मूल पार्टी कुन हो भन्ने आजबाट टुंगो लाग्यो ः प्रधानमन्त्री ओली

काठमाडौं,२३ माघ– प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी ओली समुहका अध्यक्ष केपी शर्मा ओलीले कुन पार्टी मूल पार्टी भन्ने आजबाट टुंगो लागेको दाबी गर्नुभएको छ । उहाँले शुक्रबार इतिहासकै ठूलो जनसभा काठमाडौंमा भएको समेत बताउनुभयो ।
आफ्नो पार्टीद्वारा आयोजित जनसभामा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘अब पनि कोही अलमल छ त कुन पार्टी मूल पार्टी हो भनेर ? हामी हौं मूल पार्टी । हामी कम्युनिष्टको मात्रै होइन, देशकै मूल पार्टी हौं ।’
काठमाडौंमा कुनै पनि स्थान आफ्नो पार्टीको जनसभाका लागि सानो भएको ओलीको भनाइ थियो । ‘हामीलाई काठमाडौंमा आमसभा गर्ने ठाउँ भएन । अरुलाई जुन ठाउँ पनि ठूलो हुन्छ, हामीलाई जहाँ छाने पनि सानो हुन्छ । हामीले सबैभन्दा ठूलो ठाउँ छान्यौं । तर, यहाँ पनि मान्छे अटेका छैनन् । फेरि, मान्छेहरु सोधिराख्या छन्, मूल पार्टी कुन हो भनेर । कोही अलमलमा छ अझै पनि भने कठैबरा भन्न सकिन्छ । मूल पार्टी कुन हो थाहा पाउनु परेन ? मूल पार्टी यही हो, जहाँ तपाईं हामी छौं । यो सबैभन्दा ठूलो पार्टी हो । यो पार्टी देशको स्वाधिनताको रक्षा गर्ने र ठीक ढंगले प्रयोग गर्ने, भौगोलिक अखण्डताको रक्षा गर्ने पार्टी हो ।
ताजा

test
२०८२ जेष्ठ ५ गते, सोमबार
test
२०८२ जेष्ठ ५ गते, सोमबार
प्रधानमन्त्रीद्वारा राष्ट्रिय पत्रकारिता दिवसको शुभकामना
२०८२ बैशाख २४ गते, बुधबार
धर्मले समाजलाई अनुशासित बनाउँछ: पूर्व मन्त्री अर्याल
२०८२ बैशाख २३ गते, मंगलवार
पूर्वमन्त्री प्रदीप नेपालको निधन
२०८२ बैशाख २३ गते, मंगलवार
‘सरकारले यथाशीघ्र प्राङ्गारिक र जैविक मलको व्यवस्था गर्नेछ’
२०८२ बैशाख २१ गते, आईतवार
प्रधानमन्त्रीसमक्ष राज्यमन्त्री गर्बुजाको सपथ
२०८२ बैशाख २१ गते, आईतवार
चालिसेमा महायज्ञ हुने
२०८२ बैशाख २० गते, शनिबार
विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा वालिङमा स्वास्थ्य शिविर
२०८२ बैशाख २० गते, शनिबार
विश्व प्रेस स्वतन्त्रता दिवस २०२५ को महत्व र नारा
२०८२ बैशाख २० गते, शनिबार