विकास र समृद्धिको यात्रालाई राजनीतिक ढंगले हेर्नु हुदैन ः सभापति रेग्मी
गोपाल जि टी
स्याङ्जा, ११ पुस– गण्डकी प्रदेश विधायन समितिका सभापति मोहन रेग्मीले जनताले चाहेको विकास र समृद्धिलाई राजनीतिक ढंगले हेरेर खेलवाड गर्न नहुने बताउनुभएको छ । काम गर्ने दौरानमा मान्छेका फरक दृष्टिकोण हुन सक्ने उल्लेख गर्दै सभापति रेग्मीले अहिलेको सरकारले खेलेको भूमिकालाई राजनीतिक ढंगले प्रहार गर्न पनि नहुँने बताउनुभयो । स्याङ्जाको वालिङस्थित उपकार बचत तथा ऋण सहकारी संस्थाको २८ औं वार्षिक साधारणसभाको उद्घाटन गर्दै सभापति रेग्मीले राष्ट्रिय स्वाभिमानको लडाईंमा वर्तमान सरकारले खेलेको भूमिका हरेक ठाउँमा प्रशंसनीय भएको दाबी गर्नुभयो । राष्ट्रियताको सवालमा जनताको मनमा अहिलेको सरकारको भूमिका प्रशंसनीय भएको छ , गुमेको भूमि फिर्ता गर्ने कुरामा सरकार दृढताका साथ उभिएको छ ।
राष्ट्रिय गौरवका धेरै योजनाहरु सञ्चालन गरिएको र विकास निर्माणको कामले तिब्रता पाएको जगजाहेर भएको पनि सभापति रेग्मीले स्पष्ट पार्नुभयो ।
सभापति रेग्मीले सरकारी, सहकारी र नीजि गरेर तीन खम्बे अर्थनीतिलाई अङ्गिकार गरेर प्रदेश सरकार अगाडि बढेको बताउदै तीनै क्षेत्रका पूँजीलाई एकिकृत गरि विकास निर्माण र जनताको समृद्दिको लागि लगानी गर्नुपर्छ भन्ने प्रदेश सरकारको मान्यता रहेको बताउनुभयो ।
हामीले निर्माण गरेको सहकारी ऐनले यी सबै विषयलाई समेट्ने प्रयास गरेको छ । छरिएको पूँजीलाई एकिकृत गरि अहिलेको सन्दर्भमा उत्पादनमा कसरी अगाडि लैजान सकिन्छ र शेयर सदस्यहरुको उन्नति र प्रगति कसरी गर्न सकिन्छ भन्ने अहिलेको सरोकारको विषय बनेको सभापति रेग्मीको भनाई छ । आर्थिक समृद्दिको बाटोमा जानुपर्ने अहिलकोे आवस्यकता हो । जनताले अपेक्षा गरेको संघीय लोकतान्त्रिक नेपालकोे सुखी नेपाली र समृद्ध राष्ट्र बन्नको लागि हरेक नेपालीको अनुहार हँसिलो र खुशी देख्न चाहन्छौं, त्यो आर्थिक समृद्धिको बाटोमा अगाडि जानसके मात्र पूरा हुन्छ । सामुहिकतामा जोड दिएको उल्लेख गर्दै सभापति रेग्मीले सहकारीको माध्यमबाट अगाडि बढ्ने योजनाहरु अगाडि बढाएको बताउनुभयो । सहकारीको माध्यमबाट अगाडि बढ्न उत्पादनमा लाग्नसक्ने वातावरण बन्ने विश्वास लिएका छौं । आर्थिक समृद्धिको बाटोमा कसरी अगाडि बढ्ने भन्न कुरा कुनै एउटा पार्टीको भन्दा पनि सबैको साझा एजेण्डा भएको सभापति रेग्मीको भनाइ थियो । सहकारीको माध्यमबाट कृषिमा लगानी गर्ने अभियानमा आँपूm रहेको बताउँदै सभापति रेग्मीले सहकारीको माध्यमबाट गाउँका जनताहरुलाई आर्थिक समृद्धिको बाटोमा अगाडि बढाउने बताउनुभयो ।

२०५० सालमा स्थापना भएको सहकारीले प्रधान कार्यालय वालिङमा शनिबार वार्षिक साधारणसभा सम्पन्न गरेको हो । वालिङ ८ मा सुविधा सम्पन्न आप्mनै भवनमा प्रधान कार्यालय रहेको सहकारीले वालिङ बजार, बायँटारी, कालीगण्डकी गाउँपालिकाको मिर्मी र चापाकोट नगरपालिकाको दामाचौरमा गरि ४ वटा सेवाकेन्द्रका साथै वालिङ ७ केवरेमा सदस्य सम्पर्क कार्यालय सञ्चालन गरिसकेको छ ।
कोभिड १९ को महामारीका कारण आप्mना सदस्यहरुको स्वास्थ्यको ख्याल गर्दै यहि पुस १ देखि१० गतेसम्म शेयर सदस्यको घर घरमै पुगी राय सँकलन गरेको सहकारीले सेवाकेन्द्रहरुबाट प्रतिनिधीमूलक उपस्थितिमा साधारणसभा सम्पन्न गरेको हो ।
ताजा
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
विजया दशमीकाे शुभकामना
२०८३ कार्तिक ५ गते, बुधबार
आज दशैँकाे टीका
२०८३ कार्तिक ५ गते, बुधबार
मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती
२०८३ कार्तिक ३ गते, सोमबार
न आफन्त रहे, न घरः छैन दसैँको रौनक
२०८३ कार्तिक १ गते, शनिबार
प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना
२०८३ कार्तिक १ गते, शनिबार
वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती
२०८३ आश्विन ३० गते, शुक्रबार
युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन
२०८३ आश्विन २५ गते, आईतवार





















