गल्याङ नगर अस्पतालमा निशुल्क स्वास्थ्य शिविर


गल्याङ, २७ पुस– गल्याङ नगरपालिका ३ बल्पुकमा रहेको नगर अस्पतालमा सोमबार देखि निशुल्क स्वास्थ्य परिक्षण शिविर सुरु भएको छ । गल्याङ नगरपालिका अन्तरगत रहेको नगर अस्पतालको आयोजनामा निशुल्क स्वास्थ्य परिक्षण शिविर सञ्चालन भएको हो । दुई दिन सम्म चल्ने शिविरको पहिलो दिन आज महिला तथा स्त्रि रोग सम्बन्धी समस्या भएका विरामीहरुले निशुल्क स्वास्थ्य परिक्षण गराएका छन् । शिविरमा दुई सय १३ जना महिलाहरुले निशुल्क स्वास्थ्य परिक्षण गराएको अस्पतालले जनाएको छ ।
लुम्बीनी मेडिकल कलेज प्रवास पाल्पाका बरिष्ठ महिला तथा स्त्री रोग विशेषज्ञहरुको टोली द्वारा महिलाहरुको रोगको स्वास्थ्य परिक्षण गरीएको छ । सोमबार शिबिरमा सहभागी हुन टाढाबाट आउने विरामीहरुका लागि नगरपालिकाले सवारीसाधनको निशुल्क व्यवस्था समेत गरेको थियो ।

शिविरको उद्घाटन कार्यक्रममा गल्याङ नगरपालिका प्रमुख भुपराज अधिकारीले सबै नगरवासीको पहुँचमा निशुल्क स्वास्थ्य पु¥याउने बताउनुभयो । उहाँले घर घरका सबै नागरिकलाई स्वस्थ बनाउनका लागि नगरपालिकाले विशेष अभियान चाल्ने बताउनुभयो ।
विरामी भएपछि उपचार गर्नुभन्दा रोग नै लाग्न नदिनु राम्रो भएको भन्दै उहाँले त्यसका लागि अर्गानिक खानामा जोड दिनुपर्ने बताउनुभयो । घर घरमा अर्गानिक खाना र तरकारी उत्पादन गरी कम्तिमा आफुलाई मात्रै पु¥याउन सकेमा पनि विषादीयुक्त खान नपर्ने र यसले स्वस्थ रहन महत्वपूर्ण सहयोग पुग्ने उहाँको भनाई छ ।
कार्यक्रममा अस्पतालका प्रमुख व्यवस्थापक थानापति न्यौपानेले नगर अस्पतालले सधैं सस्तो शुल्कमा अधिकतम स्वास्थ्य सेवा दिन प्रयत्नशिल रहेको बताउनुभयो । मंगलबार लुम्बीनी मेडिकल कलेज प्रवास पाल्पाका बरिष्ठ मानसिक रोग विशेषज्ञ चिकित्सकहरुको टोलीले मन डराउने, निद्रा नलाग्ने लगायतका मानसिक समस्या भएका विरामीहरुका लागि निशुल्क स्वास्थ्य परिक्षण गर्ने अस्पतालले जनाएको छ । निशुल्क स्वास्थ्य परिक्षण शिविरमा सहभागी भएर मौकाको फाइदालिन अस्पतालले सबै नगरवासीमा अनुरोध समेत गरेको छ ।

ताजा

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

विजया दशमीकाे शुभकामना

२०८३ कार्तिक ५ गते, बुधबार

आज दशैँकाे टीका

२०८३ कार्तिक ५ गते, बुधबार

मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती

२०८३ कार्तिक ३ गते, सोमबार

न आफन्त रहे, न घरः छैन दसैँको रौनक

२०८३ कार्तिक १ गते, शनिबार

प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना

२०८३ कार्तिक १ गते, शनिबार

वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती

२०८३ आश्विन ३० गते, शुक्रबार

युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन

२०८३ आश्विन २५ गते, आईतवार

बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया

२०८३ आश्विन २५ गते, आईतवार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal