फेदीखोलामा टिप्पर र बस एक अपसमा ठोक्किदा चार घाईते
तस्विर सौजन्य जिल्ला प्रहरी कार्यालय स्याङ्जा
स्याङ्जा,२३ माघ–फेदीखोला गाउँपालिका २ स्थित सिद्धार्थ राजमार्गमा शुक्रबार टिप्पर र बस एक अपसमा ठोक्किदा चार जना घाईते भएकाछन् । स्याङजाबाट पोखरा तर्फ जादै गरेको ग१ख ७६११ नम्बरको टिप्पर र पोखराबाट स्याङजा तर्फ आउदै गरेको ग१ख ९३७४ नम्बरको बस एक आपसमा ठोक्किएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । दुर्घटनामा परी घाईते भएका टिप्पर चालक पोखरा बस्ने २५ वर्षीय सुरेन्द्र सुनारको गण्डकी मेडिकल कलेज पोखरामा उपचार भई रहेको छ । यसै गरी बसमा सवार स्याङजा जिल्ला पुतलीबजार १३ बस्ने ४० वर्षीया चांदनी शाह, पुतलीबाजर ६ टक्सार बस्ने ५० वर्षीया सिता कार्की स्थानिय मेडिकलमा उपचार पश्चात घर फर्किएको र सोही ठाँउका ७० वर्षीया भिमा शर्माको स्थानिय मेडीकलमा उपचार भई रहेको प्रहरीले जनाएको छ ।
बस चालक पुतलीबजार नगरपालिका ४ का ३५ वर्षीय लक्षु बि.क लाई नियन्त्रणमा लिइएको र दुर्घटनाका बारेमा अनुषन्धान भइरहेको प्रहरी नायव उपरीक्षक राजेन्द्र प्रसाद अधिकारीले जानकारी दिनुभयो ।

ताजा
३ दिने क्षमता विकास कार्यक्रम सम्पन्न
२०८३ बैशाख १३ गते, आईतवार
३ दिने क्षमता विकास कार्यक्रम सम्पन्न
२०८३ बैशाख १३ गते, आईतवार
गृहमन्त्री सुधन गुरुङद्वारा राजीनामा
२०८३ बैशाख ९ गते, बुधबार
आज मातातीर्थ औँसी
२०८३ बैशाख ४ गते, शुक्रबार
वालिङ एक्स्पाेले यश क्षेत्रकाे पहिचानमा सहयाेग पुर्याउने छ : नगरप्रमुख खाँण
२०८२ चैत्र २६ गते, बिहीबार
पूर्वगृहमन्त्री रमेश लेखक रिहा
२०८२ चैत्र २६ गते, बिहीबार
पूर्वप्रधानमन्त्री ओलीलाई हाजिरी जमानीमा परिवारको जिम्मा लगाइयो
२०८२ चैत्र २६ गते, बिहीबार
लेबनान आक्रमणले युद्धविराम सङ्कटमा
२०८२ चैत्र २६ गते, बिहीबार
सरकारद्वारा अमेरिका–इरान युद्धविराम सम्झौताको स्वागत
२०८२ चैत्र २६ गते, बिहीबार
पोखरा सभागृहचोकमा महिलाको हत्या
२०८२ चैत्र २६ गते, बिहीबार





















