फेदीखोलामा टिप्पर र बस एक अपसमा ठोक्किदा चार घाईते
तस्विर सौजन्य जिल्ला प्रहरी कार्यालय स्याङ्जा
स्याङ्जा,२३ माघ–फेदीखोला गाउँपालिका २ स्थित सिद्धार्थ राजमार्गमा शुक्रबार टिप्पर र बस एक अपसमा ठोक्किदा चार जना घाईते भएकाछन् । स्याङजाबाट पोखरा तर्फ जादै गरेको ग१ख ७६११ नम्बरको टिप्पर र पोखराबाट स्याङजा तर्फ आउदै गरेको ग१ख ९३७४ नम्बरको बस एक आपसमा ठोक्किएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । दुर्घटनामा परी घाईते भएका टिप्पर चालक पोखरा बस्ने २५ वर्षीय सुरेन्द्र सुनारको गण्डकी मेडिकल कलेज पोखरामा उपचार भई रहेको छ । यसै गरी बसमा सवार स्याङजा जिल्ला पुतलीबजार १३ बस्ने ४० वर्षीया चांदनी शाह, पुतलीबाजर ६ टक्सार बस्ने ५० वर्षीया सिता कार्की स्थानिय मेडिकलमा उपचार पश्चात घर फर्किएको र सोही ठाँउका ७० वर्षीया भिमा शर्माको स्थानिय मेडीकलमा उपचार भई रहेको प्रहरीले जनाएको छ ।
बस चालक पुतलीबजार नगरपालिका ४ का ३५ वर्षीय लक्षु बि.क लाई नियन्त्रणमा लिइएको र दुर्घटनाका बारेमा अनुषन्धान भइरहेको प्रहरी नायव उपरीक्षक राजेन्द्र प्रसाद अधिकारीले जानकारी दिनुभयो ।

ताजा
मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती
२०८३ कार्तिक ३ गते, सोमबार
मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती
२०८३ कार्तिक ३ गते, सोमबार
न आफन्त रहे, न घरः छैन दसैँको रौनक
२०८३ कार्तिक १ गते, शनिबार
प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना
२०८३ कार्तिक १ गते, शनिबार
वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती
२०८३ आश्विन ३० गते, शुक्रबार
युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन
२०८३ आश्विन २५ गते, आईतवार
बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकी बाढीले घर सहित बेलिब्रज बगायाे
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकी नदीमा बाढी तटिय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
२०८३ आश्विन २५ गते, आईतवार





















