स्वास्थ्य सेवा जनताको सहज पहुँचमा पुर्याउँछौः नगरप्रमुख खाँण
वालिङ, २१ पुुस– वालिङ नगरपालिका ८ काफलडाँडामा शहरी स्वास्थ्य केन्द्र भवन सोमबार उद्दघाटन गरिएको छ । नवनिर्मित शहरी स्वास्थ्य केन्द्रको भवन नगरप्रमुख दिलिपप्रताप खाँणले गर्नुभयो । भवन उद्दघाटन कार्यक्रममा बोल्दै नगरप्रमुख खाँणाले स्वास्थ्य सेवा जनताको सहज पहुँचमा पुर्याउने भन्दै सर्भसुलभ स्वास्थ्य सेवाको विस्तार गरिने बताउनुभयो । साथै प्रमुख खाँणले टोलटोलमा आधारभूत स्वास्थ्य सेवा पुर्याउने, निशुल्क स्वास्थ्य शिविरहरु सञ्चालन गरेर जनताको घरदैलोमा स्वास्थ्य सेवा पुर्याईने बताउनुभयो ।
निशुल्क स्वास्थ्य विमा गरेर लाभ लिन अनुरोध गर्दै प्रमुख खांणले जेष्ठ नागरिकको लागि विषेश नीति तथा कार्यक्रम बनाएर जेष्ठ नागरिक मैत्री स्वास्थ्य सेवा बनाईने बताउनुभयो । कार्यक्रममा उपप्रमुख कल्पना तिवारी, प्रमुख प्रशासकिय अधिकृत जिवन ज्ञवाली लगायतले बोल्नुभएको थियो ।
वडा अध्यक्ष कमलप्रसाद सुवेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रम कपिलमणी खनालले सञ्चालन गर्नुभएको थियो । भवनको कुल लागत ३८ लाख ८६ हजार ९ सय २० रुपैँया रहेको छ ।
ताजा
आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात
२०८३ भाद्र १५ गते, सोमबार
आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात
२०८३ भाद्र १५ गते, सोमबार
सुरुङभित्र खोजी तीव्र, वैकल्पिक मार्ग खोलिँदै
२०८३ भाद्र १५ गते, सोमबार
‘हिमाली सुनामी’ नामकरण गर्न विज्ञको सुझाव
२०८३ भाद्र १५ गते, सोमबार
एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम
२०८३ भाद्र १३ गते, शनिबार
भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो
२०८३ भाद्र १३ गते, शनिबार
आज जनैपूर्णिमा पर्व मनाइँदै
२०८३ भाद्र १२ गते, शुक्रबार
सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”
२०८३ भाद्र ११ गते, बिहीबार
भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन
२०८३ भाद्र ११ गते, बिहीबार
नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय
२०८३ भाद्र ११ गते, बिहीबार





















