राष्ट्रिय एकता दिवसमा विचार गोष्ठी

वालिङ, २७ पुस– राष्ट्र निर्माता पृथ्वीनारायण शाहको २ सय ९९ जन्म जयन्ती एवं राष्ट्रिय एकता दिवसका अवसरमा सोमबार वालिङमा ‘राष्ट्रियता र पूर्वीय दर्शनको महत्व’ विषयक विचार गोष्ठी सम्पन्न भएको छ ।
विश्व हिन्दु युवासंघ स्याङ्जाको आयोजनामा भएको विचार गोष्ठीमा वालिङ नगरपालिकाका प्रमुख दिलीपप्रताप खाँणले राष्ट्रियता आफ्नो पहिचान जोगाउनका लागि लाग्नुपर्नेमा जोड दिनुभयो । उहाँले अहिले राष्ट्रियताका नाममा एकले अर्कोलाई गाली गलौज गर्ने प्रबृत्ति देखिएको छ यो राष्ट्रबाद होईन । “राष्ट्रबादी हुन एकले अर्को देशलाई गाली गलौज गर्नैपर्छ भन्ने छैन ।” एकले अर्कोलाई सम्मान गरेर पनि आफ्नो राष्ट्रियताको संरक्षण गर्न सकिने नगर प्रमुख खाँणको भनाइ थियो ।
पृथ्वीनारायण शाहले करीब तीन सय वर्ष पहिला दिनुभएको दिब्योपदेश अहिले पनि उत्तिकै सान्दर्भिक रहेको प्रमुख खाँणले बताउनुभयो ।
कार्यक्रममा विश्व हिन्दु महासंघका केन्द्रीय सदस्य पं. नेत्रप्रसाद पराजुली, विश्व हिन्दु युवासंघका केन्द्रीय सदस्य डण्डापानी पंगेनी लगायतले पृथ्वीनारायण शाहले राष्ट्रिय एकीकरणका लागि खेलेको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको थियो ।

ताजा

चापाकाेट नगरपालिका एकका वडा अध्यक्ष वाेस्तीलाई माेविल छ्यापेकाे आराेपमा वडा सदस्य सन्ताेष थापा पक्राउ

२०८३ भाद्र १७ गते, बुधबार

चापाकाेट नगरपालिका एकका वडा अध्यक्ष वाेस्तीलाई माेविल छ्यापेकाे आराेपमा वडा सदस्य सन्ताेष थापा पक्राउ

२०८३ भाद्र १७ गते, बुधबार

आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात

२०८३ भाद्र १५ गते, सोमबार

सुरुङभित्र खोजी तीव्र, वैकल्पिक मार्ग खोलिँदै

२०८३ भाद्र १५ गते, सोमबार

‘हिमाली सुनामी’ नामकरण गर्न विज्ञको सुझाव

२०८३ भाद्र १५ गते, सोमबार

एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम

२०८३ भाद्र १३ गते, शनिबार

भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो

२०८३ भाद्र १३ गते, शनिबार

आज जनैपूर्णिमा पर्व मनाइँदै

२०८३ भाद्र १२ गते, शुक्रबार

सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”

२०८३ भाद्र ११ गते, बिहीबार

भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय

२०८३ भाद्र ११ गते, बिहीबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal