बाह्र वर्षसम्म विदेशमा नपाएको खुसी पोल्ट्री फर्ममा
गोपाल जिटी
वालिङ, २३ पुुस– “भनिन्छ बगेको खोला पनि बाह्र वर्षपछि फर्किन्छ ” यसैगरी बाह्र वर्ष खाडी मुलुकमा परिश्रम गरेपछि स्वदेश फर्केर पोल्ट्री व्यवसायमा लाग्नुभएको छ थमन गुरुङ । अर्जुनचौपारी गाउँपालिका रापाकोटका थमन गुरुङले दुवई र मलेशियागरी बाह्र वर्ष वैदेशिक रोजगारिमा विताएपनि स्वदेश फर्किएपछि हरियाली पोल्ट्री फर्म सञ्चालन गरेर अहिले यसमै रमाउनुभएको छ ।
अर्जुनचौपारी ३ रापाकोट स्थायी घर भएका थमन गुरुङ अहिले वालिङलाई कर्मथलो बनाएर पोल्ट्री व्यवसायीको रुपमा काम गरिरहनुभएको छ । हुने बिरुवाको चिल्लोपात भनेझैं सुरुवाती अवस्थामै थमनको हरियाली पोल्ट्री फर्म भरोसा लाग्दो छ । इच्छाशक्ति हुने हो भने आँप्mनै ठाउँमा अवसर छ भन्ने उहाँको फर्मले देखाएको छ । यही २०७७ असारदेखि कुखुरा पालन व्यावसाय सुरु गर्नुभएका थमनको फर्ममा अहिले २२ सय ब्रोइलर कुखुरा जति हे¥यो उति हेरौ हेरौ लाग्ने भएकाछन् ।
दुई छोरा र दुई छोरी र श्रमतीको पालनपोषण गर्नुपर्ने जिम्मेवारी, विश्वभर पैmलिएको कोरोना महामारीले गर्दा देशमा जब बन्दाबन्दी भयो तव केही न केही त गर्नु नै प¥यो भनेर थमनले कुखुरापालन रोज्नुभएको हो । रोजगारीको अबको विकल्प भनेको कृषि हो, यसमा पनि थोरै लगानीबाट गर्न सकिने र आम्दानी पनि छिटो हुने भएकाले पोल्ट्री व्यवसाय गर्न थालेको थमनले बताउनुभयो ।

कुखुरापालन सम्बन्धी कुनै पनि तालिम नलिनुभएका थमनले साथीहरुको सल्लाह र युटुयुुव लगायतका सामाजिक सञ्जालको सहायतामा व्यवसायको थालनी गर्नुभएको हो ।
वार्षिक ८४ हजारमा पाँच रोपनी जग्गा भाडामा लिएर दुईवटा खोर निर्माण गरेर व्यवसाय सुरु गर्नुभएका गुरुङले अब खोरको विस्तार गर्नुका साथै लोकल कुखुरा संगै टर्की पनि पाल्ने योजना रहेको बताउनुभयो । वास्तविक किसानले अझैपनि अनुदान पाउन नसकेको र व्यवसायिक किसानहरुको निश्पक्ष अनुगमन गरेर कामको आधारमा अनुदान दिनसके कृषिमा धेरै प्रगति हुने गुरुङ बताउनुहुन्छ ।
नेपालमा कृषिको क्षेत्रमा लाग्ने युवाहरुको भविष्य राम्रो रहेको बताउदै थमनले विदेश जान लगानी गर्ने पैशा कृषि क्षेत्रमा लगानी गर्न आग्रह गर्नुभयो । थमनले भन्नुभयो, “युवा साथीहरु विदेशको मुख ताकेर नबस्नुस, नभौंतारिनुस्, कृषिक्षेत्रमा लाग्नुस् काम दाम र नाम यहिँ छ ।” कोरोना भाइरस (कोभिड १९) को प्रकोप संगै रोजगारी गुमाएका धेरै युवाहरु दिनप्रतिदिन कृषि पेशाप्रति आकर्षण बढ्दै जान थालेको छ ।
ताजा
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
विजया दशमीकाे शुभकामना
२०८३ कार्तिक ५ गते, बुधबार
आज दशैँकाे टीका
२०८३ कार्तिक ५ गते, बुधबार
मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती
२०८३ कार्तिक ३ गते, सोमबार
न आफन्त रहे, न घरः छैन दसैँको रौनक
२०८३ कार्तिक १ गते, शनिबार
प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना
२०८३ कार्तिक १ गते, शनिबार
वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती
२०८३ आश्विन ३० गते, शुक्रबार
युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन
२०८३ आश्विन २५ गते, आईतवार





















