सुन्तला कृषकहरुलाई ओरेन्ज हार्वेस्टर स्टीक

स्याङ्जा, २३ पुुस–पुतलीबजार नगरपालिका र फलफुल तथा तरकारी मुल्य शृंखला विकास आयोजनाको साझेदारीमा नगरपालिका भित्ररहेका सुन्तला कृषकहरुलाई उत्पादन उपरान्त हुने क्षती न्यूनीकरण गर्न आवश्यक पर्ने सामाग्रीहरु वितरण गरिएको छ । पुतलीबजार नगरपालिका २, ७ र १३ नम्बर वडाहरुका क्रमश सूर्यमुखी कृषि सहकारी संस्था, माझबीनी कृषि उपज उत्पादन तथा बजारीकरण सहकारी संस्था र पिपलडाँडा कृषि सहकारी संस्थाका सुन्तला कृषकहरुलाई सामाग्री वितरण गरिएको हो ।
विभिन्न सामाग्रीहरु हस्तान्तरण गर्दै पुतलीबजार नगरपालिका प्रमुख सीमा कुमारी क्षेत्रीले फलफुल तथा तरकारी मुल्य श्रंखला विकास आयोजनाले धेरै सहयोग गरेको बताउदै सुन्तला किसानहरुले सामाग्रीहरुको प्रयोगबाट सुन्तलामा हुने क्षेती न्यूनिकरण गर्न अनुरोध गर्नुभयो । नगरप्रमुख क्षेत्रीले मुल्य श्रंखला विकास आयोजनाको साझेदारीमा पुतलीबजारको खेलमैदान मालेबगरमा तरकारी विक्री केन्द्र स्थापना गरिएको जानकारी दिदै पुतलीबजारमा उत्पादन भएका सुन्तला तथा तरकारीहरु विक्री केन्द्रमार्फत विक्रि गर्न अनुरोध गर्नुभएको थियो ।

कार्यक्रममा पुतलीबजार नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत बाबुराम बराल, पुतलीबजार आर्थिक विकास समितिका संयोजक बाबुकाजी जिटी, कृषि शाखा प्रमुख कृषि अधिकृत मनिषा लामिछाने र फलफुल तथा तरकारी मुल्य शृंखला विकास आयोजनाका प्रतिनिधि अनुषा शर्मा लगायतले योजनाहरुलाई सफल बनाउन अनुरोध गर्नुभएको थियो । उहाँहरुले पुतलीबजार नगरपालिका र फलफुल तथा तरकारी मुल्य शृंखला विकास आयोजनाको साझेदीरमा उत्पादन भएका तरकारी तथा फलफुलहरुको बजारीकरणको लागि सहजीकरण गरिने बताउनुभएको थियो ।
कार्यक्रममा पुतलीबजार नगरपालीका भित्र रहेका सूर्यमुखी सहकारी, माझवानी कृषि उपज सहकारी र पिपलडाँडा सहकारीका २४ जना सुन्तला व्यवसायी कृषकहरुलाई ओरेन्ज हार्वेस्टर स्टीक वितरण गरिएको थियो । पुतलीबजार नगरपालिका भित्रका ३ सहकारी संस्थाका २४ सुन्तला व्यवसायी कृषकहरुलाई करिब ५५ हजार बराबरको ओरेन्ज हार्वेस्टर स्टीक तथा सम्बन्धीत पुस्तकहरु वितरण गरिएको कृषि शाखाका कर्मचारी सुना सुवेदीले जानकारी दिनुभयो ।

ताजा

सुन्तलाको राजधानी स्याङ्जामा, सुन्तलाको बोक्राबाट सौन्दर्य सामग्री उत्पादन

२०८३ असार २० गते, शनिबार

सुन्तलाको राजधानी स्याङ्जामा, सुन्तलाको बोक्राबाट सौन्दर्य सामग्री उत्पादन

२०८३ असार २० गते, शनिबार

फेदिखाेला गाउँपालिकालाई राष्ट्रिय सम्मान

२०८३ असार १९ गते, शुक्रबार

भिमादमा जीवन उपयोगी सीप तालिम सम्पन्न

२०८३ असार १९ गते, शुक्रबार

बिरुवा गाउँपालिकालाई राष्ट्रिय सम्मान

२०८३ असार १८ गते, बिहीबार

कास्की जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपन घोषणा

२०८३ असार १८ गते, बिहीबार

व्यापार ब्यावसाय प्रवर्द्धनका लागि मेराे उम्मेदवारी: पराजुली

२०८३ असार १८ गते, बिहीबार

वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न

२०८३ असार १७ गते, बुधबार

वालिङ उद्याेग वाणिज्य संघकाे अध्यक्षमा अनुपमा ढुङ्गाना निर्विराेध निर्वाचित

२०८३ असार १६ गते, मंगलवार

२३ओैँ धान दिवस असार १५ मा कृषक सम्मानित(फाेटाे फिचर)

२०८३ असार १५ गते, सोमबार

मनसुन सक्रिय : भारी वर्षा, बाढी–पहिरोको जोखिम बढेकाले सतर्क रहन प्राधिकरणको आग्रह

२०८३ असार १५ गते, सोमबार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal