राष्ट्रिय एकता दिवसमा विचार गोष्ठी
वालिङ, २७ पुस– राष्ट्र निर्माता पृथ्वीनारायण शाहको २ सय ९९ जन्म जयन्ती एवं राष्ट्रिय एकता दिवसका अवसरमा सोमबार वालिङमा ‘राष्ट्रियता र पूर्वीय दर्शनको महत्व’ विषयक विचार गोष्ठी सम्पन्न भएको छ ।
विश्व हिन्दु युवासंघ स्याङ्जाको आयोजनामा भएको विचार गोष्ठीमा वालिङ नगरपालिकाका प्रमुख दिलीपप्रताप खाँणले राष्ट्रियता आफ्नो पहिचान जोगाउनका लागि लाग्नुपर्नेमा जोड दिनुभयो । उहाँले अहिले राष्ट्रियताका नाममा एकले अर्कोलाई गाली गलौज गर्ने प्रबृत्ति देखिएको छ यो राष्ट्रबाद होईन । “राष्ट्रबादी हुन एकले अर्को देशलाई गाली गलौज गर्नैपर्छ भन्ने छैन ।” एकले अर्कोलाई सम्मान गरेर पनि आफ्नो राष्ट्रियताको संरक्षण गर्न सकिने नगर प्रमुख खाँणको भनाइ थियो ।
पृथ्वीनारायण शाहले करीब तीन सय वर्ष पहिला दिनुभएको दिब्योपदेश अहिले पनि उत्तिकै सान्दर्भिक रहेको प्रमुख खाँणले बताउनुभयो ।
कार्यक्रममा विश्व हिन्दु महासंघका केन्द्रीय सदस्य पं. नेत्रप्रसाद पराजुली, विश्व हिन्दु युवासंघका केन्द्रीय सदस्य डण्डापानी पंगेनी लगायतले पृथ्वीनारायण शाहले राष्ट्रिय एकीकरणका लागि खेलेको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको थियो ।
ताजा
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
विजया दशमीकाे शुभकामना
२०८३ कार्तिक ५ गते, बुधबार
आज दशैँकाे टीका
२०८३ कार्तिक ५ गते, बुधबार
मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती
२०८३ कार्तिक ३ गते, सोमबार
न आफन्त रहे, न घरः छैन दसैँको रौनक
२०८३ कार्तिक १ गते, शनिबार
प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना
२०८३ कार्तिक १ गते, शनिबार
वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती
२०८३ आश्विन ३० गते, शुक्रबार
युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन
२०८३ आश्विन २५ गते, आईतवार





















