कालोपत्रे गरिदै हरिनासका सडक

स्याङ्जा, १६ पुुस– जिल्ला सदरमुकाम देखि निकै टढाको दुरीमा रहेको हरिनास गाउँपालिकामा रहेका सडक यतिबेला धमाधम कालोपत्रे हुने क्रममा रहेकाछन् । हरिनास गाउँपालिका बासिलाई जिल्ला सदरमुकाम आउन भन्दा तनहुको भीमाद र कास्कीको पोखरा पायक पर्ने गरेको छ । पक्कि सडकले नछोएको हरिनासमा यतिबेला भने सडक कालोपत्रे गर्ने कर्याले गति लिएको छ । स्थानीय तहको निर्वाचन भए संगै गाउँपालिकाको नेतृत्व लिनुभएका यवा समाजसेवी गाउँपालिकाका अध्यक्ष खिमनाराण मानन्धर पालिकाको विकास निर्माणको कार्यमा खटेरै लाग्नुभएको छ । पालिकालाई सडक सञ्जाल संग नजोडे सम्म चाहेर पनि पालिकाको विकास गर्न नसकिने भन्दै पालिका प्रमुख मानन्धर पालिकालाई सडक सञ्जालमा जोडने अभियानमा लाग्नुभएको छ । पालिकामा पालिकामा पहिलोपट सडक कालोपत्रे भएपछि स्थानीय बासिन्दा खुसी भएकाछन भने चित्रेदेखि राम्चेसम्म १३ सय मिटर सडक कालोपत्रे अन्तिम चरणमा पुगेको छ । यसैगरी साँखेदेखि गाउँपालिका केन्द्रसम्म १७ किलोमिटर र राते पहरादेखि गिरकोटसम्मको १० किलोमिटर प्रदेश सरकारको कार्यक्रम अन्तर्गत कालोपत्रे गर्ने तयारी भैरहेको छ । सडक कालोपत्रे निर्माण कार्य सम्पन्न भएपछि हरिनास बासिले वर्खा याममा पनि सहज रुपमा यात्रा गर्न पनउनेछन् ।

गाउँपालिका अध्यक्ष मानन्धरले विकासको पहिलो पूर्वाधार नै सडक भएकोले स्थानीय सरकार र प्रदेश सरकारको साझेदारीमा पहिलोपटक पालिकामा कालोपत्रे सडक निर्माण गरेकाछौ यसले हामीलाई विकास निर्माणको काममा लाग्न थप उत्साहित बनाएको छ । हरिनासलाई सडक सञ्जाल संग जोडने अभियान संगै बिभिन्न ठाउँमा पुल निर्माण कार्य समेत थालिएको छ । स्याङ्जाको हरिनास गाउँपालिका र तनहुको शुक्लागण्डकी नगरपालिकालाई जोड्ने सडक तथा क्वाङ्दी खोलामा मोटरेवल पुलको गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले एक कार्यक्रमका विच शिलान्यास गर्नुभएको छ । सो पुलको निर्माण कार्य सम्पन्न भएपछि हरिनास बासिलाई सडक यात्रा गर्न सहज हुनेछ ।

ताजा

आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात

२०८३ भाद्र १५ गते, सोमबार

आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात

२०८३ भाद्र १५ गते, सोमबार

सुरुङभित्र खोजी तीव्र, वैकल्पिक मार्ग खोलिँदै

२०८३ भाद्र १५ गते, सोमबार

‘हिमाली सुनामी’ नामकरण गर्न विज्ञको सुझाव

२०८३ भाद्र १५ गते, सोमबार

एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम

२०८३ भाद्र १३ गते, शनिबार

भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो

२०८३ भाद्र १३ गते, शनिबार

आज जनैपूर्णिमा पर्व मनाइँदै

२०८३ भाद्र १२ गते, शुक्रबार

सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”

२०८३ भाद्र ११ गते, बिहीबार

भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय

२०८३ भाद्र ११ गते, बिहीबार

बाढीपीडित घाइतेको नेपाल मेडिकल कलेजले निःशुल्क उपचार गर्ने

२०८३ भाद्र ११ गते, बिहीबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal