जाँडखोला दुर्घटनामा घाईतेहुनेहरुको संख्या १३ पुग्यो, नामावली सहित


स्याङ्जा, ११ पुस– पुतलीबजार नगरपालिका ११ स्थित सिद्धार्थ राजमार्गको जाँडखोलामा बस र ट्रक एकआपसमा ठोकिँदा १३ जना घाईते भएका छन् । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार पोखराबाट वालिङ आउँदै गरेको लु १ ख ६५९४ नम्बरको ट्रक र पर्वतको फोक्सिङ देखि अर्जुनचौपारी हुदै पोखरा जाँदै गरेको ना ५ ख ५१३९ नम्बरको बस एकआपसमा ठोकिँदा १३ जना घाईते भएका हुन् । घाइते हुनेहरुमध्ये १० जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ भने ३ जनालाई थप उपचारको लागि पोखरा लगिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
घाईतेहुनेहरुमा अर्जुनचौपारी गाउँपालिका २ का ३८ वर्षीय घमनसिङ गुरुङ, अर्जुनचौपारी ३ घर भई हाल पोखरा बस्ने ३५ वर्षीया जमुना काफ्ले, पर्वत जिल्ला महासिला गाउँपालिका ५ घर भई सोही वसको सह चालक काम गर्ने २८ वर्षीय अमृत वि.क, ट्रक चालक पाल्पा जिल्ला तानसेन नगरपालिका ८ डुम्रे वस्ने ४३ वर्षीय खुमबहादुर दंगाल, अर्जुनचौपारी गाउँपालिका ४ की ६८ वर्षीया जमुना गुरुङ, अर्जुनचौपारी ६ की ६३ वर्षीया तुलसी काप्ले, पुतलीबजार नगरपालिका १३ का ५६ वर्षीय सालिग्राम सुनार, सोही ठाउँका ५० वर्षीया उमादेवी सुनार, पर्वत जिल्ला महासिला गाउपालिका २ की ३० वर्षीया चेत कुमारी नेपाली, अर्जुनचौपारी ३ का ७६ वर्षीय रुम व.गुरुङ, पुतली बजार नगरपालिका ११ का ८३ वर्षीय शेषकान्त अर्याल, पर्वत माहाशिला गाउँपालिका ५ का १८ वर्षीय सागर गैरे, अर्जुनचौपारी २ का ४७ वर्षीय प्रितमसिङ गुरुङ रहेका छन् । जमुना काफ्ले, घमनसिङ गुरुङ र बसका सहचालक अमृत वि.क लाई थप उपचारको लागि पोखरा लगिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायव उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिनुभयो । अन्य घाईतेहरुको जिल्ला अस्पातालमा उपचार भइरहेको छ भने ट्रक र बस प्रहरीले नियन्त्रणमा नियन्त्रणमा लिएर सिद्धार्थ राजमार्ग एकतर्फी सुचारू भएको छ । अधिकांश घाईतेहरुको टाउँको हात खुट्टा र मुखमा चोट लागेको र घटनाका बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

ताजा

सुन्तलाको राजधानी स्याङ्जामा, सुन्तलाको बोक्राबाट सौन्दर्य सामग्री उत्पादन

२०८३ असार २० गते, शनिबार

सुन्तलाको राजधानी स्याङ्जामा, सुन्तलाको बोक्राबाट सौन्दर्य सामग्री उत्पादन

२०८३ असार २० गते, शनिबार

फेदिखाेला गाउँपालिकालाई राष्ट्रिय सम्मान

२०८३ असार १९ गते, शुक्रबार

भिमादमा जीवन उपयोगी सीप तालिम सम्पन्न

२०८३ असार १९ गते, शुक्रबार

बिरुवा गाउँपालिकालाई राष्ट्रिय सम्मान

२०८३ असार १८ गते, बिहीबार

कास्की जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपन घोषणा

२०८३ असार १८ गते, बिहीबार

व्यापार ब्यावसाय प्रवर्द्धनका लागि मेराे उम्मेदवारी: पराजुली

२०८३ असार १८ गते, बिहीबार

वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न

२०८३ असार १७ गते, बुधबार

वालिङ उद्याेग वाणिज्य संघकाे अध्यक्षमा अनुपमा ढुङ्गाना निर्विराेध निर्वाचित

२०८३ असार १६ गते, मंगलवार

२३ओैँ धान दिवस असार १५ मा कृषक सम्मानित(फाेटाे फिचर)

२०८३ असार १५ गते, सोमबार

मनसुन सक्रिय : भारी वर्षा, बाढी–पहिरोको जोखिम बढेकाले सतर्क रहन प्राधिकरणको आग्रह

२०८३ असार १५ गते, सोमबार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal