जाँडखोला दुर्घटनामा घाईतेहुनेहरुको संख्या १३ पुग्यो, नामावली सहित
स्याङ्जा, ११ पुस– पुतलीबजार नगरपालिका ११ स्थित सिद्धार्थ राजमार्गको जाँडखोलामा बस र ट्रक एकआपसमा ठोकिँदा १३ जना घाईते भएका छन् । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार पोखराबाट वालिङ आउँदै गरेको लु १ ख ६५९४ नम्बरको ट्रक र पर्वतको फोक्सिङ देखि अर्जुनचौपारी हुदै पोखरा जाँदै गरेको ना ५ ख ५१३९ नम्बरको बस एकआपसमा ठोकिँदा १३ जना घाईते भएका हुन् । घाइते हुनेहरुमध्ये १० जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ भने ३ जनालाई थप उपचारको लागि पोखरा लगिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
घाईतेहुनेहरुमा अर्जुनचौपारी गाउँपालिका २ का ३८ वर्षीय घमनसिङ गुरुङ, अर्जुनचौपारी ३ घर भई हाल पोखरा बस्ने ३५ वर्षीया जमुना काफ्ले, पर्वत जिल्ला महासिला गाउँपालिका ५ घर भई सोही वसको सह चालक काम गर्ने २८ वर्षीय अमृत वि.क, ट्रक चालक पाल्पा जिल्ला तानसेन नगरपालिका ८ डुम्रे वस्ने ४३ वर्षीय खुमबहादुर दंगाल, अर्जुनचौपारी गाउँपालिका ४ की ६८ वर्षीया जमुना गुरुङ, अर्जुनचौपारी ६ की ६३ वर्षीया तुलसी काप्ले, पुतलीबजार नगरपालिका १३ का ५६ वर्षीय सालिग्राम सुनार, सोही ठाउँका ५० वर्षीया उमादेवी सुनार, पर्वत जिल्ला महासिला गाउपालिका २ की ३० वर्षीया चेत कुमारी नेपाली, अर्जुनचौपारी ३ का ७६ वर्षीय रुम व.गुरुङ, पुतली बजार नगरपालिका ११ का ८३ वर्षीय शेषकान्त अर्याल, पर्वत माहाशिला गाउँपालिका ५ का १८ वर्षीय सागर गैरे, अर्जुनचौपारी २ का ४७ वर्षीय प्रितमसिङ गुरुङ रहेका छन् । जमुना काफ्ले, घमनसिङ गुरुङ र बसका सहचालक अमृत वि.क लाई थप उपचारको लागि पोखरा लगिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायव उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिनुभयो । अन्य घाईतेहरुको जिल्ला अस्पातालमा उपचार भइरहेको छ भने ट्रक र बस प्रहरीले नियन्त्रणमा नियन्त्रणमा लिएर सिद्धार्थ राजमार्ग एकतर्फी सुचारू भएको छ । अधिकांश घाईतेहरुको टाउँको हात खुट्टा र मुखमा चोट लागेको र घटनाका बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
ताजा
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
विजया दशमीकाे शुभकामना
२०८३ कार्तिक ५ गते, बुधबार
आज दशैँकाे टीका
२०८३ कार्तिक ५ गते, बुधबार
मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती
२०८३ कार्तिक ३ गते, सोमबार
न आफन्त रहे, न घरः छैन दसैँको रौनक
२०८३ कार्तिक १ गते, शनिबार
प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना
२०८३ कार्तिक १ गते, शनिबार
वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती
२०८३ आश्विन ३० गते, शुक्रबार
युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन
२०८३ आश्विन २५ गते, आईतवार





















