कालोपत्रे गरिदै हरिनासका सडक

स्याङ्जा, १६ पुुस– जिल्ला सदरमुकाम देखि निकै टढाको दुरीमा रहेको हरिनास गाउँपालिकामा रहेका सडक यतिबेला धमाधम कालोपत्रे हुने क्रममा रहेकाछन् । हरिनास गाउँपालिका बासिलाई जिल्ला सदरमुकाम आउन भन्दा तनहुको भीमाद र कास्कीको पोखरा पायक पर्ने गरेको छ । पक्कि सडकले नछोएको हरिनासमा यतिबेला भने सडक कालोपत्रे गर्ने कर्याले गति लिएको छ । स्थानीय तहको निर्वाचन भए संगै गाउँपालिकाको नेतृत्व लिनुभएका यवा समाजसेवी गाउँपालिकाका अध्यक्ष खिमनाराण मानन्धर पालिकाको विकास निर्माणको कार्यमा खटेरै लाग्नुभएको छ । पालिकालाई सडक सञ्जाल संग नजोडे सम्म चाहेर पनि पालिकाको विकास गर्न नसकिने भन्दै पालिका प्रमुख मानन्धर पालिकालाई सडक सञ्जालमा जोडने अभियानमा लाग्नुभएको छ । पालिकामा पालिकामा पहिलोपट सडक कालोपत्रे भएपछि स्थानीय बासिन्दा खुसी भएकाछन भने चित्रेदेखि राम्चेसम्म १३ सय मिटर सडक कालोपत्रे अन्तिम चरणमा पुगेको छ । यसैगरी साँखेदेखि गाउँपालिका केन्द्रसम्म १७ किलोमिटर र राते पहरादेखि गिरकोटसम्मको १० किलोमिटर प्रदेश सरकारको कार्यक्रम अन्तर्गत कालोपत्रे गर्ने तयारी भैरहेको छ । सडक कालोपत्रे निर्माण कार्य सम्पन्न भएपछि हरिनास बासिले वर्खा याममा पनि सहज रुपमा यात्रा गर्न पनउनेछन् ।

गाउँपालिका अध्यक्ष मानन्धरले विकासको पहिलो पूर्वाधार नै सडक भएकोले स्थानीय सरकार र प्रदेश सरकारको साझेदारीमा पहिलोपटक पालिकामा कालोपत्रे सडक निर्माण गरेकाछौ यसले हामीलाई विकास निर्माणको काममा लाग्न थप उत्साहित बनाएको छ । हरिनासलाई सडक सञ्जाल संग जोडने अभियान संगै बिभिन्न ठाउँमा पुल निर्माण कार्य समेत थालिएको छ । स्याङ्जाको हरिनास गाउँपालिका र तनहुको शुक्लागण्डकी नगरपालिकालाई जोड्ने सडक तथा क्वाङ्दी खोलामा मोटरेवल पुलको गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले एक कार्यक्रमका विच शिलान्यास गर्नुभएको छ । सो पुलको निर्माण कार्य सम्पन्न भएपछि हरिनास बासिलाई सडक यात्रा गर्न सहज हुनेछ ।

ताजा

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

विजया दशमीकाे शुभकामना

२०८३ कार्तिक ५ गते, बुधबार

आज दशैँकाे टीका

२०८३ कार्तिक ५ गते, बुधबार

मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती

२०८३ कार्तिक ३ गते, सोमबार

न आफन्त रहे, न घरः छैन दसैँको रौनक

२०८३ कार्तिक १ गते, शनिबार

प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना

२०८३ कार्तिक १ गते, शनिबार

वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती

२०८३ आश्विन ३० गते, शुक्रबार

युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन

२०८३ आश्विन २५ गते, आईतवार

बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया

२०८३ आश्विन २५ गते, आईतवार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal