निबन्ध प्रतियोगिताका विजेतालाई पुरस्कार वितरण

गल्याङ, २२ पुुस– गल्याङ नगरपालिकामा भएको नगरपालिका स्तरीय निबन्ध लेखन प्रतियोगिताका विजेतालाई पुरस्कार वितरण गरिएको छ । भदौ २९ गते बाल दिवशको अवसर पारेर ‘कोरोना कहरमा विद्यालय शिक्षा’ शीर्षकमा अनलाइनको माध्यमबाट भएको प्रतियोगितामा विजेता भएका विद्यार्थीहरुलाई बुधबार नगरपालिकाको कार्यालयमा पुरस्कार वितरण गरिएको हो ।
प्रतियोगितामा प्रथम हुँदै वडा नम्बर ६ पिडिखोलामा रहेको नरोदय माध्यमिक विद्यालयकी छात्रा चन्द्रकला पाण्डे प्रथम वडा नम्बर ३ गल्याङमा रहेको चिराग आवासीय माध्यमिक विद्यालयकी छात्रा विनम्रता लुइटेलले द्वितीय र वडा नम्बर ११ मा रहेको गल्कोट माध्यमिक विद्यालयकी छात्रा सृष्टी अधिकारी तृतीय भएका थिए ।

प्रतियोगितामा विजेता छात्राहरुलाई पुरस्कार हस्तान्तरण गर्दै नगरप्रमुख भुपराज अधिकारीले शिक्षा र बालबालिकालाई जोडर नगरपालिकाले विशेष कार्यक्रम ल्याउन लागेको बताउनुभयो ।
नगरप्रमुख अधिकारीले बालबालिकालाई किताबी ज्ञानका साथै अन्य क्षेत्रमा समेत क्रियाशिल बनाउनका लागि रचनात्मक कार्यक्रमहरु समेत सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।
नगरपालिकाले विकास निर्माणका कामहरुका संगसंगै कृषिमा विशेष प्राथमिकता दिइरहेको बताउदै अब बालबालिकाको क्षेत्रमा पनि विशेष कार्यक्रम ल्याउने जानकारी दिनुभयो ।
पुरकार वितरण कार्यक्रममा नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख केदारराज आचार्यले कलिला बालबालिका भविश्यका कर्णधार भएको भन्दै उनीहरुको बहुआयामिक विकासमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

शिक्षा शाखाका सदस्य राजेन्द्रदेब खनालले अनलाइनबाट गरिएको प्रतियोगितामा नगरपालिका भित्रका १६ विद्यालयका विद्यार्थी सहभागि भएको जानकारी दिनुभयो ।
गल्याङ नगरपालिका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाको आयोजनामा भएको प्रतियोगिताको संयोजन शिक्षा युवा तथा खेलकुद शाखाले गरेको थियो ।
महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाकी प्रमुख अञ्जु खड्काले अतिरिक्त क्रियाकलाप अन्तरगत अनलाइनबाट प्रतियोगिताको आयोजना गरिएको जानकारी दिनुभयो । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने छात्राहरुलाई क्रमश पाँच हजार, तीन र दुई हजार नगद पुरस्कार सहित प्रमाण पत्र प्रदान गरिएको थियो ।

ताजा

३ दिने क्षमता विकास कार्यक्रम सम्पन्न

२०८३ बैशाख १३ गते, आईतवार

३ दिने क्षमता विकास कार्यक्रम सम्पन्न

२०८३ बैशाख १३ गते, आईतवार

गृहमन्त्री सुधन गुरुङद्वारा राजीनामा

२०८३ बैशाख ९ गते, बुधबार

आज मातातीर्थ औँसी

२०८३ बैशाख ४ गते, शुक्रबार

वालिङ एक्स्पाेले यश क्षेत्रकाे पहिचानमा सहयाेग पुर्याउने छ : नगरप्रमुख खाँण

२०८२ चैत्र २६ गते, बिहीबार

पूर्वगृहमन्त्री रमेश लेखक रिहा

२०८२ चैत्र २६ गते, बिहीबार

पूर्वप्रधानमन्त्री ओलीलाई हाजिरी जमानीमा परिवारको जिम्मा लगाइयो

२०८२ चैत्र २६ गते, बिहीबार

लेबनान आक्रमणले युद्धविराम सङ्कटमा

२०८२ चैत्र २६ गते, बिहीबार

सरकारद्वारा अमेरिका–इरान युद्धविराम सम्झौताको स्वागत

२०८२ चैत्र २६ गते, बिहीबार

पोखरा सभागृहचोकमा महिलाको हत्या

२०८२ चैत्र २६ गते, बिहीबार

आज देखि वालिङमा प्रथम ओमकार इभेन्ट एक्स्पाे सुरु

२०८२ चैत्र २६ गते, बिहीबार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal