देशले राजसंस्थाको अभिभावकत्व खोज्यो ः राप्रपा अध्यक्ष थापा


स्याङ्जा २६ पुस– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले देश अहिले सकंटमा परेको बताउदै देशले राजसंस्थाको अभिभावकत्व खोजेको दावी गर्नुभएको छ । आइतबार स्याङ्जा सदरमुकाममा पार्टीको झण्डोत्तलन तथा चुनाव चिन्ह हलोको अनावरण गर्दै अध्यक्ष थापाले सो कुरा बताउनुभएको हो ।
गणतन्त्र, संघीयता र धर्मनिरपेक्षता घोषणा गर्ने नेताहरु नै देशलाई सर्वसत्तावादको खतराभो भन्दै सडक आन्दोलनमा उत्रिनुले देशले राजसंस्थाको अभिभावकत्व खोजेको अध्यक्ष थापाको प्रष्टिकरण थियो । अध्यक्ष थापाले भन्नुभयो, ‘लोकतन्त्रका निम्ति अब कहिल्यै लड्नु पर्दैन भन्नेहरु आज सडकमा पँलेटी कसेरे बस्नुपरेकोे देख्दा कुनै अभिभावकत्वको जिम्मेवारी पुरा गर्न नसकेको अवस्थालाई उजागर गर्छ ।’ कम्युनिष्ट र कांग्रेसको बिकल्पमा राप्रपाको आवश्यकता रहेको बताउदै अब पार्टीलाई एकिकृत गरी सनातन हिन्दुराज्य सहित राजसंस्थाको आवश्यकता देशले र जनताले मागेको अध्यक्ष थापाको दावी छ ।
पुर्व उपप्रधानमन्त्री समेत रहनुभएका थापाले नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीको असफलतावाट मुक्ति पाउन ताजा जनादेशमा जानु पर्ने बताउनुभयो । कार्यक्रममा राप्रपाका केन्द्रीय कार्य सम्पादन समितिका सदस्य एवं पुर्वमन्त्री तोरणबहादुर गुरुङ र केन्द्रीय सदस्य एवं गण्डकी प्रदेश इन्चार्ज हेमजंग गुरुङ, केन्द्रीय सदस्य द्वोय मदनबहादुर कार्की र जयलाल पुन, राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका सचिव हिक्मतजंग कार्की लगायतले देशमा भ्रष्टचार, बलात्कार र असुरक्षा बढ्दै गएकोमा चिन्ता व्यक्त गर्नुभएको थियो । राप्रपा जिल्ला अध्यक्ष भुमीजंग केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सचिव विश्वबन्धु पौडेल गर्नुभएको थियो ।

ताजा

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

विजया दशमीकाे शुभकामना

२०८३ कार्तिक ५ गते, बुधबार

आज दशैँकाे टीका

२०८३ कार्तिक ५ गते, बुधबार

मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती

२०८३ कार्तिक ३ गते, सोमबार

न आफन्त रहे, न घरः छैन दसैँको रौनक

२०८३ कार्तिक १ गते, शनिबार

प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना

२०८३ कार्तिक १ गते, शनिबार

वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती

२०८३ आश्विन ३० गते, शुक्रबार

युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन

२०८३ आश्विन २५ गते, आईतवार

बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया

२०८३ आश्विन २५ गते, आईतवार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal