वडा प्रहरी कार्यालय वालिङका प्रमुख पौडेल सम्मानित


वालिङ, २१ पुस– जिल्ला प्रहरी कार्यालय स्याङ्जाले वडा प्रहरी कार्यालय वालिङका प्रहरी निरीक्षक हरिप्रसाद पौडेललाई सम्मान गरेको छ । रचनात्म तथा उदाहरणीय कार्य गरेको भन्दै जिल्ला प्रहरी कार्यालयले प्रहरी निरीक्षक पौडेललाई सम्मान गरेको हो । पौडेल मंसिर महिनाको उत्कृष्ठ प्रहरीको रुपमा पुलिस अफ द मन्थ घोषणा भई सम्मानित हुनुभएको हो ।
पौडेलको नेतृत्वमा बिभिन्न मुद्धाका फरार रहेका प्रतिवादीहरु पक्राउ, अबैध घरेलु मदिरा नियन्त्रण, लागु औषध सहित मानिस पक्राउ, ओसारपोसार कार्यमा रोकथाम एवं अपराध अनुसन्धान तथा नियन्त्रण गरि सर्वसाधारण नागरीकहरुलाई सुरक्षाको अनुभुति हुने गरि काम गर्नुभएको थियो । पौडेलले समाजमा शान्ति सुरक्षा कायम राखी आम नागरिक माझ प्रहरी संगठनको छबि उच्च गराउने कार्यमा अहम भुमिका निर्वाह गरेको भन्दै जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले कदरपत्र र सहित नगद सहित सम्मान गर्नुभएको हो ।
पौडेललाई सम्मान गर्दै जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी उपरीक्षक बोगटीले रचनात्मक तथा उदाहरणी कार्य गर्ने कर्मचारीलाई हरेक महिना सम्मान गरिने जानकारी दिनुभयो । स्याङ्जामा नयाँ कार्यको थालनी भएको बताउदै सम्मान कार्य धेरै जिल्लामा शुरु नभएको बताउनुभयो । यस्ता सम्मानले प्रहरी कर्मचारीहरुलाई काम गर्न थप प्रोत्साहन मिल्ने अपेक्षा गरिएको छ ।

ताजा

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

विजया दशमीकाे शुभकामना

२०८३ कार्तिक ५ गते, बुधबार

आज दशैँकाे टीका

२०८३ कार्तिक ५ गते, बुधबार

मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती

२०८३ कार्तिक ३ गते, सोमबार

न आफन्त रहे, न घरः छैन दसैँको रौनक

२०८३ कार्तिक १ गते, शनिबार

प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना

२०८३ कार्तिक १ गते, शनिबार

वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती

२०८३ आश्विन ३० गते, शुक्रबार

युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन

२०८३ आश्विन २५ गते, आईतवार

बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया

२०८३ आश्विन २५ गते, आईतवार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal