वैकल्पिक कामले राहत दियोः पर्यटन मजदुर
फाइल तस्विरः
पोखरा, १४ पुस– कोभिड–१९ ले पर्यटन क्षेत्र ठप्प हुँदा रोजगारी गुमाएका पर्यटक मजदुर पदमार्गको स्तरोन्नति काम पाउँदा राहत अनुभव गरेका छन् । नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्र सङ्घ विकास कार्यक्रम (युएनडिपी) सहयोगमा सञ्चालित जीवनयापन सहयोग कार्यक्रमको पहिलो चरणको नमूना परियोजना अन्तर्गत पोखराको–२४ कास्कीकोटमा पदमार्ग (हाइकिङ ट्रेल) स्तरोन्नति भइरहेको छ । उक्त कार्यमा व्यस्त कास्कीकोटका ३० वर्षीय दुर्गाबहादुर नेपालीले बेरोजगार भएर बसिरहेको समयमा पाएको रोजगारीले धेरै राहत भएको बताउनुभयो । पर्यटन क्षेत्रमा १२ देखि पथप्रदर्शन काम गर्दै आउनुभएका उहाँले लामो समय घरमा बस्दासमेत दिक्क मानेको अनुभव सुनाउनुभयो । सन् १९९८ देखि पर्यटन क्षेत्रमा भरिया हुँदै पथप्रदर्शनको काम गर्दै आउनुभएका ४२ वर्षीय चन्द्रकान्त सुवेदी छोटो समयको वैकल्पिक कामले अहिलेको अवस्थामा निकै राहत भएको जानकारी दिनुभयो । उहाँले पर्यटन चलायमान भएपछि पर्यटक आउने विश्वास व्यक्त गर्नुभयो ।
नेपाल पर्यटन बोर्डका निर्देशक एवं अनुसन्धान योजना तथा अनुगमन महाशाखा प्रमुख मणि लामिछाने कोभिड १९ ले धेरैको रोजीरोटी गुमेको अवस्थामा तत्कालको अवस्थालाई ध्यान दिएर जीवनयापन कार्यक्रममार्फत रोजगार प्रदान गरेको बताउनुभयो । उहाँले पहिलो चरणमा युएनडिपीको आर्थिक सहयोगमा गण्डकी प्रदेश कास्कीकोट, मादी गाँउपालिकाको टोनी हेगन पदमार्ग र अन्नपूर्णको गाउँपालिको अन्नपूर्ण बेसक्याम्पका गरी १७० जना र प्रदेश १ को एभेरष्ट क्याम्पमा ८० जना जनकपुर २० जना गरेर २ सय ५० जनालाई मजदुरलाई ४५ दिनको अल्पकालीन रोजगार प्रदान गरेको बताउनुभयो ।
ताजा
चापाकाेट नगरपालिका एकका वडा अध्यक्ष वाेस्तीलाई माेविल छ्यापेकाे आराेपमा वडा सदस्य सन्ताेष थापा पक्राउ
२०८३ भाद्र १७ गते, बुधबार
चापाकाेट नगरपालिका एकका वडा अध्यक्ष वाेस्तीलाई माेविल छ्यापेकाे आराेपमा वडा सदस्य सन्ताेष थापा पक्राउ
२०८३ भाद्र १७ गते, बुधबार
आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात
२०८३ भाद्र १५ गते, सोमबार
सुरुङभित्र खोजी तीव्र, वैकल्पिक मार्ग खोलिँदै
२०८३ भाद्र १५ गते, सोमबार
‘हिमाली सुनामी’ नामकरण गर्न विज्ञको सुझाव
२०८३ भाद्र १५ गते, सोमबार
एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम
२०८३ भाद्र १३ गते, शनिबार
भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो
२०८३ भाद्र १३ गते, शनिबार
आज जनैपूर्णिमा पर्व मनाइँदै
२०८३ भाद्र १२ गते, शुक्रबार
सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”
२०८३ भाद्र ११ गते, बिहीबार
भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन
२०८३ भाद्र ११ गते, बिहीबार





















