते भएको र घाईतेहरुको पोखरामा उपचार भईरहेको प्रहरीले जनाएको छ । घाईते हुनेहरुमा पोखरा महानगरपालिका १७ विरौटा बस्ने ४५वर्षीया सीता देवि आचार्य, सोही ठाउँकी ३९ वर्षीया समिता अधिकारी, ४८ वर्षीया शान्त कुमारी सुवेदी, ४५ वर्षीया सीता आचार्य, ५० वर्षीया चीनमाया लामिछाने र २५ वर्षीया गोमा पौडेल रहेको र घाईतेहरु मध्ये अधिकाशंलाई टाउको हात र ढाडमा चोट लागेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायव उपरीक्षक राजेन्द्र प्रसाद अधिकारीले जानकारी दिनुभयो । दुर्घटनामा परेको बस पोखराबाट आमासमुहको टोलीलाई भ्रमणमा लिएर आएको भन्ने बुजिएको छ । बसमा ३७ जना सवार भएपनि ६ जना घाईते भएको र बसका चालकलाई नियन्त्रणमा लिएर अनुषन्धान प्रकृया अगाडी बढाएको प्रहरीले जनाएको छ ।

ताजा
मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती
२०८३ कार्तिक ३ गते, सोमबार
मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती
२०८३ कार्तिक ३ गते, सोमबार
न आफन्त रहे, न घरः छैन दसैँको रौनक
२०८३ कार्तिक १ गते, शनिबार
प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना
२०८३ कार्तिक १ गते, शनिबार
वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती
२०८३ आश्विन ३० गते, शुक्रबार
युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन
२०८३ आश्विन २५ गते, आईतवार
बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकी बाढीले घर सहित बेलिब्रज बगायाे
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकी नदीमा बाढी तटिय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
२०८३ आश्विन २५ गते, आईतवार





















