देशले राजसंस्थाको अभिभावकत्व खोज्यो ः राप्रपा अध्यक्ष थापा
स्याङ्जा २६ पुस– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले देश अहिले सकंटमा परेको बताउदै देशले राजसंस्थाको अभिभावकत्व खोजेको दावी गर्नुभएको छ । आइतबार स्याङ्जा सदरमुकाममा पार्टीको झण्डोत्तलन तथा चुनाव चिन्ह हलोको अनावरण गर्दै अध्यक्ष थापाले सो कुरा बताउनुभएको हो ।
गणतन्त्र, संघीयता र धर्मनिरपेक्षता घोषणा गर्ने नेताहरु नै देशलाई सर्वसत्तावादको खतराभो भन्दै सडक आन्दोलनमा उत्रिनुले देशले राजसंस्थाको अभिभावकत्व खोजेको अध्यक्ष थापाको प्रष्टिकरण थियो । अध्यक्ष थापाले भन्नुभयो, ‘लोकतन्त्रका निम्ति अब कहिल्यै लड्नु पर्दैन भन्नेहरु आज सडकमा पँलेटी कसेरे बस्नुपरेकोे देख्दा कुनै अभिभावकत्वको जिम्मेवारी पुरा गर्न नसकेको अवस्थालाई उजागर गर्छ ।’ कम्युनिष्ट र कांग्रेसको बिकल्पमा राप्रपाको आवश्यकता रहेको बताउदै अब पार्टीलाई एकिकृत गरी सनातन हिन्दुराज्य सहित राजसंस्थाको आवश्यकता देशले र जनताले मागेको अध्यक्ष थापाको दावी छ ।
पुर्व उपप्रधानमन्त्री समेत रहनुभएका थापाले नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीको असफलतावाट मुक्ति पाउन ताजा जनादेशमा जानु पर्ने बताउनुभयो । कार्यक्रममा राप्रपाका केन्द्रीय कार्य सम्पादन समितिका सदस्य एवं पुर्वमन्त्री तोरणबहादुर गुरुङ र केन्द्रीय सदस्य एवं गण्डकी प्रदेश इन्चार्ज हेमजंग गुरुङ, केन्द्रीय सदस्य द्वोय मदनबहादुर कार्की र जयलाल पुन, राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका सचिव हिक्मतजंग कार्की लगायतले देशमा भ्रष्टचार, बलात्कार र असुरक्षा बढ्दै गएकोमा चिन्ता व्यक्त गर्नुभएको थियो । राप्रपा जिल्ला अध्यक्ष भुमीजंग केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सचिव विश्वबन्धु पौडेल गर्नुभएको थियो ।

ताजा
नवनियुक्त प्रधानन्यायाधीश डा शर्माद्वारा शपथ ग्रहण
२०८३ जेष्ठ ५ गते, मंगलवार
नवनियुक्त प्रधानन्यायाधीश डा शर्माद्वारा शपथ ग्रहण
२०८३ जेष्ठ ५ गते, मंगलवार
दुर्गा प्रसाईं थप तीन दिन प्रहरी नियन्त्रणमा
२०८३ जेष्ठ ५ गते, मंगलवार
नयाँ आइटी पाठ्यक्रम तयार हुँदै
२०८३ जेष्ठ ५ गते, मंगलवार
फेदीखोला गाउँपालिकाका विद्यार्थीले बनाए च्याट जीपीटी जस्तै च्याटबोट ‘ज्योया’
२०८३ जेष्ठ ३ गते, आईतवार
याक र चौरीलाई लेक लगिँदै
२०८३ बैशाख २८ गते, सोमबार
एसईईको नतिजा सार्वजनिक, ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण
२०८३ बैशाख २८ गते, सोमबार
राष्ट्रपति पौडेलद्वारा नीति तथा कार्यक्रम प्रस्तुत
२०८३ बैशाख २८ गते, सोमबार
विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा माइतिघरमा ऐक्यवद्धता र्याली
२०८३ बैशाख २० गते, आईतवार
डिजिटल पहुँच विस्तार तीव्र,उपयोग र नियन्त्रणमा चुनौती
२०८३ बैशाख २० गते, आईतवार





















