सेवाग्राही मैत्री हुन मालपोत कार्यालयलाई अनुरोध
वालिङ १६ पुस– वालिङ उद्योग वाणिज्य संघले थप कर्जामा रोक्का प्रक्रिया सहजीकरण गरी सेवाग्राहीमैत्रि कार्यालयको रुपमा स्थापित हुँन मालपोत कार्यालय वालिङलाई अनुरोध गरेको छ । यस सम्बान्धमा संघले भूमि व्यवस्थापन तथा अभिलेख विभागलाई बोधार्थ उल्लेख गरी मालपोत कार्यालय वालिङलाई बिहीबार एक अनुरोध पत्र बुझाइएको हो ।
नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य एवम् वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष शोभाकान्त पौडेल, संघका महासचिव केशरबहादुर खाँण (ध्रुब), कार्यकारी सचिव बाबुराम रेग्मी, पत्रकार श्रीकृष्ण सिग्देल, फूलबारी बचत तथा ऋण सहकारी संस्थाका प्रबन्धक सञ्जय पौडेलसहितको टोलीले मालपोत कार्यालयका प्रमुख रविन अधिकारीलाई उक्त अनुरोध पत्र बुझाएको हो ।
बैंक तथा वित्तीय संस्थाहरुबाट गरिएको लगानीमा थप कर्जाको ब्यवस्था गर्नुपर्ने भएमा मालपोत कार्यालयबाट थप कर्जा रोक्काको व्यवस्था नहुँदा उद्योगी ब्यवसायीहरु ऋणमाथि थप ऋण खोजी बैंकको हिसाब मिलान गर्ने अवस्था सृजना भएको भन्दै संघले यस्तो अनुरोध गरेको हो ।
मालपोतबाट फुकुवा एवं पुनः धीतो बन्धक गर्नुपर्ने तथा धीतो बन्धकमा दोहोरो राजश्व तिर्नुपर्ने बाध्यात्मक अवस्थाका कारण कर्जा थपमा धीतो रोक्काको व्यवस्था एवम् अन्य विविध विषयहरुमा समेत सेवाग्राहीमैत्री नभएको जस्ता बिषयहरुमा सहजीकरणका लागि समेत छलफल भएको संघका अध्यक्ष पौडेलले बताउनुभयो ।
मालपोत प्रमुख अधिकारीले यस बिषयमा पहिला पनि विभागमा पत्र पठाईसकेको र छिट्टै नै यसको लागि थप पहल गर्ने बताउनुभएको थियो । साथै मालपोत कार्यालयबाट भएका सेवा प्रवाहका विषयमा छलफल गरिएको छ ।

ताजा
आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात
२०८३ भाद्र १५ गते, सोमबार
आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात
२०८३ भाद्र १५ गते, सोमबार
सुरुङभित्र खोजी तीव्र, वैकल्पिक मार्ग खोलिँदै
२०८३ भाद्र १५ गते, सोमबार
‘हिमाली सुनामी’ नामकरण गर्न विज्ञको सुझाव
२०८३ भाद्र १५ गते, सोमबार
एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम
२०८३ भाद्र १३ गते, शनिबार
भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो
२०८३ भाद्र १३ गते, शनिबार
आज जनैपूर्णिमा पर्व मनाइँदै
२०८३ भाद्र १२ गते, शुक्रबार
सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”
२०८३ भाद्र ११ गते, बिहीबार
भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन
२०८३ भाद्र ११ गते, बिहीबार
नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय
२०८३ भाद्र ११ गते, बिहीबार





















