गल्याङ नगर अस्पतालमा निशुल्क स्वास्थ्य शिविर
गल्याङ, २७ पुस– गल्याङ नगरपालिका ३ बल्पुकमा रहेको नगर अस्पतालमा सोमबार देखि निशुल्क स्वास्थ्य परिक्षण शिविर सुरु भएको छ । गल्याङ नगरपालिका अन्तरगत रहेको नगर अस्पतालको आयोजनामा निशुल्क स्वास्थ्य परिक्षण शिविर सञ्चालन भएको हो । दुई दिन सम्म चल्ने शिविरको पहिलो दिन आज महिला तथा स्त्रि रोग सम्बन्धी समस्या भएका विरामीहरुले निशुल्क स्वास्थ्य परिक्षण गराएका छन् । शिविरमा दुई सय १३ जना महिलाहरुले निशुल्क स्वास्थ्य परिक्षण गराएको अस्पतालले जनाएको छ ।
लुम्बीनी मेडिकल कलेज प्रवास पाल्पाका बरिष्ठ महिला तथा स्त्री रोग विशेषज्ञहरुको टोली द्वारा महिलाहरुको रोगको स्वास्थ्य परिक्षण गरीएको छ । सोमबार शिबिरमा सहभागी हुन टाढाबाट आउने विरामीहरुका लागि नगरपालिकाले सवारीसाधनको निशुल्क व्यवस्था समेत गरेको थियो ।

शिविरको उद्घाटन कार्यक्रममा गल्याङ नगरपालिका प्रमुख भुपराज अधिकारीले सबै नगरवासीको पहुँचमा निशुल्क स्वास्थ्य पु¥याउने बताउनुभयो । उहाँले घर घरका सबै नागरिकलाई स्वस्थ बनाउनका लागि नगरपालिकाले विशेष अभियान चाल्ने बताउनुभयो ।
विरामी भएपछि उपचार गर्नुभन्दा रोग नै लाग्न नदिनु राम्रो भएको भन्दै उहाँले त्यसका लागि अर्गानिक खानामा जोड दिनुपर्ने बताउनुभयो । घर घरमा अर्गानिक खाना र तरकारी उत्पादन गरी कम्तिमा आफुलाई मात्रै पु¥याउन सकेमा पनि विषादीयुक्त खान नपर्ने र यसले स्वस्थ रहन महत्वपूर्ण सहयोग पुग्ने उहाँको भनाई छ ।
कार्यक्रममा अस्पतालका प्रमुख व्यवस्थापक थानापति न्यौपानेले नगर अस्पतालले सधैं सस्तो शुल्कमा अधिकतम स्वास्थ्य सेवा दिन प्रयत्नशिल रहेको बताउनुभयो । मंगलबार लुम्बीनी मेडिकल कलेज प्रवास पाल्पाका बरिष्ठ मानसिक रोग विशेषज्ञ चिकित्सकहरुको टोलीले मन डराउने, निद्रा नलाग्ने लगायतका मानसिक समस्या भएका विरामीहरुका लागि निशुल्क स्वास्थ्य परिक्षण गर्ने अस्पतालले जनाएको छ । निशुल्क स्वास्थ्य परिक्षण शिविरमा सहभागी भएर मौकाको फाइदालिन अस्पतालले सबै नगरवासीमा अनुरोध समेत गरेको छ ।
ताजा
सुन्तलाको राजधानी स्याङ्जामा, सुन्तलाको बोक्राबाट सौन्दर्य सामग्री उत्पादन
२०८३ असार २० गते, शनिबार
सुन्तलाको राजधानी स्याङ्जामा, सुन्तलाको बोक्राबाट सौन्दर्य सामग्री उत्पादन
२०८३ असार २० गते, शनिबार
फेदिखाेला गाउँपालिकालाई राष्ट्रिय सम्मान
२०८३ असार १९ गते, शुक्रबार
भिमादमा जीवन उपयोगी सीप तालिम सम्पन्न
२०८३ असार १९ गते, शुक्रबार
बिरुवा गाउँपालिकालाई राष्ट्रिय सम्मान
२०८३ असार १८ गते, बिहीबार
कास्की जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपन घोषणा
२०८३ असार १८ गते, बिहीबार
व्यापार ब्यावसाय प्रवर्द्धनका लागि मेराे उम्मेदवारी: पराजुली
२०८३ असार १८ गते, बिहीबार
वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न
२०८३ असार १७ गते, बुधबार
वालिङ उद्याेग वाणिज्य संघकाे अध्यक्षमा अनुपमा ढुङ्गाना निर्विराेध निर्वाचित
२०८३ असार १६ गते, मंगलवार
२३ओैँ धान दिवस असार १५ मा कृषक सम्मानित(फाेटाे फिचर)
२०८३ असार १५ गते, सोमबार





















