निबन्ध प्रतियोगिताका विजेतालाई पुरस्कार वितरण
गल्याङ, २२ पुुस– गल्याङ नगरपालिकामा भएको नगरपालिका स्तरीय निबन्ध लेखन प्रतियोगिताका विजेतालाई पुरस्कार वितरण गरिएको छ । भदौ २९ गते बाल दिवशको अवसर पारेर ‘कोरोना कहरमा विद्यालय शिक्षा’ शीर्षकमा अनलाइनको माध्यमबाट भएको प्रतियोगितामा विजेता भएका विद्यार्थीहरुलाई बुधबार नगरपालिकाको कार्यालयमा पुरस्कार वितरण गरिएको हो ।
प्रतियोगितामा प्रथम हुँदै वडा नम्बर ६ पिडिखोलामा रहेको नरोदय माध्यमिक विद्यालयकी छात्रा चन्द्रकला पाण्डे प्रथम वडा नम्बर ३ गल्याङमा रहेको चिराग आवासीय माध्यमिक विद्यालयकी छात्रा विनम्रता लुइटेलले द्वितीय र वडा नम्बर ११ मा रहेको गल्कोट माध्यमिक विद्यालयकी छात्रा सृष्टी अधिकारी तृतीय भएका थिए ।

प्रतियोगितामा विजेता छात्राहरुलाई पुरस्कार हस्तान्तरण गर्दै नगरप्रमुख भुपराज अधिकारीले शिक्षा र बालबालिकालाई जोडर नगरपालिकाले विशेष कार्यक्रम ल्याउन लागेको बताउनुभयो ।
नगरप्रमुख अधिकारीले बालबालिकालाई किताबी ज्ञानका साथै अन्य क्षेत्रमा समेत क्रियाशिल बनाउनका लागि रचनात्मक कार्यक्रमहरु समेत सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।
नगरपालिकाले विकास निर्माणका कामहरुका संगसंगै कृषिमा विशेष प्राथमिकता दिइरहेको बताउदै अब बालबालिकाको क्षेत्रमा पनि विशेष कार्यक्रम ल्याउने जानकारी दिनुभयो ।
पुरकार वितरण कार्यक्रममा नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख केदारराज आचार्यले कलिला बालबालिका भविश्यका कर्णधार भएको भन्दै उनीहरुको बहुआयामिक विकासमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

शिक्षा शाखाका सदस्य राजेन्द्रदेब खनालले अनलाइनबाट गरिएको प्रतियोगितामा नगरपालिका भित्रका १६ विद्यालयका विद्यार्थी सहभागि भएको जानकारी दिनुभयो ।
गल्याङ नगरपालिका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाको आयोजनामा भएको प्रतियोगिताको संयोजन शिक्षा युवा तथा खेलकुद शाखाले गरेको थियो ।
महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाकी प्रमुख अञ्जु खड्काले अतिरिक्त क्रियाकलाप अन्तरगत अनलाइनबाट प्रतियोगिताको आयोजना गरिएको जानकारी दिनुभयो । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने छात्राहरुलाई क्रमश पाँच हजार, तीन र दुई हजार नगद पुरस्कार सहित प्रमाण पत्र प्रदान गरिएको थियो ।

ताजा
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
विजया दशमीकाे शुभकामना
२०८३ कार्तिक ५ गते, बुधबार
आज दशैँकाे टीका
२०८३ कार्तिक ५ गते, बुधबार
मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती
२०८३ कार्तिक ३ गते, सोमबार
न आफन्त रहे, न घरः छैन दसैँको रौनक
२०८३ कार्तिक १ गते, शनिबार
प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना
२०८३ कार्तिक १ गते, शनिबार
वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती
२०८३ आश्विन ३० गते, शुक्रबार
युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन
२०८३ आश्विन २५ गते, आईतवार





















