विकास र समृद्धिको यात्रालाई राजनीतिक ढंगले हेर्नु हुदैन ः सभापति रेग्मी
गोपाल जि टी
स्याङ्जा, ११ पुस– गण्डकी प्रदेश विधायन समितिका सभापति मोहन रेग्मीले जनताले चाहेको विकास र समृद्धिलाई राजनीतिक ढंगले हेरेर खेलवाड गर्न नहुने बताउनुभएको छ । काम गर्ने दौरानमा मान्छेका फरक दृष्टिकोण हुन सक्ने उल्लेख गर्दै सभापति रेग्मीले अहिलेको सरकारले खेलेको भूमिकालाई राजनीतिक ढंगले प्रहार गर्न पनि नहुँने बताउनुभयो । स्याङ्जाको वालिङस्थित उपकार बचत तथा ऋण सहकारी संस्थाको २८ औं वार्षिक साधारणसभाको उद्घाटन गर्दै सभापति रेग्मीले राष्ट्रिय स्वाभिमानको लडाईंमा वर्तमान सरकारले खेलेको भूमिका हरेक ठाउँमा प्रशंसनीय भएको दाबी गर्नुभयो । राष्ट्रियताको सवालमा जनताको मनमा अहिलेको सरकारको भूमिका प्रशंसनीय भएको छ , गुमेको भूमि फिर्ता गर्ने कुरामा सरकार दृढताका साथ उभिएको छ ।
राष्ट्रिय गौरवका धेरै योजनाहरु सञ्चालन गरिएको र विकास निर्माणको कामले तिब्रता पाएको जगजाहेर भएको पनि सभापति रेग्मीले स्पष्ट पार्नुभयो ।
सभापति रेग्मीले सरकारी, सहकारी र नीजि गरेर तीन खम्बे अर्थनीतिलाई अङ्गिकार गरेर प्रदेश सरकार अगाडि बढेको बताउदै तीनै क्षेत्रका पूँजीलाई एकिकृत गरि विकास निर्माण र जनताको समृद्दिको लागि लगानी गर्नुपर्छ भन्ने प्रदेश सरकारको मान्यता रहेको बताउनुभयो ।
हामीले निर्माण गरेको सहकारी ऐनले यी सबै विषयलाई समेट्ने प्रयास गरेको छ । छरिएको पूँजीलाई एकिकृत गरि अहिलेको सन्दर्भमा उत्पादनमा कसरी अगाडि लैजान सकिन्छ र शेयर सदस्यहरुको उन्नति र प्रगति कसरी गर्न सकिन्छ भन्ने अहिलेको सरोकारको विषय बनेको सभापति रेग्मीको भनाई छ । आर्थिक समृद्दिको बाटोमा जानुपर्ने अहिलकोे आवस्यकता हो । जनताले अपेक्षा गरेको संघीय लोकतान्त्रिक नेपालकोे सुखी नेपाली र समृद्ध राष्ट्र बन्नको लागि हरेक नेपालीको अनुहार हँसिलो र खुशी देख्न चाहन्छौं, त्यो आर्थिक समृद्धिको बाटोमा अगाडि जानसके मात्र पूरा हुन्छ । सामुहिकतामा जोड दिएको उल्लेख गर्दै सभापति रेग्मीले सहकारीको माध्यमबाट अगाडि बढ्ने योजनाहरु अगाडि बढाएको बताउनुभयो । सहकारीको माध्यमबाट अगाडि बढ्न उत्पादनमा लाग्नसक्ने वातावरण बन्ने विश्वास लिएका छौं । आर्थिक समृद्धिको बाटोमा कसरी अगाडि बढ्ने भन्न कुरा कुनै एउटा पार्टीको भन्दा पनि सबैको साझा एजेण्डा भएको सभापति रेग्मीको भनाइ थियो । सहकारीको माध्यमबाट कृषिमा लगानी गर्ने अभियानमा आँपूm रहेको बताउँदै सभापति रेग्मीले सहकारीको माध्यमबाट गाउँका जनताहरुलाई आर्थिक समृद्धिको बाटोमा अगाडि बढाउने बताउनुभयो ।

२०५० सालमा स्थापना भएको सहकारीले प्रधान कार्यालय वालिङमा शनिबार वार्षिक साधारणसभा सम्पन्न गरेको हो । वालिङ ८ मा सुविधा सम्पन्न आप्mनै भवनमा प्रधान कार्यालय रहेको सहकारीले वालिङ बजार, बायँटारी, कालीगण्डकी गाउँपालिकाको मिर्मी र चापाकोट नगरपालिकाको दामाचौरमा गरि ४ वटा सेवाकेन्द्रका साथै वालिङ ७ केवरेमा सदस्य सम्पर्क कार्यालय सञ्चालन गरिसकेको छ ।
कोभिड १९ को महामारीका कारण आप्mना सदस्यहरुको स्वास्थ्यको ख्याल गर्दै यहि पुस १ देखि१० गतेसम्म शेयर सदस्यको घर घरमै पुगी राय सँकलन गरेको सहकारीले सेवाकेन्द्रहरुबाट प्रतिनिधीमूलक उपस्थितिमा साधारणसभा सम्पन्न गरेको हो ।
ताजा
सुन्तलाको राजधानी स्याङ्जामा, सुन्तलाको बोक्राबाट सौन्दर्य सामग्री उत्पादन
२०८३ असार २० गते, शनिबार
सुन्तलाको राजधानी स्याङ्जामा, सुन्तलाको बोक्राबाट सौन्दर्य सामग्री उत्पादन
२०८३ असार २० गते, शनिबार
फेदिखाेला गाउँपालिकालाई राष्ट्रिय सम्मान
२०८३ असार १९ गते, शुक्रबार
भिमादमा जीवन उपयोगी सीप तालिम सम्पन्न
२०८३ असार १९ गते, शुक्रबार
बिरुवा गाउँपालिकालाई राष्ट्रिय सम्मान
२०८३ असार १८ गते, बिहीबार
कास्की जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपन घोषणा
२०८३ असार १८ गते, बिहीबार
व्यापार ब्यावसाय प्रवर्द्धनका लागि मेराे उम्मेदवारी: पराजुली
२०८३ असार १८ गते, बिहीबार
वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न
२०८३ असार १७ गते, बुधबार
वालिङ उद्याेग वाणिज्य संघकाे अध्यक्षमा अनुपमा ढुङ्गाना निर्विराेध निर्वाचित
२०८३ असार १६ गते, मंगलवार
२३ओैँ धान दिवस असार १५ मा कृषक सम्मानित(फाेटाे फिचर)
२०८३ असार १५ गते, सोमबार





















