राष्ट्रिय एकता दिवसका अवसरमा रचना वाचन
गल्याङ, २७ पुस– भेषजराज साहित्य प्रतिष्ठान वालिङले राष्ट्रिय एकता दिवसका अवसरमा रचना वाचन कार्यक्रम सम्पन्न गरेको छ । प्रतिष्ठानले दिवसको अवसर पारी आफ्नो नियमित रचना वाचनको ३२ औँ श्रृङखला सोमबार वालिङ २ स्थित स्रष्टा ज्ञानेश्वर रेग्मीको निवासमा सम्पन्न गरेको हो ।
कार्यक्रममा प्राज्ञ तेजप्रसाद काफ्ले र रणबीर जनहित मावि खहरेका प्रधानाध्यापक लक्ष्मीप्रसाद रेग्मीले पृथ्वीनारायण शाहको जिवनीका बारेमा चर्चा गर्दै भेषजराजले साहित्यमा पु¥याउनुभएको योगदानको बारेमा प्रकाश पार्नुभएको थियो ।
कार्यक्रममा स्रष्टाहरु सम्भु अर्याल, लेखनाथ काफ्ले, चुँडामणी खनाल, कमल बगाले, डोलराज सुवेदी, दमकला बगाले, ममता ज्ञवालीलगायतले आ–आफ्ना रचना वाचन गर्नुभएको थियो । प्रतिष्ठानका अध्यक्ष यामकान्त खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव श्यामप्रसाद ढुङ्गाना र धन्यवाद शम्भु अर्यालले गर्नुभएको थियो । प्रतिष्ठानले हरेक महिना फरक फरक स्थानमा रचना वाचन कार्यक्रम गर्दै आईरहेको छ ।
ताजा
चापाकाेट नगरपालिका एकका वडा अध्यक्ष वाेस्तीलाई माेविल छ्यापेकाे आराेपमा वडा सदस्य सन्ताेष थापा पक्राउ
२०८३ भाद्र १७ गते, बुधबार
चापाकाेट नगरपालिका एकका वडा अध्यक्ष वाेस्तीलाई माेविल छ्यापेकाे आराेपमा वडा सदस्य सन्ताेष थापा पक्राउ
२०८३ भाद्र १७ गते, बुधबार
आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात
२०८३ भाद्र १५ गते, सोमबार
सुरुङभित्र खोजी तीव्र, वैकल्पिक मार्ग खोलिँदै
२०८३ भाद्र १५ गते, सोमबार
‘हिमाली सुनामी’ नामकरण गर्न विज्ञको सुझाव
२०८३ भाद्र १५ गते, सोमबार
एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम
२०८३ भाद्र १३ गते, शनिबार
भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो
२०८३ भाद्र १३ गते, शनिबार
आज जनैपूर्णिमा पर्व मनाइँदै
२०८३ भाद्र १२ गते, शुक्रबार
सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”
२०८३ भाद्र ११ गते, बिहीबार
भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन
२०८३ भाद्र ११ गते, बिहीबार





















