जीवनको दुई मुख्य लक्ष्य गणतन्त्र र पार्टी एकताः नेता गौत

काठमाडौं, २३ पुस– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष तथा राष्ट्रिय सभाका सदस्य बामदेव गौतमले आफ्नो जीवनमा गणतन्त्र नेपालको स्थापना र कम्युनिष्ट पार्टीको एकता नै आफ्नो जीवनको दुई लक्ष्य रहेको बताउनुभएको छ । गणतन्त्र स्थापना र कम्युनिष्ट एकता पनि भएर जीवनको लक्ष्य पूरा भएपनि फेरि समस्या आउँदा आफू चिन्तित बनेको बताउनुभयो ।

राष्ट्रिय सभाको बैठकमा विशेष समयमा विहिबार दलीय धारणा राख्नुहुँदै नेता गौतमले त्यस्तो बताउनुभयो । राष्ट्रियसभा बैठकमा उहाँले आज बोल्नुभएको पहिलो पटक हो । पार्टी अहिले विभाजन भएपनि त्यसको कुनै औचित्य नरहेको बताउनुभयो । “नेकपा पार्टी विभाजन हुनुपर्ने कुनै औचित्य पुष्टि हुँदैन” उहाँले भन्नुभयो, “गएको आठ नौ महिनादेखि निरन्तर पार्टी एकता जोगाउनका निम्ति प्रयास गर्दैआएको छुँ, अविश्वासको प्रस्तावमा, आरोप प्रत्यारोप पत्रमा मैले हस्ताक्षर गरेको छैन ।”
प्रधानमन्त्रीको म कटु आलोचक हो, ४३ वर्षदेखिको उहाँ मेरो सहयोद्धा पनि हो, धेरै पटक मैले शैली परिवर्तन गर्न सुझाएको पनि छुँ नेता गौतमले भन्नुभयो, “प्रधानमन्त्रीले पनि मलाई मित्रको रुपमा सम्मान गर्नुहुन्छ तर यस पटक प्रतिनिधिसभा विघटन गर्दैगर्दा केही सल्लाह गर्नुभएन ।” मलाई प्रधानमन्त्रीबाट वर्खास्त गर्ने काम भयो भने त्यो दुर्भाग्यपूर्ण हुन्छ पटक पटक भन्ने गर्नुहुन्थ्यो उपाध्यक्ष गौतमले भन्नुभयो, “मैले त्यसो नगर्न भन्दै आएको थिएँ, त्यो कदम नचाल्नुहोला भन्थें, तर अन्तिम समयमा सोध्नुभएन ।”
प्रतिनिधिसभा विघटनको विषय संवैधानिक इजलासमा पुगेकाले अव सर्वोच्चको निर्णय नै पर्खनुपर्ने अवस्था रहेको चर्चा गर्नुहुँदै उपाध्यक्ष गौतमले निर्वाचन आयोग र सर्वोच्च अदालततिरै सबैको ध्यान रहेको बताउनुभयो । तीन वर्षमै पार्टी विभाजन गर्नुथियो भने, एकता किन गरेको ? जिज्ञासा राख्दै उपाध्यक्ष गौतमले नेकपा फुटले मुलुकलाई घाटा रहेको बताउनुभयो ।
जनताको बहुदलीय जनवाद ९जवज० पार्टीको मूल सिद्धान्त भएकाले त्यसलाई अङ्गिकार गर्नुको विकल्प नरहेको भन्नुहुँदै उहाँले जवजको आफू व्याख्याता पनि रहेको बताउनुभयो । नेता त्यो हो जसले समस्या समाधान गरेर अघि बढ्न सक्छ नेता गौतमले भन्नुभयो, “अहिले त्यस्तो नेताको पर्खाइमा मुलुक छ ।” पार्टी विभाजन भएमा एउटा खेमा तत्कालिन एमाले हुने र अर्को खेमा माओवादी नै हुने उहाँले बताउनुभयो ।
पुनः नेकपालाई एकता गराउन सकिन्छ कि भन्ने आशा लिएर आफू अभियानमा रहेको चर्चा गर्नुहुँदै नेता गौतमले अन्तिम समयसम्म प्रयास गर्ने बताउनुभयो । गल्ती कमजोरी दुवै पक्षमा रहेको आफूले देखेको बताउनुहुँदै उपाध्यक्ष गौतमले भन्नुभयो, “एक्लै एकताको माहौल बनाउन सकिन्न कि भनेर संगठनात्मक संरचना बनाएर अभियान अगाडि बढाउने तयारी गरेको छुँ ।” दुईटा समूहका मुख्य नेताहरु आरोप प्रत्यारोपमा उत्रनु लाजमर्दो भएको उहाँले चर्चा गर्नुभयो । स्रोत गोरखापत्र

ताजा

३ दिने क्षमता विकास कार्यक्रम सम्पन्न

२०८३ बैशाख १३ गते, आईतवार

३ दिने क्षमता विकास कार्यक्रम सम्पन्न

२०८३ बैशाख १३ गते, आईतवार

गृहमन्त्री सुधन गुरुङद्वारा राजीनामा

२०८३ बैशाख ९ गते, बुधबार

आज मातातीर्थ औँसी

२०८३ बैशाख ४ गते, शुक्रबार

वालिङ एक्स्पाेले यश क्षेत्रकाे पहिचानमा सहयाेग पुर्याउने छ : नगरप्रमुख खाँण

२०८२ चैत्र २६ गते, बिहीबार

पूर्वगृहमन्त्री रमेश लेखक रिहा

२०८२ चैत्र २६ गते, बिहीबार

पूर्वप्रधानमन्त्री ओलीलाई हाजिरी जमानीमा परिवारको जिम्मा लगाइयो

२०८२ चैत्र २६ गते, बिहीबार

लेबनान आक्रमणले युद्धविराम सङ्कटमा

२०८२ चैत्र २६ गते, बिहीबार

सरकारद्वारा अमेरिका–इरान युद्धविराम सम्झौताको स्वागत

२०८२ चैत्र २६ गते, बिहीबार

पोखरा सभागृहचोकमा महिलाको हत्या

२०८२ चैत्र २६ गते, बिहीबार

आज देखि वालिङमा प्रथम ओमकार इभेन्ट एक्स्पाे सुरु

२०८२ चैत्र २६ गते, बिहीबार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal