म्यानमारमा फेसबुक चलाउन रोक
म्यानमार ः लोकतान्त्रिक सरकारलाई हटाएर सत्ता कब्जा गरेको म्यानमारको सैनिक शासकले फेसबुकमा रोक लगाएको छ । अनलाइन सूचना प्राप्तिका लागि सामाजिक सञ्जाल माध्यम बनेकाले देशमा स्थायित्व कायम राख्न फेसबुकमा रोक लगाइएको अधिकारीहरूले जनाएका छन् ।
सोमबार भएको सैनिक ‘कु’पछि अधिकांश नागरिकले फेसबुककै माध्यमबाट आफ्नो विरोध दर्शाउने गरेका थिए । सूचना तथा सञ्चार मन्त्रालयका अनुसार फेब्रुअरी ७ सम्म फेसबुक चलाउन रोक लगाइएको हो । झन्डै साढे ५ करोड जनसंख्यामध्ये आधाले फेसबुक चलाउँछन् भने सैनिक ‘कु’विरुद्ध ऐक्यबद्धता जनाउन फेसबुक पेजै तयार पारिएको थियो ।
कुनै महँगो मोबाइल डाटा प्रयोग गर्न नपरोस् भनेर फेसबुकले म्यानमारमा बिनाकुनै अतिरिक्त डाटा शुल्क यसलाई प्रयोग गर्ने अनुमति दिएको छ । फेसबुकले सैन्य शासकद्वारा लगाइएका प्रतिबन्धको पुष्टि गर्दै त्यहाँका अधिकारीहरूलाई सम्पर्क पुनःस्थापना गर्न आग्रह गरेको छ । यसो गरे मात्र म्यानमारका जनताले साथीभाइ र परिवारसँग कुराकानी गर्न र महत्वपूर्ण सूचना पाउन सक्ने फेसबुकले जनाएको छ ।
म्यानमारका मुख्य सहर यंगुन र दोस्रो ठूलो सहर मांडलेमा पनि विरोध प्रदर्शन भइरहेका छन् । ((बीबीसी)
ताजा
मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती
२०८३ कार्तिक ३ गते, सोमबार
मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती
२०८३ कार्तिक ३ गते, सोमबार
न आफन्त रहे, न घरः छैन दसैँको रौनक
२०८३ कार्तिक १ गते, शनिबार
प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना
२०८३ कार्तिक १ गते, शनिबार
वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती
२०८३ आश्विन ३० गते, शुक्रबार
युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन
२०८३ आश्विन २५ गते, आईतवार
बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकी बाढीले घर सहित बेलिब्रज बगायाे
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकी नदीमा बाढी तटिय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
२०८३ आश्विन २५ गते, आईतवार





















