फूलबारी बचत तथा ऋण सहकारीको डुम्रेभञ्याङ सेवा केन्द्रमा कार्यक्रम
स्याङ्जा, १४ पुस– फूलबारी बचत तथा ऋण सहकारी संस्था वालिङ १० को सातौं साधारणसभा अन्र्तगत सोमबार डुम्रेभञ्याङ सेवा केन्द्रमा कार्यक्रम गरिएको छ । सहकारीले यही पुस ७ गतेबाट साधारण सभाको कार्यक्रम शुभारम्भ गरेको थियो । कोभिड १९ का कारण सहकारीले यही पुस १७ गतेसम्म आफ्ना सदस्यहरुको रायसुझाव संकलन गर्ने कार्य गर्नेछ भने १८ गते समापन गर्नेछ । सोमबार डुम्रेभञ्याङ सेवा केन्द्रमा वालिङ नगरपालिका १४ का वडा अध्यक्ष झम्मरबहादुर श्रेष्ठले सुझाव संकलन कार्यक्रमको एक कार्यक्रमका विच उद्घाटन गर्नुभयो । कर्यक्रममा अध्यक्ष श्रेष्ठले सहकारीमा आवद्ध भई बचत गर्ने बानी बसाल्नुका साथै उत्पादनमुलक कार्यमा जोडिएर आर्थिक गतिविधिलाई चलायमान बनाउनुपर्ने बताउनुभयो । कार्यक्रममा संस्थाका अध्यक्ष शोभाकान्त पौडेलले सेवाकेन्द्र अन्र्तगतका शेयर सदस्यहरुबीच राय सुझाव संकलन गर्ने, अहिलेसम्मका कार्यप्रगति र भावी योजनाका विषयमा जानकारी गराईएको बताउनुभयो ।

डुम्रेभञ्याङ सेवा केन्द्र व्यवस्थापन समितिका संयोजक टेकबहादुर दर्लामीको स्वागत मन्तव्य संगै सुरु भएको कार्यक्रम संस्थाका अध्यक्ष शोभाकान्त पौडेलको अध्यक्षता र सचिव नेत्रप्रसाद सुवेदीको सञ्चालनमा सम्पन्न भएको थियो ।
२०६९ सालमा स्थापना ६३ जना शेयर दस्यबाट रु १५ लाख ७५ हजार शेयर पूँजीबाट कारोबार सुरु गरेको संस्थामा हाल ९४७ जना शेयर
सदस्य र शेयर पूँजबी २ करोड ३५ लाख ३० हजार ८ सय रहेको छ भने ऋण लगानी रु २३ करोड ८२ लाख ३२ हजार ८ सय ८० रुपैया रहेको छ । निक्षेप तर्फ २१ करोड २५ लाख २३ हजार ७ सय ३७ रहेको सहकारीले जनाएको छ ।

ताजा
सुन्तलाको राजधानी स्याङ्जामा, सुन्तलाको बोक्राबाट सौन्दर्य सामग्री उत्पादन
२०८३ असार २० गते, शनिबार
सुन्तलाको राजधानी स्याङ्जामा, सुन्तलाको बोक्राबाट सौन्दर्य सामग्री उत्पादन
२०८३ असार २० गते, शनिबार
फेदिखाेला गाउँपालिकालाई राष्ट्रिय सम्मान
२०८३ असार १९ गते, शुक्रबार
भिमादमा जीवन उपयोगी सीप तालिम सम्पन्न
२०८३ असार १९ गते, शुक्रबार
बिरुवा गाउँपालिकालाई राष्ट्रिय सम्मान
२०८३ असार १८ गते, बिहीबार
कास्की जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपन घोषणा
२०८३ असार १८ गते, बिहीबार
व्यापार ब्यावसाय प्रवर्द्धनका लागि मेराे उम्मेदवारी: पराजुली
२०८३ असार १८ गते, बिहीबार
वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न
२०८३ असार १७ गते, बुधबार
वालिङ उद्याेग वाणिज्य संघकाे अध्यक्षमा अनुपमा ढुङ्गाना निर्विराेध निर्वाचित
२०८३ असार १६ गते, मंगलवार
२३ओैँ धान दिवस असार १५ मा कृषक सम्मानित(फाेटाे फिचर)
२०८३ असार १५ गते, सोमबार





















