वडा प्रहरी कार्यालय वालिङका प्रमुख पौडेल सम्मानित
वालिङ, २१ पुस– जिल्ला प्रहरी कार्यालय स्याङ्जाले वडा प्रहरी कार्यालय वालिङका प्रहरी निरीक्षक हरिप्रसाद पौडेललाई सम्मान गरेको छ । रचनात्म तथा उदाहरणीय कार्य गरेको भन्दै जिल्ला प्रहरी कार्यालयले प्रहरी निरीक्षक पौडेललाई सम्मान गरेको हो । पौडेल मंसिर महिनाको उत्कृष्ठ प्रहरीको रुपमा पुलिस अफ द मन्थ घोषणा भई सम्मानित हुनुभएको हो ।
पौडेलको नेतृत्वमा बिभिन्न मुद्धाका फरार रहेका प्रतिवादीहरु पक्राउ, अबैध घरेलु मदिरा नियन्त्रण, लागु औषध सहित मानिस पक्राउ, ओसारपोसार कार्यमा रोकथाम एवं अपराध अनुसन्धान तथा नियन्त्रण गरि सर्वसाधारण नागरीकहरुलाई सुरक्षाको अनुभुति हुने गरि काम गर्नुभएको थियो । पौडेलले समाजमा शान्ति सुरक्षा कायम राखी आम नागरिक माझ प्रहरी संगठनको छबि उच्च गराउने कार्यमा अहम भुमिका निर्वाह गरेको भन्दै जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले कदरपत्र र सहित नगद सहित सम्मान गर्नुभएको हो ।
पौडेललाई सम्मान गर्दै जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी उपरीक्षक बोगटीले रचनात्मक तथा उदाहरणी कार्य गर्ने कर्मचारीलाई हरेक महिना सम्मान गरिने जानकारी दिनुभयो । स्याङ्जामा नयाँ कार्यको थालनी भएको बताउदै सम्मान कार्य धेरै जिल्लामा शुरु नभएको बताउनुभयो । यस्ता सम्मानले प्रहरी कर्मचारीहरुलाई काम गर्न थप प्रोत्साहन मिल्ने अपेक्षा गरिएको छ ।
ताजा
आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात
२०८३ भाद्र १५ गते, सोमबार
आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात
२०८३ भाद्र १५ गते, सोमबार
सुरुङभित्र खोजी तीव्र, वैकल्पिक मार्ग खोलिँदै
२०८३ भाद्र १५ गते, सोमबार
‘हिमाली सुनामी’ नामकरण गर्न विज्ञको सुझाव
२०८३ भाद्र १५ गते, सोमबार
एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम
२०८३ भाद्र १३ गते, शनिबार
भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो
२०८३ भाद्र १३ गते, शनिबार
आज जनैपूर्णिमा पर्व मनाइँदै
२०८३ भाद्र १२ गते, शुक्रबार
सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”
२०८३ भाद्र ११ गते, बिहीबार
भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन
२०८३ भाद्र ११ गते, बिहीबार
नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय
२०८३ भाद्र ११ गते, बिहीबार





















