मूल पार्टी कुन हो भन्ने आजबाट टुंगो लाग्यो ः प्रधानमन्त्री ओली
काठमाडौं,२३ माघ– प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी ओली समुहका अध्यक्ष केपी शर्मा ओलीले कुन पार्टी मूल पार्टी भन्ने आजबाट टुंगो लागेको दाबी गर्नुभएको छ । उहाँले शुक्रबार इतिहासकै ठूलो जनसभा काठमाडौंमा भएको समेत बताउनुभयो ।
आफ्नो पार्टीद्वारा आयोजित जनसभामा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘अब पनि कोही अलमल छ त कुन पार्टी मूल पार्टी हो भनेर ? हामी हौं मूल पार्टी । हामी कम्युनिष्टको मात्रै होइन, देशकै मूल पार्टी हौं ।’
काठमाडौंमा कुनै पनि स्थान आफ्नो पार्टीको जनसभाका लागि सानो भएको ओलीको भनाइ थियो । ‘हामीलाई काठमाडौंमा आमसभा गर्ने ठाउँ भएन । अरुलाई जुन ठाउँ पनि ठूलो हुन्छ, हामीलाई जहाँ छाने पनि सानो हुन्छ । हामीले सबैभन्दा ठूलो ठाउँ छान्यौं । तर, यहाँ पनि मान्छे अटेका छैनन् । फेरि, मान्छेहरु सोधिराख्या छन्, मूल पार्टी कुन हो भनेर । कोही अलमलमा छ अझै पनि भने कठैबरा भन्न सकिन्छ । मूल पार्टी कुन हो थाहा पाउनु परेन ? मूल पार्टी यही हो, जहाँ तपाईं हामी छौं । यो सबैभन्दा ठूलो पार्टी हो । यो पार्टी देशको स्वाधिनताको रक्षा गर्ने र ठीक ढंगले प्रयोग गर्ने, भौगोलिक अखण्डताको रक्षा गर्ने पार्टी हो ।
ताजा
चापाकाेट नगरपालिका एकका वडा अध्यक्ष वाेस्तीलाई माेविल छ्यापेकाे आराेपमा वडा सदस्य सन्ताेष थापा पक्राउ
२०८३ भाद्र १७ गते, बुधबार
चापाकाेट नगरपालिका एकका वडा अध्यक्ष वाेस्तीलाई माेविल छ्यापेकाे आराेपमा वडा सदस्य सन्ताेष थापा पक्राउ
२०८३ भाद्र १७ गते, बुधबार
आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात
२०८३ भाद्र १५ गते, सोमबार
सुरुङभित्र खोजी तीव्र, वैकल्पिक मार्ग खोलिँदै
२०८३ भाद्र १५ गते, सोमबार
‘हिमाली सुनामी’ नामकरण गर्न विज्ञको सुझाव
२०८३ भाद्र १५ गते, सोमबार
एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम
२०८३ भाद्र १३ गते, शनिबार
भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो
२०८३ भाद्र १३ गते, शनिबार
आज जनैपूर्णिमा पर्व मनाइँदै
२०८३ भाद्र १२ गते, शुक्रबार
सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”
२०८३ भाद्र ११ गते, बिहीबार
भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन
२०८३ भाद्र ११ गते, बिहीबार





















