सेनाले माग्यो दुई सय अधिकृत क्याडेट
काठमाडौं,२२ माघ– नेपाली सेनाले रिक्त अधिकृत क्याडेट पदका लागि दरखास्त आव्हान गरेको छ ।
सेनाले सूचना जारी गर्दै २ सय जना अधिकृत क्याडेटको लागि भर्ना खोलेको हो ।
भर्ना छनौट निर्देशनालय, कार्यरथी विभाग, जंगी अड्डाले अधिकृत क्याडेट पदको लागि बिहीबार सूचना प्रकाशित गरी दरखास्त आव्हान गरेको छ ।
योग्यता पुगेका नेपाली नागरिकले नेपाली सेनाको आधिकारिक वेव साइटधधध.लभउबबिचmथ.mष्.िलउ बाट अनलाइन दरखास्त फारम भर्न सकिने सेनाले जनाएको छ ।
खुलातर्फ १०५, सैनिक तालिम वा आफनो कर्तव्य गर्दा कुनै शारीरिक चोटपटक लागि सोही कारणबाट शारीरिक रुपमा अशक्त भएका र कर्तव्य पालनाको सिलसिलामा मृत्यु भएका नेपाली सैनिकका सन्तती ५, समावेशीतर्फ महिला १८, आदिबासी जनजाति २९, मधेशी २५, दलित १४, पिछडिएको क्षेत्र ४ गरी २०० जनाका लागि क्याडेट अधिकृत मागेको हो ।
माघ २२ गतेदेखि फागुन २१ गतेसम्म र २२ गतेदेखि २८ गते सम्म थप दस्तुर तिरेर दरखास्त फारम बुझाउनुपर्ने छ ।

ताजा
मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती
२०८३ कार्तिक ३ गते, सोमबार
मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती
२०८३ कार्तिक ३ गते, सोमबार
न आफन्त रहे, न घरः छैन दसैँको रौनक
२०८३ कार्तिक १ गते, शनिबार
प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना
२०८३ कार्तिक १ गते, शनिबार
वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती
२०८३ आश्विन ३० गते, शुक्रबार
युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन
२०८३ आश्विन २५ गते, आईतवार
बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकी बाढीले घर सहित बेलिब्रज बगायाे
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकी नदीमा बाढी तटिय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
२०८३ आश्विन २५ गते, आईतवार





















