राष्ट्रिय एकता दिवसका अवसरमा रचना वाचन
गल्याङ, २७ पुस– भेषजराज साहित्य प्रतिष्ठान वालिङले राष्ट्रिय एकता दिवसका अवसरमा रचना वाचन कार्यक्रम सम्पन्न गरेको छ । प्रतिष्ठानले दिवसको अवसर पारी आफ्नो नियमित रचना वाचनको ३२ औँ श्रृङखला सोमबार वालिङ २ स्थित स्रष्टा ज्ञानेश्वर रेग्मीको निवासमा सम्पन्न गरेको हो ।
कार्यक्रममा प्राज्ञ तेजप्रसाद काफ्ले र रणबीर जनहित मावि खहरेका प्रधानाध्यापक लक्ष्मीप्रसाद रेग्मीले पृथ्वीनारायण शाहको जिवनीका बारेमा चर्चा गर्दै भेषजराजले साहित्यमा पु¥याउनुभएको योगदानको बारेमा प्रकाश पार्नुभएको थियो ।
कार्यक्रममा स्रष्टाहरु सम्भु अर्याल, लेखनाथ काफ्ले, चुँडामणी खनाल, कमल बगाले, डोलराज सुवेदी, दमकला बगाले, ममता ज्ञवालीलगायतले आ–आफ्ना रचना वाचन गर्नुभएको थियो । प्रतिष्ठानका अध्यक्ष यामकान्त खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव श्यामप्रसाद ढुङ्गाना र धन्यवाद शम्भु अर्यालले गर्नुभएको थियो । प्रतिष्ठानले हरेक महिना फरक फरक स्थानमा रचना वाचन कार्यक्रम गर्दै आईरहेको छ ।
ताजा
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
विजया दशमीकाे शुभकामना
२०८३ कार्तिक ५ गते, बुधबार
आज दशैँकाे टीका
२०८३ कार्तिक ५ गते, बुधबार
मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती
२०८३ कार्तिक ३ गते, सोमबार
न आफन्त रहे, न घरः छैन दसैँको रौनक
२०८३ कार्तिक १ गते, शनिबार
प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना
२०८३ कार्तिक १ गते, शनिबार
वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती
२०८३ आश्विन ३० गते, शुक्रबार
युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन
२०८३ आश्विन २५ गते, आईतवार





















